×

NMB BANK
NIC ASIA

सार्वजनिक खरिद अनुगमन कार्यालयको ठहर – वाइडबडी विमान खरिदमा निगमको गम्भीर त्रुटि

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिदका क्रममा प्रक्रिया नपुर्‍याएको र त्रुटि नै त्रुटि गरेको पाइएको छ ।

Muktinath Bank

सार्वजनिक खरिद अनुमगन कार्यालयको प्रतिवेदन अनुसार निगमको वाइडबडी विमान खरिदमा गम्भीर त्रुटि रहेको पाइएको हो । कार्यालयले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा पेश गरेको प्रतिवेदनमा निमगले विमान खरिदमा प्रक्रिया मिचेको उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक लेखा समितिको निर्देशन अनुसार एकसाता समय लगाएर तयार पारेको प्रतिवेदनमा निगमले विमान खरिदका क्रममा प्रक्रिया नपुर्‍याएको उल्लेख छ । ‘लागत अनुमान गर्दा एयर बसको वर्तमान मूल्यलाई नहेरी, ८ वर्ष अघिको मूल्यमा समायोजन निर्धारण गरेको र १ हजार घण्टासम्म उडान गरेको विमान खरिद गर्न खोजिएको विषयलाई अनुमान गर्दा समायोजन गरिएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै ‘विमान खरिद गर्ने सम्बन्धमा निर्णय गर्दा सो सरह उल्लेख नगरेर सिधै ए ३३०–२०० नै किटान गरेपछि सो विमान निर्माता कम्पनी एयरबस बाहेक अन्य नरहेको स्पष्ट भइसकेको अवस्थामा विमान खरिद गर्ने सम्बन्धमा सार्वजनिक खरिद ऐनका प्रबन्धको विश्लेषण गरेको देखिएन,’ प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

प्रतिवेदन अनुसार निगमले वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २ को गम्भीर उल्लंघन गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा २ को खण्ड ‘ग’मा परिभाषित गरिएको माल सामानको परिभाषामा विमान पनि पर्ने हुँदा रिक्वेस्ट फर प्रपोजल (आरएफपी)मार्फत् खरिद गर्ने प्रक्रिया नरहेको अवस्थामा निगमले आरएफपी मार्फत् खरिद  गरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २ को उल्लंघन गरेको प्रतिवेदनमा भनिएको छ । त्यस्तो अवस्थामा आरएफपीले अन्तर्राष्ट्रिय खुला बोलपत्रसँग मेल नखाने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी निगमले आरएफपी प्रक्रिया समेत अस्पष्ट राखेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘आरएफपी ऐनमा व्यवस्था भएबमोजिमको बोलपत्रलाई भनिएको हो कि अन्य छुट्टै विधि÷प्रक्रिया निर्धारण गरिएको हो स्पष्ट छैन ।’

निगमले विमान खरिदमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा १३ को उपदफा २ समेत उल्लंघन गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा १३ को उपदफा २ मा बोलपत्र मार्फत् सामान खरिद गर्दा आरएफपीमा उल्लेख गर्नु पर्ने प्रावधान रहेकोमा निगमले उल्लेख नगरेको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदन अनुसार आरएफपीमा मूल्यको संरचना बोल अंक मुद्रा उल्लेख गरिएको छैन । त्यस्तै बोलपत्र मूल्यांकन र छनोट गर्ने आधार र तरिका समेत आरएफपी उल्लेख छैन । मालसामान वा निर्माण कार्यको छुट्टाछुट्टै समूह र प्याकेज बनाएर खरिद गर्नुपर्ने भए पनि निगमले त्यस्तो समूह र प्याकेज तथा सोको मूल्यांकन गर्ने तरिका उल्लेख नगरिकनै विमान खरिद गरेको सार्वजनिक खरिद अनुमगन कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै निगमले बोलपत्र मान्य हुने अवधि, बोलपत्र कार्यसम्पादन वा अन्य आवश्यक कुराका लागि दिनुपर्ने जमानतको रकम, किसिम, मान्य ढाँचा र मान्य अवधि उल्लेख नगरिकनै विमान खरिद गरेको छ ।
त्यस्तै निगमले विमान खरिदका क्रममा सो ऐनको दफा ५२ समेत मिचेको सार्वजनिक खरिद अनुमगन कार्यालयले जानकारी दिएको छ । 

‘दफा ५२ बमोजिम खरिद सम्झौदाका शर्तहरू र सो सम्झौता लागू हुने तरिका उल्लेख नभएको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘स्वार्थ बाझिने भएमा बोलपत्र उपर कारवाही नहुने वा जालसाजी वा भ्रष्टाचार गरेमा हुने कानून कारवाहीसम्बन्धी जानकारी उल्लेख नभएको पाइयो ।’

सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कारवाही गर्दा गरेको त्रुटि वा निर्णयविरुद्ध पुनरावलोकनका लागि बोलपत्रदाताले निवेदन दिन सक्ने आवस्थामा नेपाल वायु सेवा निगमले विमान खरिदका क्रममा सो उल्लेख नगरेको कार्यालले जानकारी दिएको छ ।

त्यस्तै खरिद सम्झौताका शर्तहरू बोलपत्रमा नरहेको र फरक शर्तमा बोलपत्र मूल्यांकनका आधार के हुने समेत निगमले नखुलाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद ऐन २०६३, को दफा ५२ मा खरिद सम्झौता र सोका शर्तहरू तय गर्दा उल्लेख हुनुपर्ने बोलपत्रसम्बन्धी कागजात उल्लेख हुनु पर्नेमा आपूर्ति समय, कार्य सम्पादन गर्नु पर्ने समय वा म्याद थप गर्न सकिने वा नसकिने अवस्था निगमले उल्लेख गरेको छैन ।

बुधवार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकले सोही प्रतिवेदनका आधारमा थप अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिका सभापति भरत शाहले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन र सार्वजनिक खरिद अनुमगन कार्यालयको प्रतिवेदनका आधारमा उपसमितिले अध्ययन गर्ने बताए । नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठित उक्त उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन समितिमा पेश गर्न समय सीमा दिइएको समेत सभापति शाहले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x