×

NMB BANK
NIC ASIA

मनाङ पच्छ्याउँदै थ्रीस्टार, दुई क्लब अझै जीतका लागि सङ्घर्षरत

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । 

Sagarmatha Cement
Muktinath Bank

छ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) अझै जितका लागि सङ्घर्ष गरिरहेका छन् । तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छैटौं चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङ्लाई थ्री स्टारले पच्छ्याइरहेको छ । 


Advertisment
Nabil box
Kumari

गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले छ÷छ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये छैटौं चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छ । उपाधि दाबेदार क्लब मनाङ मस्र्याङ्दीले अहिलेसम्म सबै छ खेल जितेको छ । मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ । लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन् । 

Vianet communication
Laxmi Bank

यस्तै एक खेल मात्र हारेका थ्री स्टार र सङ्कटा अङ्क तालिकामा आर्मी भन्दा अगाडि छन् । मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछि परेको छ । 

गोलको खोजीमा मछिन्द्र 

लिगमा झण्डै आधा खेल खेलिसकेका दुई क्लब जितविहीन छन् । त्यसमा पनि एउटा क्लबले अहिलेसम्म गोल गर्न सकेको छैन । एनआरटी र मछिन्द्रले अहिलेसम्म जितको स्वाद पाएका छैनन् । मछिन्द्रले त गोल समेत गर्न सकेको छैन ।

छ खेल खेल्दा मछिन्द्रले तीन खेल बराबरी गरेको छ । तीनवटैमा मछिन्द्रले गोलरहित बराबरी खेल्यो । बाँकी तीन खेलमा मछिन्द्र पराजित भयो । लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख र तेस्रो हुने रु २५ लाख पाउनेछन् । लिगको चौंथो टोलीले रु १५ लाख, पाँचौं टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिने छन् ।

यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो । कुमार चौलागाईं / रासस

हालसम्मको अङ्क तालिका 

क्र.म    टोली    खेल    जित    हार    बराबर    अङ्क 
१   मनाङ मर्स्याङ्दी क्लब    ६    ६    ०    ०    १८ 
२    थ्रीस्टार क्लब    ६    ५    १    ०    १५ 
३    सङ्कटा क्लब    ६    ५    १    ०    १५ 
४    त्रिभुवन आर्मी क्लब    ६    ४    ०    २    १४ 
५    नेपाल पुलिस क्लब    ६    ३    २    १    १० 
६    हिमालयन शेर्पा क्लब    ६    ३    २    १    १० 
७    च्यासल युथ क्लब    ६    २    ३    १    ७ 
८    एपिएफ क्लब    ६    २    ३    १    ७ 
९    सरस्वति युथ क्लब    ६    २    ४    ०    ६ 
१०    फ्रेन्ड्स क्लब    ६    १    ३    २    ५ 
११    जावलाखेल युथ क्लब    ६    १    ४    १    ४ 
१२    ब्रिगडे ब्वाइज क्लब    ६    १    ४    १    ४ 
१३    मछिन्द्र क्लब    ६    ०    ३    ३    ३ 
१४    न्युरोड टीम (एनआरटी)    ६    ०    ५    १    १ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x