×

NMB BANK
NIC ASIA

रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट आज पाटन ल्याइँदै

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर-सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने भएको छ । केही दिन पहिले मच्छिन्द्रनाथका ज्योतिष खलक जोशीले हेरेको साइतअनुसार आज बुङ्गमतीमा रहेका देवता पाटन ल्याउन लागिएको हो । 

बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रवहालमा राखिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । मच्छिन्द्रवहालको पश्चिम ढोकाबाट देवता भित्र्याइने गरिन्छ । मच्छिन्द्रनाथ यहाँ हुँदा नै महास्नान र दश कर्म हुन्छ । उहाँले भन्नुभयो, “वैशाख शुक्ल प्रतिपदाका दिन रथारोहणका लागि मात्रै मच्छिन्द्रनाथ पुल्चोक लगिन्छ, त्यतिञ्जेल यतै रहनुहुन्छ ।” 

उपत्यकाकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्राको अवधि झण्डै ६ महीना हुन्छ । मच्छिन्द्रनाथको विभिन्न पूजा विधिका लागि ३१ पानेजु हुन्छन् । उनीहरुले विधिपूर्वक पूजा गरेर देवता पाटनमा ल्याउँछन् । पानेजुहरु पालैपालो देवता बोक्छन् । पौडेलले भन्नुभयो, “एक वर्ष एक जना पानेजुको पालो परेपछि अर्काे वर्षमा अर्कैको पालो हुन्छ ।” 

बुङ्गमतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । हरेक बाह्र वर्षमा हुने जात्रामा भने पुरानो बाटो (जुन बाटो अहिले चलनचल्तीमा छैन) बाटै ल्याउने गरिएको छ । पानेजु सङ्घको नियमअनुसार नै उनीहरुले मन्दिरमा पालो बस्ने र देउता बोक्नेलगायतका काम पालैपालो गर्छन् । मच्छिन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी हुने गरेको छ । देवताको आवरण फेर्ने, शृङ्गार गर्नेलगायतका काम हुन्छ । त्यही दिन बिहान कर्ता, जजमान, पानेजु मिलेर मच्छिन्द्रनाथको विधिपूर्कक पूजा गर्छन् । 

बुङ्गमतीबाट पाटन ल्याएपछि नै मच्छिन्द्रनाथको जात्रा शुरु भएको मानिन्छ । मच्छिन्द्रनाथका कतिपय पर्व र कर्म साइतका आधारमा कतिपय तिथिका आधारमा सञ्चालन हुने गरेको छ । ज्योतिषले निकाले साइतका आधारमा गरिने पर्वहरुको मिति तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व (नुहाउने पर्व), यचिक त्याग (पवित्र पार्ने काम), चा पूजा (माटो पूजा) र पीठ पूजा (पछाडिको पूजा) को साइत ज्योतिषले निकालेको हो । देवता पाटन ल्याएपछि माघ ३ गते स्नान पर्व, माघ ११ गते यचिक त्यगु, चा पूजाको माघ २९ गते साइत निस्केको छ । त्यस्तै, फागुन १८ गते पीठ पूजाको साइत निस्केको छ । शाखाका प्रमुख सैलेन्द्र पौडेलले भन्नुभयो, “हामीले आवश्यक तयारी शुरु गरिसकेको छौँ ।” 

ज्योतिष कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलबजारस्थित सोह्रखुट्टे पाटीमा बसेर साइत हेर्नुभएको थियो । साइत हेर्ने परम्परामा भने धेरै परिवर्तन आइसकेको ज्योतिष दैवज्ञ जोशीले बताउनुभयो । सोह्र खुट्टेपाटीमा हिरण्यवर्ण महाविहारका ३२ पुजारी पुग्थे । विस्तारै १६ हुँदै अहिले एक जना पनि पुजारी यहाँ आउँदैनन् । पहिले साइत हेर्नका लागि चार ज्योतिष हुनुपथ्र्याे । बाचक, लेखक, स्रोता र दर्शक गरेर गुठी संस्थानमा चार ज्योतिषको दरबन्दी छ । नयाँ मान्छे नियुक्ति नगर्दा वर्षाैँदेखि दुई ज्योतिषले मच्छिन्द्रनाथको साइत हेर्दै आएका छन् । ज्योतिष जोशीले भन्नुभयो, “महत्व नबुझ्दा जात्राका कतिपय कुरा खुम्चँदै छ ।” 

साइत हेर्नका लागि बिहीबार शुभ मानिन्छ । महीनाको हिसाबले पनि मच्छिन्द्रनाथको कुनै पनि काम पुसमा गर्न शुभ मानिँदैन । त्यसैले, अधिकांश वर्षमा मङ्सिरमा नै साइत हेरिसक्ने गरिएको छ । रातो मच्छिन्द्रनाथलाई सहकालका देवता मान्निछ । वर्षेनी आउने जात्राले पाटनवासीमा हर्ष मात्रै ल्याउँदैन एकताको भावनासमेत ल्याउने गरेको छ । जात्राका अवधिमा विभिन्न जातले गर्ने फरकफरक काम तोकिएको छ । एउटा जातको सहयोग नभई जात्राको तयारी पूरा नहुने भएकाले पनि रातो मच्छिन्द्रनाथको जात्रा सिङ्गो पाटनवासीलाई जोड्ने जात्रासमेत बन्दै गएको छ । 

पहिलेपहिले जात्रामा काठमाडौँवासी र भक्तपुरवासीसमेत सहभागी हुन्थे । सिङ्गो पाटनमा रथ परिक्रमा गराउँदा पाटनवासी, काठमाडौँवासी र भक्तपुरवासीले रथ तान्ने क्षेत्र छुट्टयाएको हुन्थ्यो । अहिले भने सबैतिर पाटनवासीले नै तान्छन् । मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न भने उपत्याकाका सबै क्षेत्रबाट पाटन आउने गरेका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x