×

NMB BANK
NIC ASIA

किन हट्यो ओपेकबाट कतार ?

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — कतारले तेल निर्यातक राष्ट्रहरूको समूह ओपेकबाट अलग्गिने निर्णय किन लियो होला ? साउदी अरबको अगुवाइमा रहेका केही खाडी मुलुकबाट कतार टाढा भएको त अवश्य हो । तर यसले अर्को संकेत पनि दिएको छ । 

तेल उत्पादन एवं मूल्य निर्धारणमा समस्या र संसारभरि नवीकरणीय ऊर्जातर्फको आकर्षण वृद्धिका कारण ओपेकको दबदबा घटेकाले कतारलाई अलग्गिने निर्णय लिन सहज भएको हो । 

ओपेक सदस्य मुलुकहरूमा प्रचुर मात्रामा तेल पाइन्छ । सन् १९६० मा तेल उत्पादन र मूल्य निर्धारण जस्ता विषयमा कुराकानीका लागि ओपेक गठन गरिएको थियो ।

सन् २०१७ मा ओपेकका १५ सदस्य देशसँग संसारभरि कुल तेल उत्पादनको ८२ प्रतिशत हिस्सा थियो । अघिल्लो वर्ष ती देशले संसारको कुल ४३.५ प्रतिशत तेल उत्पादन गरेको हुन्  । 

ओपेकको प्रमुख लक्ष्य सदस्य देशको हित संरक्षण र तेल निर्यातमा लाभ वृद्धि हो । तर ओपेकले पश्चिमी देशहरूसँग सम्बन्ध विस्तार गरेर तेललाई हतियारको रूपमा प्रयोग गर्ने गरेको आरोप  आलोचकहरूले लगाउने गरेका छन् । 

उदाहरणका लागि, सन् १९७३ मा इजरायलले सिरिया र इजिप्टसँग योम किप्पुर युद्ध गरेपछि ओपेकले इजरायललाई समर्थन गर्ने पश्चिमी देशहरूलाई तेल बेच्न अस्वीकार गरेको थियो । 

ओपेकको उक्त कदमले तेल संकट उत्पन्न भएको थियो र तेलको मूल्य चौगुणा बढेको थियो । अमेरिकाले त्यसपछि साउदी अरबसँग सम्बन्ध विस्तार गरेर पश्चिम एसियाको राजनीतिमा हस्तक्षेप बढाएको थियो । 

कतारलाई साउदी अरबसँग सम्बन्ध बिग्रिएकाले असर पारिरहेको थियो । कतारले ओपेक देशको कुल तेल उत्पादनमा जम्मा २ प्रतिशत योगदान गर्छ । त्यसैले ओपेकको नीतिगत निर्णयमा कतारको विचारलाई मतलब गरिँदैन । 

अर्कोतर्फ कतार प्राकृतिक ग्यासको सबभन्दा ठूलो निर्यातक हो । यसरी उसको अर्थतन्त्र तेलमा निर्भर छैन । अनि उसलाई ओपेकबाट निस्कन खासै गाह्रो नभएको हो ।

ओपेकबाट पहिले पनि केही सदस्य राष्ट्रहरू निस्किसकेका छन् । सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएलाले ओपेक गठन गरेका थिए । पछि अनेकौं देश सदस्य बने र पछि निस्किए पनि । अहिले ओपेकमा
जम्मा १५ सदस्य छन् । 

ओपेकले विश्वव्यापी ऊर्जा बजारमा बनाएको प्रभाव सन् १९७० को तुलनामा घटेको छ । गाडीमा पेट्रोलियम मात्र इन्धनको साधन हैन । 

अनि कच्चा तेल १०० डलर प्रतिब्यारेल पुगेपछि अमेरिकी शेल ओयल प्रोडक्सनलाई वरदान साबित भयो । आँकलनअनुसार, अमेरिका तेल उत्पादनको मामिलामा छिट्टै साउदी अरब र रुस दुवैलाई पछि पार्ने सम्भावना छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x