×

NMB BANK
NIC ASIA

पहिलो महिनावारी, छैन जानकारी

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ ? भन्ने जानकारी छैन । 

Sagarmatha Cement
Muktinath Bank

प्राकृतिकरूपमा महिलामा रागरस (हार्माेन)का कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरभित्रको भित्री तह तुहिएर रगत बग्ने प्रक्रियालाई महिनावारी भन्ने गरिन्छ । महिनावारी हुनु भनेको महिलाको प्रजनन गर्न सक्ने उमेरमा प्रवेशको सङ्केत मानिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो पटकको महिनावारीका कारण छात्राले विद्यालय जान छाड्ने, विद्यालयका शौचालय  छात्रा मैत्री नहुँदा उनीहरू विद्यालय नै नजाने तथा छात्राको कम उमेरमा विवाह हुने प्रवृत्तिमा समेत नेपालले खासै सुधार गर्न नसकेको मंगलबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । महिनावारी हुँदा प्रयोग हुने लुगा (प्याड) को सहज पहुँचको उपलब्धता नहुनु, सरसफाइका लागि पानी नहुनु तथा फोहर कपडाले उत्पन्न गर्ने प्रजनन रोगको समस्यामा कमी नआएको कार्यक्रममा औँल्याइयो । 


Advertisment
Nabil box
Kumari

जर्मन विकास नियोग, जर्मनको सङ्घीय आर्थिक तथा विकास मन्त्रालय र महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीद्वारा संयुक्तरूपमा नेपालमा दोस्रो पटक महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी कार्यक्रमका सहभागीले सो कुरा औँल्याएका हुन् । ‘विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरीले महिनावारी बेला अघि बढ्न सकून् भनेर सुनिश्चित गरौँ’ भन्ने सम्मेलनमा यस क्षेत्रमा कार्यरत महिला, बालबालिका, शिक्षा तथा विज्ञान प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी तथा सरसफाइ मन्त्रायलय, यहाँस्थित दातृ निकायका प्रतिनिधि तथा विज्ञ लगायतको सहभागिता थियो । 

Vianet communication
Laxmi Bank

सफा पानी, सुरक्षित र लैङ्गिकरूपमा छुटाइएका चर्पीको अभाव, लाजको अनुभूति र असजिलोपना लगायतका समस्या किशोरी तथा महिलाले भोग्दै आएका छन् । ती समस्यालाई सम्बोधन गर्न नसक्दा कति छात्राले विद्यालय तह नै पूरा गर्न पाउँदैनन्, कति हिंसामा पर्दछन् भन्ने अध्ययनसमेत भएको छैन । पछिल्लो समय नेपालमा महिला र किशोरीले भोग्नु परेका महिनावारीसम्बन्धी समस्या तथा व्यवधानलाई सम्बोधन सरकारी निकायले उच्च प्राथमिकता दिएका छन् । एक विद्यालय एक नर्स कार्यक्रमको शुरुआत शिक्षा मन्त्रालयले गरेको छ । यसलाई अन्तर्राष्ट्रियजगत्ले स्वागतसमेत गरेका छन् ।

‘पिरियड पोभर्टी’ अर्थात् महिनावारी सरसफाइ सामग्री जुटाउन स्थानीय निकाय तथा विद्यालयले स्वतःस्फूर्त रूपमा लगानी बढाउन थालेका बताइन्छ । कार्यक्रममा आयोजक संस्था जिआइजेडका स्वास्थ्य कार्यक्रम संयोजक भ्यालेरी ब्रोच अलभ्रेञ्जाले ग्रामीण क्षेत्रमा महिनावारी व्यवस्थापन गर्न नेपाल सरकारलाई सहयोग गर्न सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, “पहिलो पटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाइमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानमा केन्द्रित रही किशोरावस्थाको स्वास्थ्य र विकासमा रहेका अन्तरहरूलाई मेट्न सम्मेलन आयोजन गरिएको हो ।”

महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीका संयोजक गुणराज श्रेष्ठले महिनावारी व्यवस्थापन कार्यक्रमलाई विद्यालयका पाठ्यक्रममा समावेश गराई जनचेतनामा जगाउन जोड दिए । सम्मेलनमा शिक्षा, जनचेतन तथा सिकाइ, नीति तथा पैरवी, दिगोपन, अनुसन्धान तथा विश्लेषण, पानी, सरसफाइ तथा महिनावारी स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा सहभागीका बीचमा छलफल भएको थियो । 

महिनावारी स्वास्थ्य व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ डा मरनी सोमरले महिनावारी स्वास्थ्य व्यवस्थापन चिकित्सक र नर्सको मात्र नभई समुदायले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै पछिल्लो समय नेपालले यस क्षेत्रमा उल्लेखनीय सुधार गरेको बताए । पूर्वनेपाल सुन्दरी माल्भिका सुब्बाले महिनावारीका कारण आफूले पनि भान्साका छिर्न नपाएको उदाहरण प्रस्तुत गर्दै आफ्नो पहिलो सन्तानको अन्नप्राशनको अघिल्लो दिन महिनावारी हुँदा पनि अन्नप्राशन कार्यक्रममा सहभागी भएको उदाहरण प्रस्तुत गरिन् । अधिकारकर्मी बन्दना राणाले महिनावारी स्वास्थ्य व्यवस्थापनका गर्न किशोरीलाई नमूना बनाई चेतना जगाउने कार्यमा ध्यान दिन आग्रह गरिन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x