×

NMB BANK
NIC ASIA

काठमाडौं – पार्टी सचिवालयको बैठक समयमा शुरू नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक स्थलबाट बाहिरिएपछि नेकपा भित्रको विवाद छताछुल्ल भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

शनिवार बालुवाटारमा बसेको सचिवालय बैठक बहिष्कार गरेका नेताहरू आफू अपमानित भएको महसुस गरेको भन्दै विवाद सिर्जना गर्ने काम अध्यक्षद्वयबाटै भएको प्रतिक्रिया दिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तल्लो तहसम्म अझै पनि पूर्ण एकता नभएको नेकपामा शीर्ष नेताहरूबीच नै विवाद देखिएपछि कार्यकर्ता अन्यौलमा परेका छन् । 


Advertisment
Nabil box
Kumari

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एकलौटी रूपमा पेलेर अघि बढेको असन्तुष्ट पक्षको आरोप छ । ९ सदस्यीय सचिवालयमा ४ नेता बाहिरिए पनि बैठक भने बस्यो । सो बैठकले पार्टी कार्यालय धूम्रराहीमा २९ गते दिउँसो स्थायी समिति बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

Vianet communication
Laxmi Bank

पौडेलका अनुसार सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउन तथा पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि बैठक बोलाइएको हो ।

प्रदेशका पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै नेकपामा असन्तुष्टि छ । महासचिव पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो हुन गएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ यसलाई समयको ख्याल गर्न सचेत गराउने कामको रूपमा व्याख्या गर्छन् । ‘यो कुनै गुटको पक्षमा गरेको निर्णय नभएर समयलाई ध्यान दिनुपर्छ, पार्टीलाई विधि विधानबाट मात्र चल्ने बनाउनुपर्छ भन्ने सन्देश दिनका लागि चालिएको कदम हो,’ श्रेष्ठले लोकान्तरसँग भने ।

तपाईंहरूको यो कदमले कार्यकर्ता र आमजनतामा नकारात्मक मनोविज्ञान सिर्जना गर्न मद्दत पुर्‍यायो नि ? भन्ने प्रश्नमा श्रेष्ठ थप्छन्, ‘यो पार्टी कार्यकर्ताले पनि सकारात्मक रूपमा लिनुपर्ने विषय हो । मैले नै धेरैपटक समयमा बैठक बस्ने गरौँ भनेर प्रस्ताव लागेको छु, तर अहिलेसम्म त्यो कहिल्यै पालना भएको देखिएन । हिजो हामीले यसविरुद्ध कदम चाल्नैपर्छ भन्ने ठान्यौं र २० मिनेट कुरेर हिड्यौं । यसबाट पूरै देशले सकारात्मक सन्देश पाएको छ ।’

श्रेष्ठले आफूहरू पार्टी एकता सुदृढ गर्न र सरकारलाई सफल बनाउन लागिपरेको भन्दै यसमा पार्टीपंक्ति र कार्यकर्ताले ‘नेतृत्वमा विभाजन’ आएको भन्ने कोणबाट बुझ्न नहुने तर्क गरे ।

‘हामी जसरी पनि पार्टीलाई एकढिक्का बनाउन र सरकारलाई सफल बनाउन लागिपरेका छौं । त्यसका लागि पनि विधि, विधान र समयको ख्याल गर्नैपर्छ,’ श्रेष्ठले भने ।

बैठक लगत्तै सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै महासचिव विष्णु पौडेलले अध्यक्षद्वय क्यान्सरपीडित समेत रहेकी उदयपुरकी पूर्व सांसद् मणि खम्बुसँग परामर्शमा रहँदा केही मिनेट ढिला भएको प्रष्टिकरण दिएका थिए । एउटै भवनको वल्लोपल्लो कोठामा हुँदा पनि कुराइयो भनेर बैठक नै छाड्न नमिल्ने उनको जिकिर थियो ।

तर नेता झलनाथ खनाल भने यसबारे आफूहरूलाई सूचना नै नभएको बताउँछन् । अध्यक्षद्वय परामर्शमा रहेको सूचना पाएको भए आफूहरू एक घण्टा पनि कुर्न तयार हुने उनको भनाइ छ ।

खनालले लोकान्तरसँग भने- ‘हामी लगभग २० मिनेटसम्म कुर्यौं, तर न त अध्यक्षहरू आउनुभयो न त हामीलाई अन्य कुनै सूचना नै प्राप्त भयो । यो कदमपछि आगामी बैठकहरू सही समयमा शुरू हुन्छन् भन्ने आशा लिएका छौं ।’

शनिबारको बैठक बहिष्कार गरेपनि आगामी २९ गते हुने स्थायी समिति बैठकमा भाग लिने श्रेष्ठ र खनाल दुवै नेताले बताए ।

बैठक बहिष्कार गर्नुको कारण समयलाई देखाइए पनि यी चारै नेता अध्यक्षद्वयको कार्यशैलीप्रति असन्तुष्ट रहेको कहीँबाट छिपेको छैन । यसअघि डा. गोविन्द केसीको अनशनका क्रममा केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै अध्यक्ष ओलीले स्पष्टीकरण सोधेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा पार्टीबाट स्वीकृत भएन र श्रेष्ठ प्रवक्ताकै भूमिकामा छन् ।

अर्का नेता माधवकुमार नेपालले पनि अध्यक्षद्वयको कार्यशैलीप्रति असन्तुष्टि जनाउने गरेका छन् । आफू घाना भ्रमणमा गएका बेला प्रदेश कमिटी पदाधिकारी चुनेको भन्दै उनले असन्तुष्टि जनाउँदै अएका छन् ।

झलनाथ खनाल भने पार्टी एकता घोषणा हुँदा चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको द्विशतवार्षिकी कार्यक्रममा सहभागी हुन गएका थिए । खनालले स्वदेश फर्किने क्रममा विमानस्थलबाटै आफूलाई वरीयतामा तल राखिएको भन्दै आपत्ति जनाएका थिए । उनको असन्तुष्टि पनि अहिलेसम्म सम्बोधन भएको छैन । पार्टी एकताअघि तत्कालीन एमालेमा खनाल माधव नेपालभन्दा माथिल्लो वरीयतामा थिए । नेकपामा दुई अध्यक्षपछिको वरीतामा नेता नेपाल र त्यसपछि मात्र खनाल छन् ।

अर्का नेता वामदेव गौतम भने आफूलाई संसद् प्रवेश गर्न पार्टीले नै असहयोग गरेकोमा असन्तुष्ट छन् । विशेषगरी अध्यक्ष ओलीले नै आफूलाई संसद् बन्न सहयोग नगरेको उनको गुनासो रहने गरेको छ । यद्यपि सार्वजनिक रूपमा अध्यक्षलाई तोकेर गौतमले यस्तो असन्तुष्टि जनाएका भने छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x