×

NMB BANK
NIC ASIA

टेक्ससमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चावहिलमा रहेको टेक्सस कलेजले नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ ।

Muktinath Bank

बि.बि.ए, एम्.बि.ए. बि.आई.टी, र बि.सि.एस (साइबर सेक्युरीटी एण्ड नेटवर्क टेक्नोलोजी) विषयमा अध्ययनका लागि कलेजमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न बक्ताहरुले करिअर निर्माण र कलेजको सँस्कार सस्कृतिको बारेमा प्रकाश पारेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा विद्यार्थीहरुले सम्वन्धित विषय अध्ययन पश्चात हासिल गर्न सक्ने सम्भाब्यताका विषयमा कलेज ब्यवस्थापनले जानकारी गराएको थियो ।


Advertisment
Nabil box
Kumari

नवआगन्तुक विद्यार्थीहरुलाई सम्वोधन गर्दै लिंकन युनिभर्सिटीका क्षेत्रिय अनुसन्धान निर्देशक प्राध्यापक डाक्टर सतिस कुमार ओझाले टेक्सस कलेजले विगतमा पनि राम्रो नतिजा हासिल गरेको बताउँदै नव आगन्तुक विद्यार्थीहरुले पनि थप प्रभाकारी अध्ययन गर्न पाउने बताए ।

Vianet communication
Laxmi Bank

टेक्सस कलेजका विभिन्न कार्यक्रमहरुले मलेसियामा रहेको लिङकन युनिभर्सिटबाट सम्बन्धन लिएको स्मरण गर्दै प्राध्यापक डाक्टर ओझाले आगामी दिनमा पनि युनिभर्सिटीको तर्फबाट आवश्यक सहयोग र प्रभावकारी अनुगमन हुने बताए । ओझाले नवआगन्तुक विद्यार्थीहरुले बदलिँदो नेपाली समाजको आवश्यकता सम्वोधन गर्न सक्ने सामथ्र्य हासिल गर्नेमा विश्वास ब्यक्त गर्दै शुुभकामना दिए ।

कार्यक्रमका अर्का बक्ता कलेजका प्रधानाध्यापक भेषराज पोखरेलले पछिल्लो समय नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि बिदेशका विश्व विद्यालयमा जाने क्रम बढ्नु नेपालका लागि दुखद विषय भएको बताए ।

प्रधानाध्यापक पोखरेलले नेपालमा सञ्चालित शैक्षिक संस्थाले विदेशमा जाने विद्यार्थीहरुलाई नेपालमै रोक्ने वातावरण निर्माण गर्नु प्रमुख चुनौति रहेको बताए । 

टेक्सस कलेजले स्थापनाकालबाट नै गुणस्तरिय शिक्षा प्रदान गरिरहेको वताउँदै पोखरेलले गुणस्तरको प्रश्न उठाएर विद्यार्थीहरु अन्तर्राष्ट्रिय विश्वविद्यालयमा जाने अवस्था नआओस् भन्नका लागि टेक्सस सँधै सचेत रहेको बताए ।

अभिमुखीकरण तथा स्वागत कार्यक्रममा म्यागेसेसे पुरस्कारबाट विजेता तथा सामाजिक अभियन्ता डा. महावीर पुनको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नेपालमा विज्ञान तथा प्रविधिको विकासमा जुटेका डा. पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई टेक्ससको तर्फबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । 

सन् २००९ मा स्थापित टेक्सस कलेज व्यवस्थापन तथा सूचना प्रविधि शिक्षणमा प्रभावकारी रहँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x