×

NMB BANK
NIC ASIA

थन्किए भक्तपुरका दमकल

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर– जुद्ध बारुणयन्त्र भक्तपुरका चार जना चालकले एकैपटक छाडेपछि भक्तपुरको दमकल चालकविहीन बन्न पुगेको छ । जुद्ध बारुणयन्त्र भक्तपुरका प्रमुख लक्ष्मण गुरागार्इंले शनिबार सबै चालकलाई छाडेर जान निर्देशन दिएपछि २४सै घण्टा ‘ड्युटी’ गरेर बस्ने चालक राजकुमार श्रेष्ठ, राजकुमार गिरी, विकास वनमाला र राज कपालीले कार्यालय छाडेपछि दमकल चालकविहीन बन्न पुगेको हो । 
    
नौ दिनपछि शनिबार कार्यालय आएका प्रमुख गुरागाईंसँग दमकलका चालकले डेढ महीनाअघिदेखि रोकिएको दमकल मर्मतको रकम माग गर्दा हप्काएर मर्मतको रकम नदिइ उल्टै छाडेर जान निर्देशन दिएपछि बाध्य भएर कार्यालय छाडनुपरेको चालकले बताएका छन् ।     चालक राज कपालीले दमकल चालकलाई मान्छे जस्तै व्यवहार नगर्ने र अत्यावश्यक साधनका रुपमा रहेको दमकलसमेत मर्मत गर्न नदिने कायालय प्रमुखले बिग्रिएर बनाएको दमकलको रकम भुक्तानी गरिदिन आग्रह गर्नेबित्तिकै छाडेर जान निर्देशन दिएको गुनासो गरे ।

Muktinath Bank

उनले भने, “म तिमिहरुको हामिक, मलाई नरोधी दमकल बनाउँछौँ, तिमीहरु जस्ता चालक चाहिँदैन, म नेपाली सेना र सशस्त्रबाट ड्राइभर म गाउँछु तिमीहरु बस्नु पर्दैन जाओ भन्नुभयो, त्यसपछि हामी गएका हौँ ।” अर्का चालक विकास त्वायनाले कार्यालय प्रमुख गुरागार्इं कहिले काही मात्रै आउने गरेको र दमकल मर्मत गर्दा टिक क्याप्टेन, सूचना अधिकारीलाई जानकारी गराएर कार्यालयको कर्मचारी साथै लगेर मर्मत गराउने गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालय प्रमुखले बजेट नदिए पनि चालक आफैँले पैसा हालेरसमेत कतिपय अवस्थामा दमकल मर्मत गर्नुपरेको गुनासो गर्दै उहाँले दमकल जस्तो अत्यावश्यक साधनलाई उहाँले गम्भीररुपमा नलिएको गुनासो गरे । अर्का चालक राजकुमार श्रेष्ठले विगतमा प्रत्येक महीना स्टाफ बैठक हुने र कार्यालयमा आएका समस्याका बारेमा छलफल गर्ने गरे पनि गत जेठदेखि एकपटक पनि बैठक नबसेको गुनासो गरे ।


Advertisment
Nabil box
Kumari

उनले भने, “हामी २४ घण्टा ड्यिुटी गर्छौं, हाकिम कहिले आउँछन् कहिले आउँदैनन्, उहाँ नआउँदा दमकल बनाएर तयारी अवस्थामा राख्ने कि उहाँलाई कुर्ने ? उहाँ जतिदिन नआए पनि हामीलाई चासो छैन, दमकलको काम नरोकिए हुन्थ्यो ।” गत जेठ १५ गते गुरागाईं कार्यालय प्रमुख भएर आएपछि पाँच जनाले राजीनामा दिएका छन् भने दुई वटा दमकल र एक पानी ट्याङ्की चालू अवस्थामा रहेकामा अहिले एउटा दमकल मात्रै चालू छ, अरु बिग्रिएर थन्किएका छन् ।

Vianet communication
Laxmi Bank

कार्यालयमा २४ घण्टा ड्युटी गरेको राशन लिने गरे पनि कार्यालयमा भने एक साताको एकैपटक हाजिर गर्ने र नआउने गरेको कर्मचारीको गुनासो छ । कार्यालयका सूचना अधिकारी विजय धौभडेलले बिग्रिएका दमकल मर्मत गर्न एक महीना अगाडि नै निवेदन दिए पनि सुनुवाइ नहुँदा दमकल थन्किएर बसेको बताए । कार्यालय अहिले समस्याले जकडिएको बताउँदै उनले दमकल जस्तो अत्यावश्यक साधनलाई २४सै घण्टा तयारी अवस्थामा राख्नुपर्नेमा त्यसो हुन नसकेको स्वीकारे ।

चालकले छाडेपछि आइतबार यहाँको समस्या लिएर प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई जानकारी गराएको र उनले छाडेका चालकलाई फर्काउन भनेपछि चालकलाई आफूले बोलाएको बताए । उनले यहाँको समस्याका बारेमा शनिबार प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई समेत जानकारी गराएको बताउँदै कुनै हालतमा दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको धौभडेलले जानकारी दिए । 

भक्तपुर मात्र नभई उपत्यका, काभ्रे, सिनधुपाल्चोक, रामेछाप, तातोपानीसम्म आगो निभाउन पुग्ने गरेको यहाँका दमकल बिग्रिएर थन्किएपछि ठूलो आगलागी भए के गर्ने भन्ने अन्योलमा रहनुपरेको धौभडेलको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x