×

NMB BANK
NIC ASIA

हात्तीलाई किन देखाइँदैछ डिस्को लाइट्स ?

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — तपाईंले डिस्को क्लबमा बहुरंगी एलईडी लाइट बलेको देख्नुभएको होला । भारतको केरल राज्यमा रहेको वायनाडमा यो लाइटको अनौठो प्रयोग गरिएको छ । 

वन विभागले ३६० डिग्री घुम्ने यस्ता लाइटलाई खेतमा राख्ने भएको छ । यसले गर्दा जंगली हात्तीहरू टाढै बस्ने अपेक्षा थियो र यसको परिणाम साँच्चिकै देखिएको छ । लाइट हालेको डेढ महिनामा हात्तीबाट कुनै हानिनोक्सानी भएको छैन । 

वन विभागका अधिकारीहरूले यो बहुरंगी लाइटले चेथालयममा आवारा हात्तीलाई मानव बस्तीबाट टाढा राख्न सफल भएको बताए । त्यसअघि हात्ती भगाउन खाल्डो, ग्रेनाइट पर्खाल र सौर्य फेन्स लगाएको भए पनि काम लागेन । 

वन अधिकारी पी रञ्जित कुमारले भने, ‘हामीले झिलिमिली बत्ती हालेपछि विगत डेढ महिनामा कुनै पनि अप्रिय घटना भएका छैनन् । अहिले धान काट्ने सीजन चलिरहेको छ र हात्तीले दुःख दिएको छैन ।’

एक स्थानीय किसान अजासले यही उपाय जंगली बँदेलबाट बच्नका लागि पनि उपयोग गर्न सकिन्छ भने । 

वन अधिकारी भी रतिसनले हात्तीलाई यी अत्यधिक चम्किला बत्तीहरू लगाएपछि अप्ठ्यारो भएको र मानव बस्तीनजिक आउन मन नलागेको देखिएको बताए । 

उनले एलईडी लाइट किफायती भएको भने । एक युनिट बल्ब र ब्याट्रीको मूल्य साढे ६ हजार छ । 

वन्यजन्तु विशेषज्ञ पीएस इयासाले भने, ‘झारखण्ड जस्ता स्थानमा जंगली हात्तीविरुद्ध सामान्य फ्ल्याश लाइट प्रयोग गरिन्छ । तर समय बितेसँगै हात्तीलाई यसको बानी पर्न सक्ने विषयमा हामीहरू चनाखो हुनुपर्छ ।’

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x