×

NMB BANK
NIC ASIA

प्रदेशमा फुर्सदिला कर्मचारी फालाफाल : घाम तापेर बस्छन्, काम नपाएर बेहाल !

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – सुदूरपश्चिम प्रदेशको दोस्रो तथा बर्खे अधिवेशन समापन भएको २ महिना पूरा भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत असोज २३ गते प्रदेश सभाको दोस्रो अधिवेशन समापन भएपनि हालसम्म हिउँदे अधिवेशन आह्वान हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकार तथा मन्त्रालयले आवश्यक कानून निर्माणमा गरेको ढिलाइले गर्दा हालसम्म प्रदेश सभाको हिउँदे अधिवेसन बस्न नसकेको हो । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले प्रदेश सरकार एवं प्रदेश कार्यपालिकाले बिजनेस दिन नसक्दा प्रदेशसभा बैठक बस्न नसकेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सचिव शर्माले भने, ‘सचिवालयमा हालसम्म कुनै पनि विधेयक दर्ता भएको छैन । जुनकारण बैठक कहिले बस्नेबारे टुंगो लाग्न सकेको छैन ।’

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले आवश्यक ऐन तथा कार्ययोजना ल्याउन नसक्दा कर्मचारी कामविहीन भएका छन् भने अर्कोतिर जनसरोकारका कानून निर्माणमा ढिलाइ हुँदा विकास निर्माणका काम हुन सकेका छैनन् । प्रदेश निजामती, लोकसेवा आयोग, योजना आयोग, प्रकोप व्यवस्थापन, स्वास्थ्य संस्था, सहकारी संस्थालाई नियमन गर्ने ऐन, वन तथा वातावरण, पर्यटन, उद्योग, प्राकृतिक स्रोतलाई व्यवस्थापन गर्ने ऐनलगायत अझैसम्म जनतासँग प्रत्यक्ष सरोकार राख्ने ऐन ल्याउन बाँकी रहेको सचिवालयका सचिव शर्मा बताउँछन् ।

बैठक चल्न नसक्दा प्रदेशसभा सदस्यहरू औपचारिक कार्यक्रममा व्यस्त देखिएका छन् । गैरसरकारी संस्थाको तालिम, गोष्ठी, सभा, समारोहको उद्घाटनमा मन्त्री, सांसदहरू व्यस्त देखिएका हुन् । 

बैठक चल्न नसकेको अवस्थामा आजभोलि कार्यक्रममै व्यस्त भएको बताउँदै एक जना प्रदेशसभा सदस्यले भने, ‘बैठक कहिले बस्ने ठेगान छैन । बैठक नबसेपछि जनताले बोलाएको कार्यक्रममा जानैपर्यो नि !’

आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १७ वटा ऐन ल्याइएको छ । प्रदेश सभामा दर्ता भएको १८ वटा विधेयकमध्ये १७ वटा पास भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । 

४ वटा मन्त्रालयले अझैसम्म कुनै पनि ऐन ल्याउन सकेका छैनन् । प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालयले हालसम्म कुनै पनि ऐन ल्याउन नसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विरेन्द्र केसीले जानकारी दिए ।

भूमि व्यवस्था मन्त्रालयले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश गरेको थियो । तर पास हुन बाँकी रहेको छ । मन्त्रालयले अवैधानिक रुपमा केही विधेयक समेत लगेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केसीको भनाई छ ।

उनले भने, ‘भूमि व्यवस्था मन्त्रालयले केही विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग अनुमति नलिएरै सोझै मन्त्रिपरिषद्मा पेश गरेको छ । जुन आफैंले बनाएको कानून सो मन्त्रालयले उल्लंघन गरेको छ ।’

हालसम्म आन्तरिक मामिला तथा कानून मन्त्रालयले ऐन, नियमावली र कार्यविधि गरी ५५ वटा कानून निर्माणको लागि सैद्धान्तिक सहमति दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x