×

NMB BANK
NIC ASIA

फ्रान्समा शनिवार पनि हिंसा भड्किएपछि एकताको अपील

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — फ्रान्समा चलिरहेको पहेंलो ज्याकेट आन्दोलनका क्रममा शनिवार पनि हिंसा भड्सकिएपछि प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले राष्ट्रिय एकता पुनर्बहाल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

इन्धनको करवृद्धि तथा जीवनयापनमा महंगीका कारण आएको समस्याको विरोध गर्दै पहेंलो ज्याकेट लगाएका आन्दोलनकारीहरूले शनिवार पनि गरेको प्रदर्शनमा प्रहरीले अश्रूग्यास र रबरका गोली प्रहार गरेको हो । 

लगभग एक हजार मानिसलाई हिरासतमा लिइएको थियो तर हिंसा अघिल्लो हप्ताजस्तो ठूलो थिएन । 

शान्तिपूर्ण विरोध गर्नेहरूसँगको वार्ता जारी राख्नुपर्ने फिलिपेले बताए । 

उनले थपे, ‘कुनै पनि करले हाम्रो राष्ट्रिय एकतालाई खलल पार्नुहुँदैन । हामीले संवाद, कार्य र एकतामार्फत त्यो राष्ट्रिय एकतालाई पुनर्निर्माण गर्नुपर्छ ।’

राष्ट्रपति इम्मानुएल म्याक्रोंले छिट्टै संवादको वातावरण बनाउन पहल गर्ने एडूआर्डले बताए । धेरै विरोधकर्ताहरू म्याक्रोंको राजीनामा मागिरहेका छन् । 

फ्रान्सेली गृहमन्त्री क्रिस्टोफ कास्टानेरले अशान्तिलाई नियन्त्रणमा राख्ने प्रहरीको प्रशंसा गरे । 

लगभग एक लाख २५ हजार मानिसले शनिवार देशका विभिन्न भागमा भएका प्रदर्शनमा भाग लिएको गृह मन्त्रालयले जनायो । 

लगभग ९० हजार अधिकारीलाई तैनाथ गरिएको थियो । पेरिसमा आठ हजार जना तैनाथ गरिएको थियो । त्यहाँ लगभग १२ वटा सशस्त्र गाडीहरू पनि प्रयोग गरिएका थिए । 

लगभग १० हजारजनाले राजधानीमा प्रदर्शन गरे । त्यहाँ हिंसा निकै विनाशकारी भए । झ्यालहरू क्षतिग्रस्त भए, कारहरू डढाइए अनि पसलहरूमा लूटपाट गरियो । 

भिडियो फूटेजमा विरोधर्ताहरूलाई रबरको गोलीले अनुहारमा समेत हानिएको देखियो । तीनजना पत्रकारलाई समेत गोली लाग्यो । 

सत्रजना प्रहरी अधिकारीहरूलाई पनि चोट लागेको कास्टानेरले बताए । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x