×

NMB BANK
NIC ASIA

बफादार कुकुर : घर डढेर खरानी हुँदा पनि गरिरह्यो रेखदेख

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको उत्तरी क्यालिफोर्नियाका जंगलमा भीषण डढेलो लागेको एक महिनापछि एक आश्चर्यजनक खबर आएको छ । 

डढेलोमा परी खरानी भएको एक घरलाई पनि घरपालुवा कुकुरले रेखदेख गरेको पाइएको छ । म्याडिसन नामक यो कुकुर एक महिनाभरि त्यो क्षतिग्रस्त घरमा बसेर रेखदेख गरिरह्यो । 

घर मालिक्नी एन्ड्रिया गेलार्ड प्याराडाइनस्थित आफ्नो घरमा फर्किंदा कुकुरलाई देखेर छक्क परिन् । गेलार्ड नोभेम्बर ८ मा शहरमा डढेलो लागेपछि भागेकी थिइन् । उक्त डढेलोमा २७ हजार घर नष्ट भए । 

गेलार्डले एक उद्धारकर्मीलाई म्याडिसनको खोजी गर्न अनुरोध गरेको धेरै दिनपछि उद्धारकर्मीले एनाटोलियन शेफर्ड प्रजातिको यो कुकुर भेटे । 

शायला सलिभान नामक महिलाले गेलार्ड नफर्कुन्जेलसम्मका लागि म्याडिसनको हेरचाह गरेकी थिइन् । गेलार्ड नआउन्जेल म्याडिसन चिन्तित देखिएको र ऊ सबैबाट टाढिएको सलिभानले बताइन् । 

म्याडिसनको भाइ मिगेललाई आगलागीपछि एक आश्रयस्थल पठाइएको र उसले पनि म्याडिसनलाई खोज्न सलिभानको सहायता गरेको थियो । 

गेलार्डले म्याडिसनलाई मन पर्ने खानेकुरा खुवाएकी थिइन् । यस्तो खराब अवस्थामा पनि म्याडिसनले देखाएको बफादारी र प्रतीक्षा प्रशंसनीय रहेको सलिभानले बताइन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x