×

NMB BANK
NIC ASIA

फ्रान्सको स्ट्रासबूर्गमा गोलीकाण्ड मच्चाउने व्यक्तिको खोजी जारी

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — फ्रान्सको पूर्वी शहर स्ट्रासबूर्गस्थित एक क्रिसमस बजारमा गोलीकाण्ड मच्चाउने एक बन्दूकधारीको खोजी प्रहरीले गरिरहेको छ । सरकारले उच्च स्तरको चेतावनी जारी गरेको छ । 

गोलीकाण्डमा तीनजना मारिएका छन् भने १३ जना घाइते भएका छन् । तीमध्ये आठजना गम्भीर घाइते छन् । 

ती बन्दूकधारीका बारेमा अधिकारीहरूलाई जानकारी थियो । उनी कारागारमा उग्रवादी बनेका थिए । उनी गोलीकाण्डमा घाइते भएपछि भागेको बताइएको छ । 

बन्दूकधारीको खोजीमा ३५० जना प्रहरी अधिकारीलाई खटाइएको छ । गृह राज्यमन्त्रीले बन्दूकधारी फ्रान्सबाट भागिसकेको हुनसक्ने बताएका छन् । 

गृहमन्त्री क्रिस्टोफ कास्टानेरले अचानक आक्रमणको चेतावनी जारी गर्दै प्रहरीको अधिकार बढाइएको र उच्च स्तरको सतर्कता अपनाइएको बताए । 

सीमा नियन्त्रणलाई बलियो बनाइएको सबै क्रिसमस बजारहरूमा सुरक्षा बढाइएको उनले थपे । 

स्ट्रासबूर्गका मेयर रोनाल्ढ रीसले क्रिसमस बजार बुधवार बन्द रहने र स्थानीय सभागृहमा झण्डा आधा झुकाइने बताए । 

शहरमा विरोध प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । उक्त शहरमा युरोपेली संसद् रहेको छ । तर फ्रान्सका अन्य शहरमा विरोधमा प्रतिबन्ध लगाइएको छैन । फ्रान्समा अहिले आर्थिक तनाव र राजनीतिक अविश्वासका कारण गरीब
परिवारका मानिसहरूले विरोध प्रदर्शन गरिरहेका छन् । 

बन्दूकधारीको आक्रमण स्थानीय समयअनुसार मंगलवार बेलुका ८ बजे भएको हो । स्ट्रासबूर्गको प्रसिद्ध क्रिसमस बजारनजिक आक्रमण भएको हो । त्यहाँ यसबेलामा हजारौं पर्यटक पुग्ने गर्छन् । 

उक्त क्षेत्रमा गश्ती गरिरहेका प्रहरी अधिकारीसँग बन्दूकधारीले गोली हानाहान गरेका थिए । 

ती व्यक्ति घाइते भएको बुझिएको छ । उनी ट्याक्सी चढेर नेउडोर्फ पुगेको थाहा हुन आएको छ । उनको घर त्यतै भएको विश्वास छ । 

बीबीसीबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x