×

NMB BANK
NIC ASIA

सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरी सदरमुकाममै

मंसिर २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडी-  सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्र्ने उद्देश्यसहित यहाँ आएको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ । 

गत असोजमा आएको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाट नगई सदरमुकाम गढीमा स्थापना भएको हो । सरकारले सबै जिल्लामा सशस्त्रको उपस्थिति गराउने निर्णयानुसार यहाँ पहिलोपटक गुल्म स्थापना गरेको छ । 

सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयबाट सीमामा बस्नका लागि अनुमति दिन ढिलाइ हँुदा सदरमुकाममै बसेको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त पन्तले जानकारी दिनुभयो । शुरुका केही दिन झुलाघाटमा बस्नको लागि घर नमिलेकाले सदरमुकाममै बस्नुपरेको र अनुमति दिनासाथ सीमामा सारिने उहाँले बताउनुभयो । 

गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायसँग मिलेर काम गर्ने नायब उपरीक्षक पन्तले बताउनुभयो । सो गुल्ममा तत्कालका लागि १६० जनशक्ति रहने भएको छ । कार्यालय स्थापनासँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुल दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागुऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय रहेको उहाँले बताउनुभयो । 

केही दिनमै सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । नाकामा सशस्त्र प्रहरी खटाउन सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको टोलीले सीमा नाकाको निरीक्षणसमेत गरिसकेको छ । सशस्त्रको उक्त गुल्म अहिले साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा राखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x