×

NMB BANK
NIC ASIA

हाम्रो कारणले सरकारलाई सर्दी–गर्मी लाग्ने अवस्था छैन : लक्ष्मणलाल कर्ण [अन्तर्वार्ता]

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चुनावपछिको एक वर्ष :

Muktinath Bank

संविधानमा भएको व्यवस्था अन्तर्गत तीन तहका चुनाव सम्पन्न भयो । हामीले संविधान बनाइसकेपछि संविधान भित्रका अंगहरू जस्तो स्थानीय तह बन्यो, प्रादेशिक सरकार बन्यो, संघीय सरकार बन्यो । तीन तहको सरकारको अधिकारको जुन सूची छ, त्यो सूचीका सम्बन्धमा जुन व्यवस्थापनको काम गर्नु पर्ने हो, गरिएन । समय थियो हामीसँग करीब एक वर्ष, त्यो अवधिमा गरिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव भएको एक वर्षमा पनि व्यवस्थापनको महत्त्वपूर्ण काम समाप्त भएको छैन । त्यो नहुँदा अहिले अप्ठ्यारो के परिराखेको छ भने– प्रदेश सरकार पनि समुचित ढंगबाट चल्न सकेको छैन । केन्द्रीय सरकार पनि समुचित ढंगबाट चल्न सकेको छैन् । यसले गर्दा अधिकारका सूचीको व्यवस्थापन गर्ने कानून नभएका कारण संक्रमणकाल कायम छ । 


Advertisment
Nabil box
Kumari

संविधानमा उल्लेख भएका कुराहरू मौलिक अधिकार सम्बन्धी कानून एक वर्षभित्रमा बनाउने कुरा गरियो । त्यो कानून कहिले बन्यो ? अन्तिम समयमा । एउटा कानून पारित गर्नका लागि जति समय चाहिने हो, त्यसो नगरी हतारमा नियम निलम्बन गरिकन पास गर्‍यौं । अन्य कानून पनि छ, जस्तो संविधानले संघ, प्रदेश र स्थानीय तहको साझा सूचीको कुरा गरेको छ । चाहे एकल सूची होला त्यसको पनि मापदण्ड होला ।

Vianet communication
Laxmi Bank

साझा सूचीअन्तर्गत पनि कति संघले राख्ने, कति तल दिने यो पनि कानून नबनी कार्यान्वयन हुने स्थिति छैन । संघले बनाउनु पर्ने त्यो कानून अवश्य ल्याउनुपर्छ । संसद्को आसन्न अधिवेशनमा त्यो कानून ल्याउन नसके कानूनी संक्रमणकाल बढ्दै जान्छ । 

राष्ट्रिय सभाले केही दिन पहिले आयोजना गरेको एक कार्यक्रममा सभामुखले कानून पारित गर्न नियम निलम्बनको परम्परा राम्रो होइन, सरकारले विधेयक समयमै ल्याओस् भन्नुभएको छ । संविधानसँग बाझिएका केही कानून हामी फागुनसम्ममा पारित गरिसक्नु पर्ने छ । त्यो प्रशस्त रूपमा छलफल होस्, नियमित ढंगबाट पास होस् ।

संघीय सरकारले तदारुकता साथ कानून बनायो भने विकासले गति लिन्छ, अन्यथा विगतको जस्तै हुनेछ हविगत । 

संक्रमणकाल टुंगियो ?

संक्रमणकालीन अवस्था किन भनिएको भने– एउटा संविधान समाप्त भएर अर्को संविधान आयो, त्यो संविधानको मूल कार्य थियो । संविधानमा उल्लेख भएका अंगहरूको फ्रेमवर्क बन्यो भने त्यो संक्रमणकाल अन्त्य हुन्छ । 

मैले पटक–पटक भनेको छु– दुईतिहाइको सरकार हुनु देशका लागि राम्रो हो, खराब होइन । त्यसको आलोचना किन गर्दिनँ भने जनताले आफ्नो मत दिएका हुन् । करीब–करीब दुईतिहाइ छँदैछ । उपेन्द्रजी गएपछि त सरकारसँग स्पष्ट दुईतिहाइ भयो । यस्तो दुईतिहाइको सरकारले गर्नुपर्ने काम गर्न सकेन ।

