×

NMB BANK
NIC ASIA

साना उद्योगधनीको बदमासी : बैंकबाट ऋण लिने उद्योग सञ्चालन नगर्ने

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालगञ्ज– ऋण लिने तथा उद्योग सञ्चालन नगर्ने प्रवृत्ति बाँके जिल्लामा बढ्दै गएको छ । 

Muktinath Bank

जिल्लामा दर्ता भएका कतिपय घरेलु तथा साना उद्योग वर्षौंदेखि सञ्चालनमा छैनन् तर ती उद्योगका धनीले बैंकबाट ऋण लिनका लागि आफ्नो उद्योग, व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण गराउने गरेका छन् । सञ्चालनमा नआएका त्यस्ता उद्योगको अनुगमन गर्ने निकाय नभएकाले पनि ऋण लिन मात्र नवीकरण हुने गरेको सो कार्यालयका कर्मचारी बताउँछन् । 

“बैंकले ऋण उपलब्ध गराउन उद्योग नवीकरण प्रमाणपत्र माग गर्ने गरेकाले हामी नवीकरण गर्छौं, तर ती उद्योग सञ्चालन भए/नभएको अनुगमन गर्न सकिएको छैन,” निमित्त कार्यालय प्रमुख दुर्गा वलीको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकेमा अधिकांश सरकारी र निजी बैंकले घरेलु तथा साना उद्योग, व्यवसाय र कम्पनीलाई ऋण प्रवाह गर्दै आएका छन् । “वाणिज्य कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको आधारमा मात्र ऋण उपलब्ध गराइन्छ, बैंकले ऋण प्रवाह गरेका उद्योग, व्यवसायको तीन/तीन महीनामा अनुगमनसमेत गर्दै आउँछ,” एनएमबी बैंक नेपालगञ्जका शाखाप्रमुख विनय गौतमको भनाइ छ । 

साना तथा घरेलु उद्योग कार्यालय, बाँकेका अनुसार यस जिल्लामा अहिलेसम्म पाँच हजार ३६२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये कति सञ्चालनमा छन् त्यसको तथ्याङ्क सो कार्यालयसँग छैन । कार्यालयमा गत आर्थिक वर्षमा ३९० उद्योग नवीकरण गरिएको जनाइएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x