×

NMB BANK
NIC ASIA

निगमले वाइडबडी विमान खरिदमा प्रक्रिया मिचेको खुलासा

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिदमा प्रक्रिया मिचेको खुलासा भएको छ । 

Muktinath Bank

 सार्वजनिक खरिद अनुमगन कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार वाइडबडी खरिदमा प्रक्रिया मिचिएको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक खरिद अनुमगन कार्यालयले शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बुझाएको प्रतिवेदनमा प्रक्रिया मिचेर विमान खरिद गरिएको उल्लेख गरिएको स्रोतको दावी छ ।


Advertisment
Nabil box
Kumari

‘विमान खरिदका क्रममा ए ३३०–२०० भनेर किटान गरिएको छ’ स्रोतले भन्यो, ‘सार्वजनिक खरिद ऐन अनुसार यस्तो गर्नु पाइँदैन ।’

Vianet communication
Laxmi Bank

यसबाहेक अन्य प्रक्रिया समेत मिचेर विमान खरिद गरिएको स्रोतले बताएको छ । यद्यपि अहिलेसम्म समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन ।  अब समितिले बैठक बोलाएर प्रतिवेदन सार्वजनिक गरिने समितका एक सदस्यले लोकान्तरलाई जानकारी दिए । 

सार्वजनिक खरिद अनुमगन कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद अनुमगन कार्यालयले तयार पारेको प्रतिवेदन लेखा समितिमा बुझाइएको पुष्टि गरे । उनले समितिले दिएको समयसीमा अनुसार गत शुक्रबार प्रतिवेदन समितिमा बुझाइएको बताए ।

‘समितिमा प्रतिवेदन पेश गरिएको छ’ उनले भने,‘समितिले बैठक बेलाएर प्रतिवेदनमाथि छलफल गर्ला । त्रुटि भएको भएपनि समितिले नै सार्वजनिक गर्ने छ ।’

साताअघि समितिले अनुमगन कार्यालयका निर्देशक शर्मा र सचिवलाई बोलाएर खरिद अनुगमन प्रक्रियाका विषयमा छलफल गरेको थियो । तर, सो बैठकका क्रममा कार्यालयका पदाधिकारीले यसबारे विस्तृतमा अध्ययन गरेर प्रतिवेदन बुझाउने गरी एक साताको समय माग गरेका थिए । 

महालेखा परीक्षकको २०७४/०७५ को ५ औं वार्षिक प्रतिवेदनले एयसबस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफपी जारी गर्नु र त्यसपछि तीन चार वटा दलाल खडा गरी खरिद गर्नु कानुन विपरीत भएको उल्लेख गरेपछि लेखा समितिले यसलाई महत्वका साथ छलफलमा उठाउँदै आएको छ । 

तर  विमान खरिद प्रकरणमा मुछिएका निकायका जिम्मेवार अधिकारीले एकअर्कालाई देखाएर उम्किने प्रयास गर्दै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x