×

NMB BANK
NIC ASIA

उपकुलपति र रजिष्ट्रारको ‘जुँगाको लडाइँ’मा मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शैक्षिक संस्था बन्यो प्रहरीको ‘अड्डा’

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चर्किदै गएको आन्दोलन साम्य पार्न र विश्वविद्यालयको भविष्य उज्जवल पार्न विश्वविद्यालयका निलम्बित रजिष्ट्रार डा. महेन्द्र मल्ल र उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला दुबैजनालाई हटाउन शिक्षाविदले सुझाव दिएका छन् । 

Muktinath Bank

शिक्षाविद् एवम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले समस्या समाधानका लागि मल्ल र कोइरालाई हटाउनुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विश्वविद्यालयका भिसी र रजिष्ट्रारको व्यक्तिगत टकरावका कारण विश्वविद्यालयको स्तर शून्यमा झरिसकेको छ’,उनले भने, अब त्यो शून्यतालाई हटाउन यी दुबैजनालाई हटाउनुको विकल्प छैन ।’ रजिष्ट्रारमाथि छानविन भइरहेको बताउँदै उनले अब उपकुलपतिमाथि पनि छानविन गर्नुपर्ने उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

विश्वविद्यालय थला पर्नुको मुख्य कारण राजनीतिक भागवण्डा भएको बताउँदै ढकालले अब विश्वविद्यालय बनाउँछु भन्ने व्यक्तिलाई सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

‘राजनीतिक भागवण्डा विश्वविद्यालयको विकासकालागि बाधक तत्व हो । अब जो ले चलाउँछ चलाओस् तर प्रगति देखियोस्’ उनले भने, भिसी रजिष्ट्रारको द्वन्द्व गर्दा फेरि त्यहि अवस्था सिर्जना भयो । द्धन्द्धको खाडल गहिरिदिै गएको हुँदा अब ती दुबै पदाधिकारीर्लाृ फालेर समस्या समाधान हुनसक्छ ।’

विश्वविद्यालयमा हरेक महिना तालाबन्दी हुनुको कारण उनीहरुबीचको द्वन्द्व भएको ढकालको दाबी छ । विश्वविद्यालयका लागि मरिमेटने व्यक्ति ल्याउन सकेको खण्डमा मात्रै विश्वविद्यालयले पुर्नजीवन पाउने उनको भनाइ थियो ।

विश्वविद्यालय स्थापना गर्न संघर्ष समितिको नेतृत्व गरेका भुषण मानन्धर पनि विश्वविद्यालयमा भएको यस्तो गतिविधिबाट सन्तुष्ट छैनन् । ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयबारे अहिले  हामीलाई केही थाहा छैन  ।

हामीलाई कोही कसैले केही भनेका छैनन् । पत्रपत्रिकामा जे आउँछ । हाम्रा लागि सूचना त्यहि हो’ उनले भने, कोही कसैले मध्यस्थता गरिदिनु पर्यो भनेको खण्डमा विवाद मिलाउने, वातावरण बनाउने काम गर्न सकिन्थ्यो तर आजसम्म कोही कसैले हामीसँग एक शब्द पनि बोलेका छैनन् ।’

त्यत्रो संघर्ष गरेर स्थापना गरिएको विश्वविद्यालयमा यस्तो गाइजात्रा देख्दा मन पोल्ने मानन्धरले बताए । ‘विश्वविद्यालयमा दिनहुँ देखाइने गाइजात्राका कारण मन पोल्छ । तर त्यसमा बोल्ने वा खबरदारी गर्ने मेरो अधिकार केही छैन’ उनले भने, यो समस्याको निराकरण गर्न नागरिक समाज उठि दिए हुन्थ्यो । राजनीतिक दललाई, शिक्षा मन्त्रीलाई, मुख्यमन्त्रीलाई सबैलाई विश्वविद्यालयको गाइजात्राबारे थाहा छ ।’  मानन्धरका अनुसार समाधानको उपाय भनेको दुवै बीचको वार्ता हो ।

विश्वविद्यालयका उपप्राध्यापक यज्ञप्रसाद उपाध्यायले विश्वविद्यालयको विवाद निरुपण गर्न वार्ता र सहमतिको विकल्प नभएको बताए । विश्वविद्यालयमा भएको समस्या सामान्य हो । यो जटिल बनाइयो भने जटिल बन्छ । उनले भने, विद्यार्थीहरु बीच मुठभेड हुने सम्भावना छ । दुबै पक्षले लचकता अपनाउन जरुरी छ । राजनीतिक दलहरु बसेर नियमानुसार गर्नुपर्छ भनेर बसेको खण्डमा समस्या समाधान हुन्छ ।

विद्यार्थी नै  विभाजित

कर्णाली प्रदेशमा रहेको एकमात्र विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मुठभेडको खतरा बढदै गएको छ ।

नेपाल विद्यार्थी संघका एक पक्षका विद्यार्थीहरुले आइतबार विहान विश्वविद्यालयमा तालाबन्दी गरेकोमा नेविसंघकै अर्को खेमासहित अन्य विद्यार्थी संगठनले ताला फोडेका छन् । फेरि एमयूका रजिष्ट्रार डा. महेन्द्र मल्लमाथि छानविन गर्न सुरु गरेको विरोधमा आन्दोलित विद्यार्थी समुहले तालाबन्दी गरेका थिए ।

तत्पश्चात बाहिर रजिष्ट्रारका पक्षमा र विश्वविद्यालय परिसरमा पठन पाठन हुनुपर्छ भन्ने विद्यार्थीको समुहले चर्को नाराबाजीसमेत गरे । विश्वविद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उपकुलपति प्रा. डा. उपेन्द्र कोइराला र रजिष्ट्रार डा. मल्लको चपेटामा विश्वविद्यालय पर्न नहुने विद्यार्थी र सरोकारवालाहरुको मत छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x