गठबन्धनमा फोरम छ, तर उसले पनि सरकारको स्वास्थ्यमा असर गर्ने अवस्था छैन । चार वर्षमा परिवर्तन भयो भने नेकपा पार्टीकै आन्तरिक कारणले होला बाह्य कारणले हुँदैन ।

मधेसवादी, थारु या जनताको जुन अपेक्षा थियो संविधान संशोधनको, त्यसमा कुनै गृहकार्य पनि भएको छैन । काम हुनु त अलग कुरा हो । हामीले मधेस आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्ताको कुरा गरेका थियौं । हाम्रा मागको सुनुवाई नभएपछि शुरूमा सरकारलाई समर्थन दिएपछि समर्थन फिर्ताको करारमा पुगेका छौं । यो काम सम्पन्न गर्ने र असन्तुष्टि निराकरण गर्ने दायित्व सरकारको हो । 

हाम्रोजस्तो अल्पविकसित मुलुकमा सबभन्दा ठूलो कुरा विकास हो । जब हामीले विकास गर्न सक्दैनौं भने काम पनि चल्दैन । व्यवहार चल्दैन । प्रदेशमा काम भएको छैन । संघमा भएको छैन । उद्योगलाई असर परेको छ, ज्यालमा काम गर्नेलाई असर परेको छ, बेरोजगारी उस्तै भयाभह छ । यसलाई सरकारले समयमा सोचेन भने मलाई लाग्छ विस्फोटको अवस्थामा पुग्छ ।  

हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भनेका छौं, केही अरु पनि जाने भनिराखेका छन् । जनताहरू सन्तुष्ट कतैबाट देखिँदैनन् । यो सब काममा सरकार चुकेको छ । 

अबको कार्यकाल कसरी अगाडि बढ्ला ? 

‘मर्निङ सोज द डे’ भन्छ, बिहानीले बताउँछ कि दिन कस्तो रहला ? एक वर्षको समय कम होइन, धेरै समय हो सरकारका लागि । यो समयले गर्दा आगामी चार सालमा केही भई नै हाल्छ कि भन्ने कुराको कल्पना गर्न गाह्रो भइराखेको छ । तर चार वर्ष पनि लामो अवधि हो ।

सरकारको दृढ इच्छा भयो भने, सरकारले वास्तममा केही गर्न खोजेको रहेछ भने काम गर्न सक्छ । तर सरकारका इच्छाशक्ति नै भएको मैले देखेको छैन । 

मधेस केन्द्रित दलहरू धैर्य गर्न तयार छन् । बीचमा चुनाव होस् भन्ने हाम्रो चाहाना छैन, बीच–बीचमा चुनाव गर्नु देशका लागि राम्रो होइन । हामी आफ्नो असन्तुष्टि सरकारले पूरा गरेन भने जनतामा जान्छौं, जनतालाई भन्छौं र देखाउँछौं कि के विषयका लागि संघर्ष गरिरहन्छौं ।

हाम्रो विषयका लागि संघर्ष गरिरहन्छौं । हाम्रो कारणले सरकारलाई सर्दी गर्मी लाग्ने अवस्था छैन । यसको फिजिकल अवस्थामा परिवर्तन गर्ने अवस्था देखिएको छैन । त्यसकारण हामी जनतामा जान्छौं र जनतामा यो कुरा अविलम्ब भन्छौं कि सरकारले कुनै कुरा पूरा गरेन । 

संसदले कार्यकाल पूरा गर्ला ? 

देशमा दुईतिहाइ आएर व्यवस्था नै समाप्त भएको पनि इतिहास छ । प्रजातन्त्रको पुनर्स्थापनापछि पनि सरकारले पूरा समय काम गर्न सकेन । तर यो सरकार अहिले एकल बहुमतको सरकार भएको छ । गठबन्धनमा फोरम छ, तर उसले पनि सरकारको स्वास्थ्यमा असर गर्ने अवस्था छैन । चार वर्षमा परिवर्तन भयो भने नेकपा पार्टीकै आन्तरिक कारणले होला बाह्य कारणले हुँदैन ।

(राष्ट्रिय जनता पार्टी (राजपा)का नेता एवं सांसद लक्ष्मणलाल कर्णसँग गरिएको कुराकानीमा आधारित)

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x