×

NMB BANK
NIC ASIA

पुल जीर्ण हुँदा पदमार्गमा ओहोरदोहोर गर्ने स्थानीय र पर्यटकलाई सास्ती

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

लमजुङ-मर्स्याङ्दी गाउँपालिका–३ खुदी बजारको पुरानो इतिहास बोकेको झोलुङ्गे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं ३ र ९ जोड्न झोलुङ्गे पुल जीर्ण हुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । पुल जीर्ण हुँदा अन्नपूर्ण पदमार्गमा दैनिक ओहोरदोहोर गर्ने सयौँ पर्यटकलाई समेत सास्ती हुने गरेको छ । उत्तरी लमजुङ हुँदै मनाङसम्म यात्रा गर्ने पदमार्ग बाटो पनि यहीँ पर्छ । 

समेटिएका तत्कालीन ७ गाविसको हवसमेत रहेको बजारमा दैनिक सयौँको आउजाउ हुन्छ । खुदी वारीपारीका भुलभुले, बाहुनडाँडा, ताघ्रिङ, घेर्मुहुँदै मनाङसम्मका मानिस बेसीँशहर आउजाउ गर्ने बाटो यही पुल भएर हो तर, वर्षौंदेखि सञ्चालनमा आएको पुल मर्मतमा भने कसैले चासो नदेखाएका छैनन् । 

पाँच वर्षअघि झोलुङ्गे पुलको जीर्णेद्धारका लागि स्थानीयवासीले आवाज उठाए पनि हालसम्म पुलको अवस्था नाजुक हुँदै गएको छ । स्थानीयवासीको मागअनुसार तत्कालीन जिल्ला विकास समितिले अनुगमन गरी ट्रेलब्रिज सपोर्ट युनिट र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकको टोलीले गरेको स्थलगत अध्ययनले झोलुङ्गे पुल जोखिममा रहेको देखाएको थियो । 

प्रतिवेदनका आधारमा पुलमा आवतजावत गर्न रोक लगाइयो तर, यो नियम धेरै टिकेन पुनः सञ्चालन भयो । अहिले यही जीर्ण पुलबाट आवातजावत हुँदा समस्या भएको अमर मावि खुदीका प्रधानाध्यापक तीर्थ बस्नेतले दुखेको व्यक्त गर्नुभयो । उहाँका अनुसार पुल मर्मतका लागि कहीँकतैबाट सुनुवाइ नै भएन । जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको भय निम्तिएको छ । 

पुलको मुख्य लठ्ठा खिया लागेर चुँडिन लागेको छ । बिच्छ्याइएका काठ कुहिएका छन् । झोलुङ्गे पुल कोल्टे बनेको छ । सोही पुल तरेर पैदलयात्रा गर्ने पर्यटकसमेत समस्यामा परेका छन् । हाल पुलमा एक पटकमा एक जनालाई मात्र आवतजावत गर्न दिइएको स्थानीयवासी बताउँछन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x