×

NMB BANK
NIC ASIA

हेटौंडा सिमेन्ट उद्योगको संरक्षणमा सरकारले सहयोग गर्ने

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौँडा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई आवश्यकताअनुसार सहयोग र संरक्षण गर्दै निजी उद्योगसँग प्रतिस्पर्धामा लैजाने बताएका छन् । 

उद्योगको आज ३३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सो उद्योगलाई कस्तो बनाउने भन्ने यहाँका नेता तथा सरोकारवालाको हातमा रहेको उल्लेख गरे । उनले कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरे पक्कै पनि उद्योगको आन्तरिक व्यवस्थापनमा सुधार गर्न सकिने आवश्यकतामा जोड दिए । 

कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक तथा कानूनमन्त्री सालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका कुनै पनि उद्योग कुनै पनि बहानामा बन्द गर्ने र त्यस्ता प्रयास गर्नेलाई छुट नदिइने बताए । राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, इन्द्रबहादुर बानियाँ, उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहलगायतका वक्ताले उद्योगको अवस्थाबारेमा बाेलेका थिए ।

लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग विगत चार वर्षदेखि मुनाफा गर्न सफल भएको छ । उद्योगले आव ०७४/७५ मा रु २३ करोड ५० लाख ५६ हजार मुनाफा गरेको छ । त्यसअघिको वर्ष करीब रु २२ करोड उद्योगले नाफा गरेको थियो । 

“चालू आवमा रु ३५ करोडभन्दा बढी नाफा गर्ने लक्ष्य लिएका थियौँ”, उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले भने, “गत आवमा नै रु ३० करोडभन्दा बढी नाफा हुने थियो ।” उनले उद्योगमा मेसिन पुराना भएका र खानीमा स्थानीय विवादले गर्दा जति काम गर्नुपर्ने हो त्यति काम गर्न नसकिएको जानकारी गराए । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x