×

NMB BANK
NIC ASIA

नेप्सेमा तीनदेखि धर्ना, गभर्नर भन्छन्– लगानीकर्ताकै कारण शेयर बजारमा गिरावट

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– धितोपत्र बजार सुधारको माग गर्दै नेपाल स्टक एक्सचेन्जको कार्यालयमा लगानीकर्ताले तीन दिनदेखि धर्ना दिइरहेका छन् । गत आइतवारदेखि रिले अनसनमा बसेका लगानीकर्ताहरुले मंगलबार पनि आफ्नो विरोध कायमै राखेका हुन् । उनीहरुले देशको आर्थिक विकासको प्रतिविम्वका रुपमा रहेको शेयर बजारलाई सरकारले व्यवस्थित बनाउनु पर्ने माग राखेका छन् ।

Muktinath Bank

लगानीकर्ताले धर्ना कायमै राखेका बेला नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले लगानीकर्ताको आफ्नै स्वार्थका कारण शेयर बजारम गिरावट आएको प्रतिक्रिया दिएका छन् । गभर्नर नेपालले शेयर बजार काठमाडौं उपत्यका भित्रै सीमित हुनु र लगानीकर्ताहरुले आफ्नो मात्रै स्वार्थ देखेका कारण शेयर बजारमा सुधार आउन नसकेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यका बाहिर शेयरको बारेमा जनचेतना फैलाउनु पर्ने र लगानीकर्ताले अरुहरुलाई समेत शेयरमा सहभागी गराउनका लागि वातावरण बनाउनु पर्ने गभर्नर नेपालको भनाइ थियो । उनले लगानीकर्ताहरुले मात्रै शेयर किन्न थालेपछि अरुले शेयर नपाएको समेत बताए ।


Advertisment
Nabil box
Kumari

‘जनतामा शेयरका बारेमा जनचेतना नभएका कारण केही सिमति व्यक्तिले मात्रै शेयरको कारोबार गरेर शेयरको सँख्या बढ्दैन’ उनले भने, ‘शेयर किन्नका लागि अरुहरुलाई पनि यसमा सहभागी गराउनु पर्‍यो ।’

Vianet communication
Laxmi Bank

एउटा मात्रै व्यक्तिले धेरै शेयर किन्न नसक्ने र त्यसका लागि अरुहरुलाई जनचेताना फैलाउनु पर्ने उनको भनाई थियो । ‘एउटा मात्रै व्यक्तिले कति शेयर किन्न सक्छ र ? उसले भएजतिको पैसाको त शेयर किनिसकेको छ नि’ उनले थपे, ‘अरु किन्नको लागि त अरु मान्छे आउनु पर्‍यो ।’

अरु मान्छे शेयरमा आउनका लागि वित्तीय साक्षरता, शेयर सम्बन्धि जनचेताना हुनु पर्ने उनले बताए ।

‘यहाँ हामीले आफैं मात्रै शेयर किन्यौ, अरुलाई किन्न दिएनौं र उपत्यका बाहिर  विस्तार हुने कुरै भएन । विस्तार भयो भने बर्बादै हुन्छ भन्ने मनस्थिति छ,’ उनले भने, ‘शेयर लगानीकर्ता, तपार्इंहरु प्रचार गर्नुस्, आफुसँग भएका शेयर अरुलाई दिनुस् । अहिले घट्न लागेको छ । मेरो शेयर खरिद गर भनेर भन्नुस् ।’

त्यसका लागि आफैंबाट सुरुवात गर्न समेत लगानीकर्ता संघका अध्यक्ष अम्बिका पौडेललाई गभर्नर नेपालले आग्रह गरे । ‘अरुबाट किन किन्ने मैबाट किन भनेर भन्नुस् । अम्बिकाजीबाटै सुरु गरे हुन्छ,’ उनले भने, ‘यसरी शेयरको कारोबार विस्तारै छरिँदै जान्छ र सँख्या बढदै जान्छ ।’

लगानीकर्ता संघका अध्यक्ष अम्बिका पौडेलले नेपालको पूँजीबजार विगत साढे दुई वर्षदेखि निन्तर घटिरहेको बताए । आफुहरुले यसअघि पनि पटक पटक नियामक निकायमा बजार घट्नुका कारण र आगामाी दिनमा समेत देखिने समस्याका बारेमा अवगत गराएको तर, सम्बन्धित निकायहरुले आफ्ना समस्याप्रति गम्भीर नभएका कारण अहिले यो अवस्था आएको पौडेलको भनाइ थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x