×

NMB BANK
NIC ASIA

ज्ञानेन्द्रलाई प्रचण्डको प्रश्न- होटलमा केको लागि नाचेको? बैंकले कर्जा नदिँदा स्वरोजगार अलपत्र

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव पारित गरेको छ । पार्टीको समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा प्रकाशशरण महतले यही १९ गतेको बैठकमा प्रस्तुत गरेको प्रस्ताव सोमबार छलफलपछि पारित भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

केही सुझावसहितको नीति बैठकको सर्वसम्मतिले पारित गरेको महतले जानकारी दिए । उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिलाई आर्थिक नीतिमा केन्द्रित गरिएको छ । कांग्रेसले आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकार्दै ती लक्ष्य प्राप्त गर्ने तरिकामा समयसापेक्ष गतिशीलता अपनाउने नीति लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकबाट पारित आर्थिक नीति आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुने पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो । विधान मस्यौदाका सम्बन्धमा मंसिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्र्रतिवेदन पारित हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

ज्ञानेन्द्रलाई प्रचण्डको प्रश्न होटलमा केको लागि नाचेको ?
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी एकपल्ट निरंकुशता सल्बलाउन लागेको संकेत गर्दै ढुक्क भएर बस्ने स्थिति नरहेको बताएका छन् । कास्कीको सिक्लेसमा सोमबार शान्ति स्तम्भ अनावरण गर्दै प्रचण्डले परिवर्तन विरोधीले निरंकुशता उल्ट्याउन लगातार षड्यन्त्र गरिराख्ने भएकोले ढुक्क भएर बस्न सक्ने स्थितिमा पुगिनसकेको जनाए ।

Vianet communication
Laxmi Bank

‘तराई मधेशमा एकथरी अहिले पनि विखण्डनको सपना देखेर त्यहाँका जनतालाई भड्काउने कोशिस गरिरहेका छन्,’ उनले भने, ‘अर्कोतिर अतिवाद पहाडमा फैलाउन सकिन्छ कि भनेर हिजो दरबारबाट निकालिएका शक्तिहरु तिनीहरुलाई मलजल गर्ने कोशिस गरी नै राखेका छन् ।’

‘निरंकुशताका ती दिनहरु बिर्सेका छैनौं, जसले सबै संसदवादी दलदेखि विद्रोही माओवादीसम्म सबैलाई एउटै हाडीमा राखेर भुटेर सिध्याउन खोजेका थिए,’ उनले भने, ‘ती निरंकुशका शासकहरुलाई बिर्सेका छैनौँ । अहिले उनीहरु नाच्दै हिँडेका छन् रे होटल होटलमा, के को लागि नाचेका हुन् ?’

बैंकले कर्जा नदिँदा स्वरोजगार योजना अलपत्र
सरकारले युवालाई स्वरोजार बनाउन ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मानेका छैनन् । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको ‘सहुलियपूर्ण कर्जा सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया’ कार्यक्रममा सहभागीले बंैकले कर्जा प्रवाह गर्न नमान्दा युवालाई स्वरोजगार बनाउन नसकिएको बताए ।

कार्यविधिअनुसार सहुलियपूर्ण कर्जा प्रवाहका लागि बैंकको लगानी र व्यवसायीको बीमा गरे पनि बंैकले लगानी गर्न नमानेका हुन् । देशका बेराजगार युवालाई स्वरोजगार बनाउन अर्थमन्त्रालयले उक्त कार्यविधि ल्याएको हो । कार्यविधिअनुसार बैंकले युवालाई सहुलियतपूर्ण रूपमा गत कात्तिक २० गतेदेखि नै ऋण उपलब्ध गराउनुपर्ने रहेको थियो । बैंकले लगानीको सुरक्षा नभएको भन्दै ऋण दिन मानेका छैनन् । 

सरकारको बेरोजगार चार लाख युवालाई वार्षिकरूपमा उक्त कार्यविधिअनुसार  कर्जा प्रवाह गरेर स्वरोजगार बनाउने योजना रहेको छ । युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बैंकको लगानी डुब्ने चिन्ता रहेकाले बीमा गरिएको बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई स्वरोजगार बनाउन थालिएको अभियानलाई बंैकले अवरोध गर्न नहुने बताए ।

नेपाल राष्ट्र बंैकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले कार्यविधिअनुसार कर्जा प्रवाह नगर्ने बैंकलाई कारवाही गरिने बताए । बैंकले कर्जाको सुरक्षाको सुनिश्चिता नभएको भन्दै ऋण प्रवाह नगरेको परिषद्का उपसचिव धु्रवराज पौडेलले जानकारी गराए ।

दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दःुखद् रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले पन्तको परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै भन्नुभयो, “दोषीको पहिचान ढिलोचाँडो हुन्छ, कुनै हालतमा दोषी उम्कन सरकारले दिने छैन ।” उहाँले सरकार सधैँ मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई कारवाही गर्न छिटोभन्दा छिटो कारवाही चलाउन आग्रह गरे ।

