पुस ३, २०८०
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
मंसिर २१, २०७५
चुनावपछिको एक वर्ष :
हामीले संविधान सभाबाट संविधान निर्माण गर्यौं । संविधानपछि तीनवटै निकायको निर्वाचन सम्पन्न गर्यौं । निर्वाचनमार्फत् नेकपालाई दुईतिहाइ मत दिएर जनताले सरकारमा पुर्याए । तर नेकपाको सरकाले देशलाई अगाडि बढाउनु पर्ने, विकास निर्माणको दिशातर्फ लैजानुपर्नेमा त्यसो गर्न सकिरहेको छैन ।
सरकारले देशलाई झन संकटमा फसाइरहेको छ । न सत्य निरुपण आयोग बनाएर द्वन्द्वपीडितलाई राहत दिन सक्यो न शान्ति प्रक्रियाले अपेक्षा गरेका अन्य आयोगहरू बनाएर देशलाई द्वन्द्वबाट उन्मुक्ति दिन सक्यो । न जैविक तरिकाले राज्य सञ्चालन गर्न सक्यो ।
देशलाई संविधानविपरीत गएर धार्मिक र सांस्कृतिक रूपले बिखण्डन गराउने कामहरू भए । देशको जुन धर्म थियो, जुन संस्कृति थियो, असंवैधानिक रूपमा त्यसलाई समाप्त पार्नका लागि यो सरकारले काम गरिरहेको छ । त्यसले गर्दा देशमा झन् अस्थिरताको शुरूवात भएको मैले महसुस गरेको छु ।
प्रतिपक्षको भूमिका
संसदीय व्यवस्थामा प्रतिपक्षीले मुद्दाहरूको उठान गर्ने हो । त्यसलाई सत्तापक्षले औषधिका रूपमा ग्रहण गर्ने हो । तर नेपालमा कस्तो भयो भने कम्युनिस्टहरूले आफू प्रतिपक्षमा हुँदा तोडफोड गर्थे । बन्द हड्ताल गर्थे । सदन चल्न नदिने, योजनाहरू आउन नदिने काम गर्थे । सोही कारणले अहिले आम जनमानसमा प्रतिपक्षी भनेकै त्यस्तै हुनुपर्ने हो कि भन्ने परेको छ ।
हामीले त मुद्दा उठाएका छौं । हाम्रो कमजोरी के मात्र हो भने प्रतिपक्षी नेता कम बोल्नुहुन्छ, सत्तापक्षीय नेताहरू धेरै बोल्नुहुन्छ । जुन नेता बढी बोल्नुपर्छ, ऊ नबोल्ने जुन नेता नबोली खुरुखुरु काम गर्नुपर्ने हो ऊ बोलिराख्ने स्थितिले गर्दा नेपालमा अहिलेको समस्या आएको हो ।
सरकारको काम कारवाही
यो सरकार नेपालको यति ठूलो गौरवपूर्ण इतिहासलाई ध्वस्त गर्ने दिशातर्फ अग्रसर भएको छ । धार्मिक सांस्कृतिक हिसाबले सरकार कुनै अमूक र विवादास्पद् आईएनजीओको पक्षमा छ भन्ने देखायो भने सैन्य हिसाबले भारतसँग मिलेर सैन्य अभ्यास गर्ने निर्णयले नेपालको स्थान चीनका लागि कहाँ रह्यो भन्ने प्रश्न उठायो ।
क्रिश्चियन संस्थाले गरेको कार्यक्रममा सरकार नै आयोजक बनेपछि नेपालको स्थान भारतका लागि कहाँ रह्यो भन्ने प्रश्न उठायो । त्यसो भए दुई ठूला छिमेकीको बीचमा नेपाल खै ? ओलीजीले अन्तर्राष्ट्रिय रूपमा हाम्रो स्थान कहाँ हो देखाइदिनुपर्यो, अब ।
यो सरकारले कुनै नयाँ र देशलाई समृद्धिको दिशातर्फ लैजान सक्ने आर्थिक योजना ल्याएकै छैन । रेल ल्याउने भनेको छ, पानीजहाज ल्याउने भनेको छ तर हाम्रो स्रोत नै छैन । आफ्नो हातमा केही पनि छैन । जहाज ल्याउने प्रक्रियामा ६/७ अर्ब भ्रष्टाचार भएको भन्ने आएको छ, त्यसलाई कारवाही गर्नु छैन, हावा कुरा गरेर कसरी आउने रेल र पानीजहाज ? भ्रष्टाचारले आकाश छुन लाग्यो ।
राज्यले दैनिक रूपमा आफ्नो प्रशासन नै चलाउन सकेको छैन । न त शान्ति प्रक्रिया र यसको व्यवस्थापनको विषयलाई सरकारले गम्भीर रूपमा नै लिएको छ । कसले भन्यो सरकारले देशलाई समृद्धिमा लैजाँदै छ भनेर ? देख्नुभएको छैन जनताको असन्तुष्टि ?
अधिनायकवादको शुरूवात ?
यो सरकारलाई के अधिनायकवादी भन्नु ? अरूको इशारामा चल्ने सरकार पनि 'अधिनायवादी' हुन्छ ? यो सरकार कठपुतली सरकार हो । विदेशीहरूको इशारामा नाच्ने 'कठपुतली सरकार' ।
(नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीसँग लोकान्तरकर्मी ईश्वर अर्यालले गरेको कुराकानीमा अाधारित)
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...