×

NMB BANK
NIC ASIA

मुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भीमदत्तनगर-वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो । 

Muktinath Bank

विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आउनुभएकी उहाँ र उहाँको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन ।“हिउँदका बेला नदीमा दिनभरि कडा परिश्रम गरेर बालुवा, गिट्टीसित सङ्घर्ष गर्दै आएको छु, मजदूरी नगरे त एक छाक टार्न पनि मुश्किल पर्छ”, बिप्टीले भन्नुभयो, “दैनिक ५०० जति कमाइ हुन्छ, त्यसले घरको नून÷तेल खर्च चलाएकी छु ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौधरीका छोरा र श्रीमान् पनि मजदूरी गरेर परिवारको खर्च जुटाउन त्यसैमा लागिपरेका छन् । “सरकारले कमैयाबाट ल्याएर ओत लाग्ने ठाउँ त दियो ।” उहाँको गुनासो थियोे, “नदीको बगरमा दिएको पाँच कट्ठा जमीनमा उब्जनी नहुँदा कामै लागेन ।” स्थानीय चन्द्रलाल चौधरीले कमैयाबाट मुक्त हँुदा पाएको जमीन वर्षौंदेखि बाँझै छ । “यो खेतमा नत तरकारी न अन्नबाली नै फल्छ”, उहाँले भन्नुभयो, “अहिले त खेतमा जानै छोडिसक्यौँ ।” 


Advertisment
Nabil box
Kumari

पाँच सय ६८ परिवार मुक्तकमैया रहेको उक्त शिविरमा करीब १५० परिवारको खेत बलौटे हुँदा उब्जनी नहुने समस्या छ । “पहिले कमैया बसेर दुःख ग¥यौँ”, उहाँले भन्नुभयो, “अहिले मजदूरी गरेर भोक मार्दै छौँ ।” डेढ दशक कमैया बसेका उनीहरूमा पुनःस्थापनाको लामो समय बितिसक्दा पनि मुक्तकमैयाको अवस्थामा सुधार नभएकाले बस्तीका युवा रोजगारीका लागि पलायन भएका छन् । 

Vianet communication
Laxmi Bank


“नदीमा आएको बाढी गाउँ पस्दा पूरै खेतमा बालुवा जमेको र बस्ती समेत कटान गरेको छ”, शिविरका भूमिलाल चौधरीले भन्नुभयो, “दिगो व्यवस्थापनमा ध्यान नदिँदा फेरि कमैया बस्नुपर्ने अवस्था आउँदैछ ।” बस्ती बचाउन यहाँको मछेली नदीमा तटबन्ध निर्माणका लागि पहल गरिदिन उहाँले आग्रह पनि गर्नुभयो । 
शिविरका अधिकांश परिवारले अझै पनि अरुको जमीन अधियामा लिएर जीविका चलाइरहेका छन् । “विसं २०६४ मा आएको बाढीले खेतभरि बालुवाभरि दियो ।” स्थानीयवासी जमुना चौधरीले भन्नुभयो, “हामीले घरखर्च चलाउन अझै दुःख सहनुपरेको छ ।” रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x