×

NMB BANK
NIC ASIA

तुइनबाटै तारिन्छ सवारी साधन, कहाँ कहाँबाट तारिन्छ ?

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट– तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् । 

Sagarmatha Cement
Muktinath Bank

भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् । चट्टान नै चट्टानले बनेको कडा भूबनोटका कारण यो सडकखण्ड निर्माणमा पनि धेरै समय लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले ट्र्याक मात्र खोलिएको यो सडकमा सहजै सवारीसाधनमा यात्रा गर्न सक्ने अवस्था नभएको डोल्पावासी बताउँछन् । 


Advertisment
Nabil box
Kumari

एक सय १८ किमी लम्बाइ रहेको यो सडकखण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गर्छ ।

Vianet communication
Laxmi Bank

 विसं २०६५ मा निर्माण थालिएको यो सडकको विसं २०७५ कात्तिकमा मात्र ट्र्याक खुला गरिएको हो । जाजरकोट खण्डको रिम्ना–दल्लीसम्मको भूभाग हुँदै जाने कि रिम्ना–छेपारे वैरीताल हुँदै जाने भन्ने विषयमा विवाद हुँदा काम दुई वर्ष ढिला गरी काम शुरु भएको थियो । अन्तिममा जाजरकोटको रिम्ना हुँदै रुकुम पश्चिमको छेपारे, चिसापानीबाट जाजरकोटको वैरीताल जोडेर लैजाने सहमति भएपछि काम सञ्चालन भएको थियो । 

जाजरकोट सदरमुकामको जिरो प्वाइन्ट पासागाड–खलङ्गा र वासागाड–कालेगाउँ दोहोरो सडक निर्माण गर्नुका साथै पासागाड–खलङ्गा हुँदै कालेगाउँभन्दा पासागाड कालेगाउँ सडकखण्डको यात्रा गर्दा आधा घण्टा छिटो हुने भएकाले तल्लो सडक पनि निर्माण गरिएको थियो । 

जाजरकोट–डोल्पाको दुनैसम्म सडकको ट्र्याक खुला हुँदासम्म रुकुमको छेपारे, जाजरकोटको तल्लु, रुकुमको अनाह, जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणी, डोल्पाको खदाङ, धाउनी, त्रिपुराकोटलगायत ठाउँमा ट्र्याक खुुला भए पनि पुल निर्माण गर्न बाँकी भएकाले त्यस्ता स्थानमा सवारी साधान बदलेर यात्रा गर्नु परेको यात्रुको गुनासो छ । 

हिउँदयाममा मात्र यात्रा गर्न सकिने जाजरकोट–डोल्पा सडकको वर्षायाममा यातायात सञ्चालन गर्नका लागि दर्जनभन्दा बढी पुल निर्माण गरेमा मात्र सम्भव हुने डोल्पाकी नेत्री सत्य पहाडीले बताइन् । 

भेरी नदी र नलगाड नदीमा ठूला आधा दर्जन स्थानमा पुल निर्माणका लागि छिटो पहल गर्नुपर्नेमा अहिलेसम्म बोलपत्र नै शुरु भएको छैन भने खमाउरी खोला, त्रात्रगाड, ताँसुगाड, जाजरकोटको तल्लु र रुकुमको गोतामकोट बीचमा रहेको भेरी नदीमा पुल र निर्माण हुन नै बाँकी छ । 

त्यस्तै रुकुमखण्डको पीपलचौरखोला, घेत्माखोलामा साना पुल निर्माण गर्न बाँकी भने डोल्पाको खदाङस्थित भेरी नदीमा ठूलो पुल र त्रिपुरकोट–जुफाल जोड्ने भेरी नदीमा ठूलो पुल निर्माणका लागि कुनै पहल भएकै छैन ।

 दुनै हुँदै यो सडकखण्ड चीन र नेपालको सिमाना मरिम्लाबाट चीन जोड्ने लक्ष्य लिइएको छ भने कर्णाली प्रदेशको नेपालगञ्जबाट जमुनाह नाँका हुँदै भारतको रोपेडियालाई सिधा जोड्ने भएको छ । 


जाजरकोट–डोल्पा सडकखण्डको ट्र्याक खुला भए पनि हाल सञ्चालनमा रहेका यातायातका साधन तुइनमा तारेर सञ्चालनमा ल्याइएको छ । जाजरकोट नलगाड नगरपालिका–१२ को तल्लुबाट रुकुम पूर्वको गोतामकोट अनाहबीच रहेको भेरी नदीमा तुइनबाट यातायातका साधन तारेर सञ्चालनमा ल्याइएको छ । 

त्यस्तै डोल्पाको त्रिपुरकोट नगरपालिका–५ खदाङमा तुइनबाटै तारेर खदाङदेखि त्रिपुरकोटसम्म जीप तथा ट्र्याक्टर सञ्चालनमा ल्याइएको छ भने त्रिपुरकोट बगरबाट जुफाल जोड्नका लागि बीचमा रहेको भेरी नदीमा पनि तुइनको सहायतामै सवारी साधान तारिने गरिन्छ । 

सेनाको पहलमा यातायातका साधन तुइनबटै तार्ने व्यवस्था मिलाइएको होे । यस सडकखण्डमा सेनाले जोखिम मोलेरै निर्माणका सामग्री ल्याउनाका साथै सडक निर्माण जारी राखेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । निर्माण थालिएको ११ वर्षपछि जाजरकोट डोल्पा सडकखण्डको ट्र्याक मात्र खुला भएको हो । स्तरोन्नति काम भने जाजरकोट खण्डमा शुरु भए पनि डोल्पा खण्डमा पुरै बाँकी छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x