×

NMB BANK
NIC ASIA

सुर्खेत– लागूऔषध दुर्व्यसनमा फसेका कारण त्यसबाट मुक्त हुन चार पटक सुधारगृह (रिह्याव सेन्टर)मा बसेका युवा तरकारी खेतीमा जम्न थालेका छन् । वीरेन्द्रनगरको वडा नं. ४ भैरवस्थानमा बसन्त कोइरालाले तरकारी खेती गरिरहेका हुन् ।

Muktinath Bank

करिब १० वर्ष लागूऔषधको प्रयोगकर्ताका रुपमा रहेका कोइराला अहिले तरकारी खेतीमा व्यस्त छन् । उनले आठवटा टनेल बनाएर टमाटर, ब्रो काउली, काउली, गोभी, काँक्रा, लौका, हरियो सागलगायतका तरकारी उत्पादन गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरी विकास तथा भवन डिभिजनमा जागीर शुरु गरेका कोइरालाले संकटकालमा जागिर छाडेका थिए । उनले अहिले ८ कट्टा जमीनमा तरकारी खेती गरिरहेका छन् । एक सिजनमा उनले आठवटा प्लाष्टिक घरबाट ८ लाख रुपैयाँ कमाउने लक्ष्य समेत लिएका छन् ।


Advertisment
Nabil box
Kumari

बेमौसमी तरकारी उत्पादन गर्ने उनको लक्ष्य छ । ‘चिसोमा विभिन्न जातका तरकारीहरु उत्पादन हुँदैनन् ।’ उनले भने, ‘साउन, भदौ, असोजको तापक्रम टनेलमा दिएर उत्पादन गर्ने गरेका छौं ।’ अहिलेसम्म १० लाख रुपैयाँ लगानी गरिसकेका कोइरालाले जेटीएसमेत राखेका छन् । जेटीएले तरकारीमा लागेको किरा, रोग आइलागेको खण्डमा त्यसको उपचार गर्ने गर्छन् । उनले एकजना काम गर्ने कर्मचारी पनि राखेका छन् । बाँकी आफैं बारीमा खटने गरेका छन् ।

Vianet communication
Laxmi Bank


उनले लागूऔषध प्रयोग गरेका र अहिले छोडेका व्यक्तिहरुले पनि काम गर्न सक्छन् भन्ने देखाउन तरकारी खेती गरेको बताए । ‘लागूऔषध प्रयोग गरेर अहिले सामान्य जीवन जीइरहेका युवाले चाहेको खण्डमा जस्तो सुकै काम गर्न सक्छन् भन्ने देखाउन पनि म यो कार्यमा जुटेको हुँ ।’ उनले भने, ‘यसबाट समाजमा राम्रो सन्देश जाने मेरो अपेक्षा हो ।’

उनले तरकारी खेती गर्दा हाइ भ्यालुले केहि सहयोग गरेको बताए । अन्यत्रबाट केहि सहयोग नपाइएको बताउँदै आफूले थप ७ कट्टा जमीन भाडामा लिएको र त्यसमा पनि तरकारी खेती नै गर्ने जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष निलकण्ठ खनालले नगरपालिकाले तरकारी खेती गर्ने युवाहरुलाई प्रोत्साहन दिइरहेको बताए । 

उनले काम नगर्ने, खेती गर्नेलाई हेला गर्ने प्रचलनका कारण देशमा खाद्यान्न, तरकारीलगायतका वस्तु विदेशबाट ल्याउनु परेको बताउँदै नगरपालिकाले युवाहरुलाई खेतीमा लगाउन प्रोत्साहन गरिरहेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x