×

NMB BANK
NIC ASIA

म्याग्दीका २० सामुदायिक विद्यालय पुनःनिर्माण हुँदै

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी-  म्याग्दीका २० सामुदायिक विद्यालय पुनःनिर्माण थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले भूकम्प, बाढीपहिरोलगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवन पुनःनिर्माण गर्न थालेको हो । 

दश विद्यालय चारकोठे, दुई तीनकोठे र आठ दुईकोठे भवन पुनःनिर्माण गरिने एकाइका प्राविधिक राजकुमार शाहीले जानकारी दिनुभयो । चारकोठे भवन पुनःनिर्माण हुनेमा रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि, कुइनेमङ्गलेको रितुङ मावि, बेनपा–२ भकुण्डेको अर्जुन मावि, बेनपा–४ सिङ्गाको धवलागिरि मावि, अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीको हिमाञ्चल मावि, मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि, बाबियाचौरको मङ्गला मावि, मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि, ओखरबोटको ओखरबोट मावि र घवलागिरि गाउँपालिका–३ फलियागाउँको धनजनता मावि रहेका छन् । 

गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले रितुङ माविको तीन वटा भवनको सात कोठा बगाएपछि त्यहाँका विद्यार्थी त्रिपालमुनि बसेर पढ्दै आएका छन् । चारकोठे भवन पुनःनिर्माणका लागि बढीमा रु ७० लाख ४० हजारसम्म अनुदान दिइने प्राविधिक शाहीले बताउनुभयो । 

यसैगरी बेनपा–४ तातोपानीको सरस्वती मावि र रघुगङ्गा गाउँपालिका–१ बेगको महादेव माविका तीन÷तीन कोठे भवन पुनःनिर्माण गरिने र त्यसका लागि प्राधिकरणले रु ३५ लाख ८० हजारसम्म अनुदान दिने भएको छ । 

यसैगरी गत साउन अन्तिम साता कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयको दुईकोठे भवन पुनःनिर्माण गरिने भएकोे छ । 

दुईकोठे भवन बन्नेमा बेनपा–३ डोलेको मुसुङ आधारभूत, बेनपा–८ कालीपुलको बालमन्दिर आधारभूत, रघुगङ्गा गाउँपालिका–२ भगवतीको देउराली आधारभूत, पाखापानीको अमर मावि, कुइने आधारभूत र मङ्गला गाउँपालिका–१ भरजुलाको बालोदय आधारभूत विद्यालय परेका छन् । 

दुईकोठे भवनका लागि छनोट भएको धवलागिरि गाउँपालिका–७ मच्छिमको भुमे आधारभूत विद्यालयले जग्गा उपलब्ध नभएकाले ट्रस भवन बनाउने भएकाले स्विकृत योजना फिर्ता गरेपछि सोही वडाको हेम मावि पुनःनिर्माण गरिने भएको छ । 

दुईकोठे भवन निर्माणका लागि रु २३ लाख अनुदान दिइने भएको छ । चालु आर्थिक वर्षभित्रै भवन निर्माण गरिसक्ने आयोजनाका प्रमुख शिवराम गेलालले बताउनुभयो । भवन पुनःनिर्माणका लागि ४९ विद्यालयको निवेदन परेकामा आर्थिक वर्ष २०७३÷७४ मा चार र २०७४÷७५ मा सात विद्यालय पुनःनिर्माण गरिएका थिए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x