×

NMB BANK
NIC ASIA

कास्कीको सुन्तलाः एकादेशको कथा बन्दै

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा-  विगतमा बोटमा लटरम्म फल्ने पहेँलपुर बनेका सुन्तला टिप्ने हात यतिखेरको चिसो मौसममा तिनै सुन्तलाका दाउराले सेकाउनु यहाँका कृषकको दैनिकी बनेको छ । कास्कीको पोखरा मात्र नभई प्रमुख शहर चितवन, बुटवल, काठमाडौँं लगायतका स्थानमा पुग्ने कास्कीको सुन्तला मासिने क्रमसँगै केही वर्षमा नै एकादेशको कथा बन्ने चिन्ता कृषकमा देखिन्छ । 

Muktinath Bank

झण्डै एक दशकयता सुन्तलामा फैलिएको सिक्टस ग्रिनिङ, ढुसी, पतेरोजन्य रोगले जिल्लाका अधिकांश स्थानमा सुन्तला सखाप बनिसकेको छ, बचेका स्थानमा पनि रोगका लक्षण देखा पर्न थालिसकेका छन् । वर्षेनी बोट सुक्दै गएपछि आयआर्जनको दिगो स्रोत जस्तै बनेका सुन्तला बगान फाँडेर कृषक दाउरा बाल्न थालेका छन् । कसैकसैले वर्षायाममा लौका, घिरौँलाका लागि थाँक्रो बनाउने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा सुन्तलाको राम्रो उत्पादन गरी लाखौँ रुपैयाँमा बेच्ने किसानलाई अहिले भने चाख्न पनि बजारबाटै किन्नुपर्ने बाध्यता छ । कास्कीको भरतपोखरी क्षेत्रमा एक दशकअघिसम्म झण्डै छ हजार भन्दा बढी बोटमा सुन्तला फल्ने गरेकोमा अहिले सबै सखाप भएको स्थानीय समाजसेवी एवं राष्ट्रिय सुन्तला उत्पादक सङ्घ नेपालका पूर्व केन्द्रीय अध्यक्ष केशरप्रसाद निर्दोषीले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

“मेरै बगैंँचामा मात्रै २२५ बोट सुन्तला थिए, अहिले सबै सखाप भइसकेको छ,” उहाँले भन्नुभयो, “त्यसबेला प्रतिकिलो १५ रुपैयाँको दरले सुन्तला बिक्री गर्दा पनि रु तीन लाख आम्दानी हुने गरेको थियो, अहिलेको बजार मूल्य प्रतिकिलो ६० रुपैयाँमा बेच्न पाएको भए सुन्तलाबाटै १२ लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो ।” 

सुन्तलाका बोट सुक्ने क्रमसँगै कृषक ठूलो मारमा परे पनि उनीहरूको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको उहाँको भनाइ छ । कास्कीको कृष्तिनाच्नेचौर बाहेक जिल्लाका अधिकांश स्थानमा सुन्तला सखाप भएको कृषक बताउँछन् । सुन्तला मासिएपछि ती स्थानमा त्यही किसिमको उत्पादन दिने गरी विकल्पका रूपमा अन्य फलफूल एवं बिरुवा दिने भनिए पनि अहिलेसम्म पाउन नसकेको कृषकको गुनासो छ । 

सिक्टस ग्रिनिङ लगायतका रोगका कारण कास्कीका साथै स्याङ्जामा सुन्तलाका बोट वर्षेनी मर्दै गएको स्याङ्जा कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहोराले जानकारी दिनुभयो । अघिल्लो वर्ष भरतपोखरीको २० हेक्टर क्षेत्रफलमा रोग लागेका बिरुवा उखेलेर नयाँ सुन्तला लगाइएको उहाँले बताउनुभयो । 

सुन्तला खेतीको विकास तथा विस्तारका लागि कृषि कार्यालयमार्फत बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको तर त्यो पनि प्रभावकारी बन्न नसकेको कृषकको गुनासो छ । 

जिल्ला सुन्तला उत्पादक सङ्घ कास्कीका सचिव शिवराज भण्डारीले रोगका कारण सुन्तला मासिएपछि कृषक यतिखेर अब के गर्ने भन्ने अन्योलमा रहेको बताउनुभयो । समस्यामा परेका सुन्तला उत्पादक कृषकका लागि सरकारले अन्य विकल्पका राहतमुखी कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ । 

नेपालमै पहिलो पटक २०२५ सालमा कास्कीको मालेपाटनमा देखा परेको सिक्टस ग्रिनिङ रोग पछिल्लो समय देशैभरि गम्भीर समस्याका रूपमा बढ्दै गएको हो । विशेष गरी कास्कीको बेगनास, हंशपुर, भरतपोखरी, अर्मला, सिल्दुजुरे, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, पुम्दीभुम्दी, थुम्की, रूपाकोट लगायतका क्षेत्रमा सुन्तला उत्पादन राम्रो हुने क्षेत्र मानिन्थ्यो । 

झण्डै एक दशक अघिसम्म हंशपुरमा चार हजार भन्दा बढी बोटमा सुन्तला फल्ने गरेको स्थानीय समाजेवी एवं रूपा गाउँपालिका–७ का वडा अध्यक्ष दयासागर सुवेदीले बताउनुभयो । “अहिले सुन्तला लगभग लोप जस्तै भइसकेको छ, हंशपुरको कात्तिकेखर्कमा कताकति बोट भए पनि अन्यत्र बोट सुकिसकेका छन्”, उहाँले भन्नुभयो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x