×

NMB BANK
NIC ASIA

अन्तशुल्क छपाईको जिम्मा विदेशी कम्पनीलाई मात्र नदिन लेखा समितिको निर्देशन

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले अन्तशुल्क स्टिकर छाप्ने जिम्मा विदेशी कम्पनीलाई मात्र नदिन सरकारलाई नर्देशन दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार बसेको समितिको बैठकले अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागका अधिकारीलाई यस्तो निर्देशन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका सभापति भरत शाहले सुरक्षाको कारण देखाएर अन्तशुल्क स्टिकर छाप्नका लागि विदेशी कम्पनीलाई मात्रै दिन नहुने बताए । नेपाली उद्योगहरूले पनि सुरक्षाका मापदण्ड पूरा गरेको भन्दै उनले अन्तशुल्क स्टिकर छाप्ने जिम्मा स्वदेशी कम्पनीहरूलाई पनि दिनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

मुलुकको वैदेशिक व्यापार घाटा बढिरहेका बेला स–साना काम समेत विदेशी कम्पनीबाटै गराउने प्रवृत्तिले व्यापार घाटा झन बढ्ने भन्दै उनले यस्तो प्रवृत्ति रोक्नु पर्ने बताए । ‘मुलुकको व्यापार घाटा बढिरहेका बेला स–साना काम गर्न पनि विदेशीकै भर पर्नुपर्ने प्रवृत्ति हटाउनुस्,’ उनले भने, ‘जहाँसम्म सुरक्षाको कुरा छ, आर्मी पुलिस लगाएरै भएपनि स्वदेशमै छाप्ने व्यवस्था मिलाउनुहोस् ।’

Vianet communication
Laxmi Bank

सांसद् विशाल भट्टराईले बैंकको चेकबुक, मतदाता परिचय पत्र लगायतका कार्ड नेपालमै छापिने भएकाले अन्तशुल्क स्टिकर पनि नेपालमै छापिनु पर्ने बताए । 

‘बैकिङ चेक र भोटर कार्ड नेपालमै छापिन्छन्,’ उनले भने, ‘अन्तशुल्क स्टिकर नेपाली प्रेसले छाप्न सक्दैनन् भन्ने कुरा अलि मिलेन ।’

भट्टराईले अन्तशुल्क स्टिकर नेपाल आफैँले छाप्दा स्वदेशी उद्योग प्रवर्द्धनमा सहयोग पुग्ने र सुरक्षा जोखिम पनि कम हुने बताए । बरु मापदण्ड नपुगेका प्रिन्टिङ प्रेस भएमा खोजी हुनुपर्ने उनको माग थियो ।

त्यस्तै सांसद हृदयेश त्रिपाठीले नेपाली प्रेस सर्टिफाइ भएकाले अन्तशुल्क स्टिकर नेपालमै छापिनु पर्ने बताए ।

अन्तशुल्क स्टिकर स्वदेशमै छापिनु पर्ने भन्दै उनले नेपाली उद्योगलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नु नहुने बताए ।

रिचार्ज कार्ड छपाइका सन्दर्भमा दूरसञ्चार प्राधिकरणमा पनि यस्तै समस्या आएको तर, समितिले निर्देशन दिएपछि रिचार्ज कार्डहरू नेपालमै छापिन थालेको उदाहरण सांसद् त्रिपाठीले दिए ।

त्यस्तै सांसद चन्दा चौधरीले अन्तशुल्क स्टिकर सुरक्षाका कारण विदेशमा छापिने भन्ने कुराको कुनै अर्थ नरहेको बताइन् । उनले आफ्नै मुलुकमा सुरक्षा नभएको अवस्थामा विदेशी उद्योगको विश्वास कसरी गर्ने भन्ने उनको प्रश्न छ । अन्तशुल्क स्टिकर छाप्नका लागि स्वदेशी उद्योगीले प्रतिस्पर्धामा भाग लिन पाउने वातावरण बनाउन समेत आग्रह गरिन् ।

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले रिचार्ज कार्ड छाप्नु र अन्तशुल्क स्टिकर छाप्नुमा धेरै फरक रहेको बताए । ‘रिचार्ज कार्ड छाप्नु र अन्तशुल्क स्टिकर छाप्नु एउटै होइन,’ उनले समितिमा भने, ‘सुरक्षा र गुणस्तरकै हिसाबले जोखिम कम हुने भएकाले हामी ग्लोबल टेन्डरको प्रक्रियामा गएका हौं ।’

नेपाली प्रेस उद्योगलाई सहभागी हुनबाट बञ्चित नगरेको र सुरक्षित प्रेस हुनुपर्ने आफुहरूको जोड रहेको सचिव ढुङ्गानाको भनाइ थियो । 

आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपालले प्रतिस्पर्धालाई सीमित गर्नु हुँदैन र नेपाली उद्योगले पनि छाप्न पाउनुपर्छ भन्ने पक्षमा आफुहरू पनि रहेको बताए ।

नेपाली व्यवसायीले नै अन्तशुल्क स्टिकर छाप्न सक्ने अवस्थामा सरकारले प्रतिस्पर्धालाई सीमित पार्दै स्टिकर छाप्न विदेशी कम्पनीलाई मात्रै दिने गरेको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो ।

उजुरीको आधारमा समितिले छलफल गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई डाकेको थियो । समितिका सभापति शाहले एउटै कम्पनीलाई कोट गरेर टेन्डर आह्वान गरेर प्रतिस्पर्धाबाट नेपाली उद्योगलाई वञ्चित नगर्न निर्देशन दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x