×

NMB BANK
NIC ASIA

विराटनगरका बालबालिकाले गरे पुण्यको काम, देउसीको रकमबाट गाउँमा महिनावारी सम्बन्धी शिविर

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको सार्वजनिक माध्यामिक बिद्यालयमा किशोर किशोरीको भीड थियो । कोही आफ् भन्दा ठूलालाई सिकाउँदै गरेका अनी कोही आफू सरहका साथिहरुलाई आफुमा परेका समस्याको बारेमा सुनाउँदै थिए ।

Muktinath Bank

शनिवार भएको यो क्रम करिब ४ घण्टासम्म चल्यो । अभिभावकहरु बालबालिकाको कुरामा सकारात्मक देखिए भने आफुलाई परेको समस्याको बारेमा भनेका बालबालिका पनि निक्कै खुसी देखिन्थे । फरक फरक कोठामा भेला भएका बालबालिकाहरुमा एक खालको उत्साह थियो । त्यसमा पनि किशोरीहरु आफ्ना समस्याको बारेमा बालक्लबका आफू सरह कै साथिहरुलाई भन्दै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो कार्यक्रम बिराटनगर महानगरपालिका बाल क्लब संजालले देउसी खेलेर जम्मा गरेको रकमबाट सुरक्षित महिनावारी ब्यवस्थापन सम्बन्धि शिविर संचालन कार्यक्रमको हो ।


Advertisment
Nabil box
Kumari

विराटनगर महानगपालिकाको वडा नम्बर १८ र १९ लाई बालमैत्री घोषणा गर्न समस्या देखिएपछि यो शिविरलाई बाल क्लब संजालको अगुवाईमा संचालनमा ल्याईएको हो ।

Vianet communication
Laxmi Bank

बाल क्लब सञ्जालका भाइबहिनीले तिहारको बेला देउसी खेलेर करिब १८ हजारजम्मा गरेका थिए । त्यो रकम केमा खर्च गर्ने भन्ने अबस्थामा रहेका उनीहरुले सामाजिक काममा नै लगाउने त्यो पनि बालबालिकाको क्षेत्रमा भन्ने छलफलबाट निश्कर्ष निकाले । अनी बालमैत्री घोषणा हुन बाँकी रहेको वडा नम्बर १८ र १९ मा बिशेष गरी बालिका र अभिभावकल लक्षित सुरक्षित महिनावारी ब्यवस्थापन सम्बन्धि शिबिर संचालनमा ल्याएको नगर बाल क्लव संजालका अध्यक्ष श्याम गुप्ताले बताए ।

मेयरले प्याड बाँडे

भित्र बालबालिकाले अभिभावक, किशार तथा किशोरीलाई महिनावारी समस्याको बारेमा बुझाई रहेको बेला कार्यक्रममा पुगेका विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बालबालिकाले गरेको अभियानको बारेमा खुलेरै प्रशंसा गरे । भने, ‘विराटनगर महानगरपालिकको २ वटा वडालाई बालमैत्री घोषणा गर्न बालक्लब संजालका भाई बहिनीले देउसी खेलेर जम्मा गरेको रकममा महानगरपालिको सहयोग पछि यसरी कार्यक्रम गर्न सफल भएका छौ ।’

सिक्ने पनि बालबालिका अनी सिकाउने पनि बालबालिका त्योसँगै महिनावारीको बारेमा जानकारी भएका बिशेषज्ञले समेत बालबालिकालाई सहजीकरण गरेको हेरेका मेयरले एकैछिनमा प्याड बाँड्न भ्याएका थिए । प्याड बाँड्दै भने,‘यौन र प्रजनन्को बारेमा खुलेरै बोल्यो भने सुरक्षित भइन्छ ।’

दोश्रो बच्चा छोरी पाउँदा २५ हजार

बालबालिकाले आयोजना गरेको कार्यक्रममा मेयर पराजुलीले महानगरले छोरी बचाउने अभियान संचालन गरेको समेत सुनाए । उनले विराटनगर महानगरपालिका भित्र पहिलो सन्तान छोरी जन्माउने आमालाई ३ हजार दिईँदै आएकोमा यो बर्ष देखि दोश्रो सन्तान छोरी जन्माउँदा २५ हजार त्यो छोरीको नाममा अक्षयकोषको रुपमा रहने ब्यवस्था गरिएको जानकारी दिए । ‘छोरी बचाऔ, छोरी पढाऔँ’ अभियान अन्तरगत दोश्रो सन्तान छोरी जन्मँदा महानगरले अक्षयकोषको रुपमा त्यही बच्चाको नाममा जम्मा गरिदिने र उक्त बालिका पढ्ने बेला त्यो रकम पाउने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x