×

NMB BANK
NIC ASIA

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र कुनै पनि किसिमको विवाद नरहेको अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बताएका छन् ।

Muktinath Bank

भारतको दिल्लीमा उपचार गराएर सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन जनकपुर आएका ठाकुरले लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘राजपा पार्टी फुट्ने भन्ने मिडियामा आएको कुरा सत्य होइन । पार्टीभित्र कुनै पनि किसिमको विवाद छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएपछि ठाकुर असन्तुष्ट भएको र पूर्व तमलोपा पक्षले छुट्टै भेला डाकिरहेको सवालमा ठाकुरले भने, ‘म प्रभावित मान्छे हो । के मेरो मुखबाट तपाईंहरूले केही असन्तुष्टिको श्वर अहिलेसम्म सुन्नुभएको छ त ? के पूर्व तमलोपाको छुट्टै भेला बसेको छ त ?’


Advertisment
Nabil box
Kumari

राजपाभित्र नेतृत्वको ‘उठापटक’ भयो भनेर भइरहेको हल्ला झूटा भएको बताउँदै ठाकुरले भने, ‘२–२ महिनामा संयोजक परिवर्तन गर्ने कुरा विधानमै व्यवस्था गरिएको थियो । तर अध्यक्ष मण्डलका साथीहरूले नै महाधिवेशनसम्म तपाईं नै संयोजक रहिरहनुहोस् भन्ने कुरा भनेपछि म संयोजक बसेको हो ।’

Vianet communication
Laxmi Bank

संयोजक फेर्नु सामान्य भएपनि विधानमै व्यवस्था भएअनुसार सर्वसम्मतिले हुनुपर्ने बताउँदै उनले भने, ‘मैले त नेतृत्व परिवर्तन गर्न पालो पहिले पनि साथीहरूलाई दिएकै हो । तर उहाँहरूले नै महाधिवेशनसम्म तपाईं नै संयोजक रहनुस् भनेर यति लामो समय बसेको हो ।’

बहुमतको आधारमा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन हुनु अवैधानिक हो त भन्ने सवालमा उनले भने, ‘वैधानिक वा अवैधानिक भनेर अदालतमा लाग्ने विषय होइन । यो हाम्रो आन्तरिक विषय भएकाले हामी आफैं बसेर त्यस विषयमा छलफल गर्नेछौं ।’

संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा उनले भने, ‘हाम्रो पुरानो माग र अडानहरू यथावतै छन् । त्यसमा कुनै पनि कुराको सुनुवाइ भएको छैन । पार्टीमा छलफल गरेर त्यसबारे निर्णय लिइने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x