×

NMB BANK
NIC ASIA

राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुला

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुला गरिएको छ । सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुला गरिएको शनिबार घोषणा गरेको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुश्नुदले राष्ट्रिय परिचयपत्र देखाएर पाकिस्तानका कुनै पनि नागरिक सरकारी कार्यालयमा प्रवेश पाउने व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयमा पनि प्रवेश पाउने व्यवस्था गरिएको बताउनुभयो । 

हरेक शनिबार बिहान ९ः०० बजेदेखि अपरान्ह् ४ः०० बजेसम्म कार्यालयमा प्रवेश गर्न दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । पाकिस्तानको सत्तारुढ दल ताहरिक ए इन्साफले निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार यस्तो व्यवस्था गरिएको हो । 

निर्वाचनको समयमा सो पार्टीले आफूले निर्वाचन जिते सरकारी सबै भवन तथा कार्यालयहरुमा सर्वसाधारणको सहज पहुँच हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो । सरकारले देशको पूर्वी क्षेत्रमा रहेको पञ्जाब, दक्षिण क्षेत्रमा रहेको सिन्ध र उत्तरपश्चिमी क्षेत्रमा रहेको खैबर पख्तुन्खवा प्रान्तका गभर्नरका कार्यालयहरु भने यसअघि नै सर्वसाधारणका लागि खुल्ला गरिसकेको छ । 

Muktinath Bank

उच्च सुरक्षा सतर्कतामा राखिएको र संवेदनशील मानिएको राष्ट्रपति कार्यालय यसअघि सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x