अन्तरप्रदेश परिषद्ः संघीयता कार्यान्वयनले गति लिने
अन्तरप्रदेश परिषद्को बैठकपछि संघ र प्रदेशबीचका विवाद समाधान भई संघीयता कार्यान्वयनमा गति मिल्ने देखिएको छ । नेपालको संविधानमा संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको प्रबन्ध गरिएका अधिकारबारे बुझाइ, स्रोतको बाँडफाँट, संरचना निर्माण, कानूनी तर्जुमा र कर्मचारी प्रबन्धका विषयमा विवाद देखिएका बेला परिषद्को दुईदिने बैठक सम्पन्न भएको छ ।

नेपालको संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को व्यवस्था भएअनुसार पहिलो पटक सिंहदरबारमा आइतबार र सोमबार यसको बैठक भएको हो । बैठकको समापनमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई कसरी असफल पार्न सकिन्छ भनेर गौँडा कुरेर बसेकालाई मौका दिन नहुने बताउनुले पनि सरकार संघ र प्रदेशबीचको समन्वयका लागि कटिबद्ध भएको दर्शाउँछ ।

बैठकले प्रदेश र सङ्घका काममा तालमेल मिलाउन, आवश्यक कानूनहरूको परिमार्जन गर्न र प्रदेशहरूलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन प्रतिवेदन 
चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले सोमबार रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएका हुन् । रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ पक्षले अध्ययन प्रतिवेदन बुझाएको छ र आगामी दिनमा के कसरी रेलमार्ग अगाडि बढाउने भन्ने विषयमा छलफल हुनेछ । 

केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । लगानी र निर्माण ढाँचालगायतका विषयमा छलफलका लागि मार्गप्रशस्त भएको जानकारी दिँदै प्रवक्ता चित्रकारले भने, “प्रक्रियामा प्रवेश गरेको छ । कुन प्रक्रिया र ढाँचामा अगाडि जाने भन्ने विषय पनि निकट भविष्यमा निक्र्योल हुन्छ ।”

संसदीय समितिमा आईजीपीको जवाफ
राष्ट्रिय सभाको दिगो विकास तथा सुसासन समितिले निर्मला पन्त हत्या सम्बन्धमा भएको अनुसन्धानबारे नेपाल प्रहरीसँग जानकारी लिएको छ । समितिको सोमबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले कुनै लापरवाही नगरेको बताए । 
प्रहरीले आफ्नो सामर्थ्यले भ्यायेसम्मको अनुसन्धान गरिरहेको खनालको दाबी छ । आइजीपी खनालले हत्यारा पत्ता लगाउन आफूहरु रातदिन खटिएको र निन्द्रासमेत नलाग्ने अवस्था रहेको बताए । निर्मला प्रकरणका विषयमा बाहिर अनुसन्धानलाई प्रभावित पर्ने गतिविधि भइरहेको भन्दै उनले असन्तुष्टि पोखे । बाहिर अनुसन्धानलाई प्रभावित पार्ने काम भइरहेका छन् त्यो नभइदिए हुन्थ्यो उहाँको भनाइ छ ।

प्रदेश २ मा २५ र २६ गते बिदा
प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो ।

विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय जनकपुर आएका छन् । जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवको चौथो दिन सोमबार राममन्दिरको रामवागमा भगवान् रामको तिलकोत्सव सम्पन्न भएको छ । यस पटक जानकी मन्दिरबाट एक हजार एक भार (कोशेली) राममन्दिरमा भगवान् रामको तिलकका लागि गएका थिए ।

यसैबीच भारतको रामजन्मभूमि अयोध्याबाट ३५० को सङ्ख्यामा जन्ती जनकपुरधाम आइपुगेका छन् । जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरूपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा २५ र २६ गते जनकपुर शहरमा दीपावली मनाउन सर्वसाधरणलाई आग्रह गरिएको छ । उपमहानगरपालिकाभित्रको सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरी भव्यरूपमा दीपावली मनाउन आग्रह गरिएको छ । 

नक्कली सुन ६६ लाखमा बेच्न खोज्दा दुई पक्राउ 
महानगरीय प्रहरी परिसर काठमाडौँले ६६ लाख रुपैयाँमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले नक्कली सुनलाई बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एक÷एक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको जानकारी दिए ।

नेपाली ब्याडमिन्टन टोली बङ्गलादेश प्रस्थान
‘योनेक्स सनराइज बङ्गलादेश अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१८’ मा सहभागी हुन चार सदस्यीय नेपाली टोली सोमबार ढाका प्रस्थान गरेको छ । हुन विश्व ब्याडमिन्टन सङ्घको तत्वाधान तथा बङ्गलादेश ब्याडमिन्टन सङ्घको आयोजनामा बङ्गलादेश राजधानी ढाकामा हुने सो प्रतियोगितामा सहभागी हुन नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

बङ्गलादेश प्रस्थान गर्ने खेलाडीहरूमा रत्नजित तामाङ, दिपेश धामी र नङ्शलदेवी तामाङ रहेका छन् । अमिता गिरी पढाइका क्रममा भारतमा रहेकाले त्यतैबाट बङ्गलादेश प्रस्थान गर्ने ब्याडमिन्टन सङ्घले जनाएको छ । यही मङ्सिर २५ देखि पुस १ गतेसम्म सञ्चालन हुने बङ्गलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रित युगलमा प्रतिस्पर्धा गर्ने टोली व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x