×

NMB BANK
NIC ASIA

विवाह पञ्चमीमा राजनीतिक प्रतिष्ठाको खेल : योगी आदित्यनाथसँगै मञ्चमा बस्न नेताहरुको हानथाप

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम– यस वर्षको विवाह पञ्चमीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको रुपमा जनकपुर आउँदैछन् । विवाहपञ्चमीको जन्ती बनेर जनकपुर पुग्ने आदित्यनाथ पूजा–अर्चनासहित राम–जानकी विवाह (स्वयम्वर) समारोहमा पनि सहभागी हुँदैछन् । 

Muktinath Bank

रंगभूमि मैदानमा हुने स्वयम्वर अवलोकन गर्न पुग्ने योगीसहितका विशिष्ट अतिथीका लागि जानकी मन्दिरले विशेष मञ्च नै निर्माण गरिसकेको छ । आदित्यनाथको आसन ग्रहण हुने मञ्चमा बस्नकै लागि नेतादेखि प्रदेश सरकारका मन्त्रीहरूबीच हानथाप नै हुने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार योगी आदित्यनाथ बिहान १० बजेतिर विमान चार्टर गरेर जनकपुरधाम आउँदैछन् । बिमानस्थलमा उनलाई २ नम्बर प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतको नेतृत्वमा प्रदेश सरकारका ६ जनै मन्त्रीहरू, ६ जना राज्य मन्त्रीहरू, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देब लगायतले स्वागत गर्ने कार्यक्रम तय गरिएको प्रदेश सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यसका अतिरिक्त योगिलाई विमानस्थलमै स्वागत गर्न जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव, सुरक्षा निकायका पदाधिकारीहरू समेतको छुट्टै टोली पनि पुग्नेछ ।

Vianet communication
Laxmi Bank

योगी विमानस्थलबाट जानकी मन्दिरमा पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवका अनुसार योगीले आधा घण्टा जति समय दिए षोडशोपचार विधीसहित पूजा गर्ने तयारी गरिएको छ ।
पूजा गरि सके पछि योगी आदित्यनाथ प्रदेश सरकारले आयोजना गरेको भण्डारामा सहभागी हुन् मधेस भवन पुग्नेछन् । त्यहाँ प्रदेश सरकारले योगी आदित्यनाथसँगै जन्तीका रूपमा आउने सबै साधु सन्त, प्रदेश सरकारका मन्त्रीदेखि कर्मचारी लगायतले भोजन गर्नेछन् । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले दिएको जानकारीअनुसार योगीसहित सम्पूर्ण जन्तीलाई आशनमा बसाएर भण्डारामा भोजन गराउने प्रबन्ध मिलाएको छ ।

यस अघि त्यहाँ हुने कुनै पनि भोज् भतेरमा आफैं थाल लिएर खाना लिने र कुर्सीमा बसेर वा उभिएर खाना खाने प्रचलन रहेको थियो । तर, यस पटक जन्तीहरूलाई आसनमा बसाएर खाना परोसेर नै खुवाउने ब्यबस्था गरिएको छ ।

जन्तीका लागि ३६ परिकारको व्यन्जन  

विभाह पञ्चमीमा आउने आदित्यनाथसहित सम्पूर्ण जन्तीलाई ३६ परिकारको व्यन्जन खुवाईने मन्त्री यादवले बताए । उनका अनुसार राईस जिरा, दाल फ्राइ, मटर पनिर, मिक्स भेज, काउली फ्राइ, कचौरी÷पालक पुरी, सादा रोटी, खिर, गाजर हलुवा, सुजी हलुवा, अमिति, बुनिया, पेडा, काला जामून, ३ प्रकारको रसवरी, तछुवा (पकौडा), नेपाली अचार, राइता, पापड, सलाद, दही, राजभोग, बदाम कतली, काजु कतली, मुङ दालको हलुवा, लालमोहन, बदाम रोल, गुलाव जामुन, क्रिम जेरी, मटर पनिर, मलाइ कोपता, बेसन गांता सब्जी र कोभी मटर सब्जीको परिकार पस्किइनेछ । 

मधेस भवनमा ग्रहण गरेपछि योगी आदित्यनाथले केही समय आराम गर्ने तथा मुख्यमन्त्री राउतसँग अनौपचारिक कुराकानी गर्न सक्ने कार्यक्रम रहेको छ । त्यसपछि रंगभूमि मैदान (बाह्र बिघा)मा जानकी मन्दिरले आयोजना गर्ने सीता स्वयम्वर कार्यक्रममा सहभागी भइ सीता स्वयम्वर अबलोकन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले बताए । उक्त कार्यक्रमका लागि मञ्च समेत बनाइएको छ ।

उक्त कार्यक्रममा संघीय सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसमेत सहभागी हुनेछन् । अधिकारी मंगलवार नै जनकपुरधाम पुगिसकेका छन् । 

आदित्यनाथ बस्ने मञ्चमा बस्न मारामार

सीता स्वयम्वर अबलोकनका लागि बनाइको मञ्चमा बस्न प्रदेश तहका नेतादेखि मन्त्रीबीच प्रतिस्पर्धा देखिएको छ । मञ्चमा बढीमा ४० जनाजति अतिथीलाई शासन ग्रहण गराइने छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले मञ्चको प्राविधिक क्षमताअनुसार अतिथीलाई आसन ग्रहण गराइने बताए । 

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले लोकान्तरसंग भने, ‘प्रदेश सरकारको मुख्यमन्त्री, ६ जना मन्त्रीहरू, ६ जना राज्यमन्त्रीहरू, योगी आदित्यनाथसंगै आउने एक जना उत्तर प्रदेशका मन्त्री, उपमहानगरका मेयर, सभामुख, उपसभामुख, राजपाका संयोजक राजेन्द्र महतो, बरिष्ठ नेताका रूपमा महन्थ ठाकुर, संघीय सरकारका मन्त्री रबिन्द्र अधिकारी, नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, २ जना महन्थहरू गरी कुल ३० जना सम्म बस्ने व्यवस्था गरिएको छ ।’

मञ्च अगाडी भिआईपीका लागि भन्दै १ हजार जति कुर्सिको ब्यबस्था गरिएको प्रजिअ कणेलले जानकारी दिए । 

योगी बस्ने मञ्चमा आफूहरुलाई पनि आसन ग्रहण गराइयोस् भन्दै धेरै प्रतिनिधिसभाका सांसददेखि नेताहरू प्रमुख जिल्ला अधिकारी र जानकी मन्दिरका महन्थकहाँ धाइरहेका छन् । मञ्चमा प्रदेश सरकारका सबै मन्त्री र राज्यमन्त्रीहरुको आसन ग्रहण हुने विषयलाई लिएर कतिपयले विरोध पनि जनाइरहेका छन् । 

मुख्यमन्त्री र एकजना मन्त्रीमात्रै सहभागी हुनुपर्ने कार्यक्रममा पुरै प्रदेश सरकार नै ‘योगीको शरण’मा पर्न गएजसरी मञ्चमा शासन ओगट्नु जानु शोभनीय नभएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।  

यस अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा प्रदेश सरकारका मन्त्री जितेन्द्र सोनालले उदघोषककै काम गर्दा आलोचना भएको थियो । उक्त मन्चमा पनि योगी आउनु अघि फोरम र राजपाका सांसदहरूबीच आसन ग्रहणको विषयलाई लिएर हानथाप नै भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x