×

NMB BANK
NIC ASIA

नेपालीसँग कतारमा फुलेको फिलिपिनोको प्रेम : पतिको मृत्युपछि जनकपुरमा फक्रिँदै

मंसिर २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम– फिलिपिन्सकी २९ वर्षीय रुजान जोय पैड्रोग मेबुलस ७–८ वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगिन् । त्यहाँ उनले ‘रेड ट्याग’ कम्पनीमा बिक्रेताको काम पाइन् । केही वर्ष काम गर्दै जाँदा त्यही कम्पनीमा काम गर्ने १ नेपालीसँग उनको प्रेम भयो ।

Muktinath Bank

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० का मोहम्मद मजहर पनि कतारको सोही कम्पनीमै बिक्रेताको काम गर्थे । एकै कम्पनीमा एकैसाथ एउटै प्रकृतिको काम गर्दा उनीहरूबीच प्रेम भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै अलग–अलग देश र समुदायका भएपनि तेस्रो मुलुक कतारमा उनीहरूबीच गहिरो प्रेम भयो । दुवै एकैसाथ बस्न पनि थाले । रुजानभन्दा मजहर २ वर्ष कान्छो थियो । 


Advertisment
Nabil box
Kumari

रुजानका अनुसार मजहरले शुरूमा प्रेम प्रस्ताव गरेको थियो । जसलाई सहर्ष स्वीकारेको उनले बताइन् । ‘त्यसपछि बिहे गर्ने प्रस्ताव पनि मजहरबाटै आयो । मैले त्यसलाई सहर्ष स्वीकार गरें,’ रुजानले भनिन्, ‘मैले पनि आफ्नो घरमा बिहेबारे कुरा गरें र मजहरले पनि नेपालमा आफ्ना आमाबुवासँग बिहेबारे कुरा गर्यो ।’

Vianet communication
Laxmi Bank

रोजगारी पूरा गरेपछि दुवै जना नेपाल आए । जनकपुरमा मुस्लिम धर्म रीतिरिवाज अनुसार दुवै जनाको ‘निकाह’ भयो । दुवै जनाले २०७० फागुन २६ गते ‘कोर्ट म्यारिज’ गरे ।

जिल्ला प्रशासन कार्यालय धनुषामा दुवै जना पुगेर विवाह दर्ता ऐन २०२८ बमोजिम एकअर्कालाई पतिपत्नीको रूपमा ग्रहण गरी मजहर र रुजानबीच विवाह दर्ताको प्रमाणपत्र वितरण गरिएको थियो । मजहर फेरि वैदेशिक रोजगारीमा गए ।

यसबीच दुवैले छोरी याजी एन्जेला पाए । छोरी एन्जेला अहिले ५ वर्षकी छन् । छोरी भएपछि रुजान जनकपुरमै सासुससुरासँग बस्न थालिन् । कहिलेकाहीँ माइतीघर फिलिपिन्स पनि जाने–आउने गर्थिन् ।

पछिल्लो पटक मजहर घर फर्किएर आउँदा ५ महिना जति बसे । त्यही क्रममा रुजान पुनः गर्भवती भइन् । मजहर पुनः कतार काममा फर्किए । गत अक्टोबर ५ तारिखमा राति समुद्रमा नुहाउन गएको बेला डुबेर उनको निधन भयो ।

मजहरका बुवा अब्दुल सहमत मोमिनले भने, ‘त्यहाँको समाचार पत्रमा समुद्रमा नुहाउन जाँदा डुबेर मृत्यु भएको उल्लेख थियो ।’ रुजान नेपालमै जनकपुरमा सासुससुरासँग बस्दै आएका छन् । उनको पेटमा अहिले ५ महिनाको गर्भ छ ।

पतिको निधन भएपछि अब उनी आफ्नो देश फिलिपिन्स पÞmर्केलिन् कि भन्ने जनकपुरको घर परिवारमा चिन्ता थियो । तर रुजानले अब जनकपुरमै आजीवन बस्ने निधो गरेकी छन् । मजहरको निधन भएपछि उनले आफ्नो देशको नागरिकता समेत परित्याग गर्दै नेपाली नागरिक बन्न जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिइन् ।

‘मेरो घर परिवार र सारा संसार भनेको यहीँ जनकपुरमा नै छ । अब फिलिपिन्स फर्किने कुरा सोच्नै सकिन्न,’ रुजानले लोकान्तरसँग भनिन्, ‘घरमा सासु, ससुरा, देवर, जेठाजु सहितको सम्पूर्ण परिवार छ । अब यहीँ नेपालमै बसेर आफ्नो छोरीलाई पालनपोषण गर्नेछु ।’ 

उनले घरमै गृहिणी भएर बस्ने बताइन् । छोराको निधनपछि सासु ससुराले पनि आफ्नो पुरापुरी ध्यान राख्ने गरेको उनले बताइन् । बुहारीलाई नेपाली नागरिकता दिलाउन पहल गरेका ससुरा अब्दुल सहमत मोमिनले भने, ‘म आफैं पनि टेलर मास्टर हुँ । मैले पनि कमाएर बुहारी र नातिनीलाई आर्थिक समस्यामा पर्न दिन्न ।’ 

उनका अरु २ जना छोरा पनि छन् । जेठो छोरा ३० वर्षीय मोहम्मद अजहरुद्दीनको बिहे भइसकेको छ भने कान्छो छोरा मोहम्मद अथरको बिहे भएको छैन । निधन भएका मजहर माइलो छोरा थिए ।

बुहारीलाई सजिलो होस् भनेर नेपाली नागरिकता बनाइदिएको उनले बताए । ५ वर्षकी नातिनी एन्जेला जनकपुरकै एक निजी विद्यालयमा पढिरहेकी छिन्् । रुजानलाई मैथिली भाषा बोल्न त आउँदैन । तर अरुले बोल्दा मैथिली बुझ्न थालेकी छन् । विगत ५ वर्षदेखि जनकपुरमै बस्दै आएकाले मैथिली भाषा बुझ्न समस्या नभएको उनले बताइन् ।

रुजान नेपालमै बस्ने भएपछि रुजानका आमाबुवाले असहमति जनाएनन् । ज्वाइँको निधनपछि रुजानकी आमा पनि जनकपुर आएकी थिइन् । आमाको सहमतिमै रुजानले नेपालमा बस्ने निर्णय गरेकी हुन् । रुजानकी आमा कतार एयरलाइन्समा काम गर्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x