कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
काठमाडौं — फ्रान्सेली राष्ट्रिय टोलीका पूर्व खेलाडी रोबर्ट पिरेसले आफ्ना सहखेलाडी जिनेदिन जिदान र थिएरी हेनरीले समेत लियोनेल मेस्सीको जस्तो अद्भुत खेल क्षमता देखाउन नसकेको बताएका छन् ।
मेस्सीसँग ‘अरू कसैसँग पनि नभएको क्षमता’ छ ।
पिरेसले फ्रान्समा क्लब र अन्तर्राष्ट्रिय स्तरमा गजबको करीयर बनाएका थिए र धेरैवटा प्रमुख उपाधिहरू जितेका थिए । उनले फ्रान्सेली टोली, आर्सनल र मार्सेबाट स्टार खेलाडीहरूसँग मिलेर खेलेका थिए ।
पिरेसले जिदान र हेनरी जस्ता खेलाडीसँग खेलेका थिए । उनी सन् १९९८ मा फूटबल विश्वकप जित्ने फ्रान्सेली टोलीका सदस्य थिए ।
पिरेसका अनुसार, जिदान, रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डो त मेस्सीको छेउछाउमा पनि पर्दैनन् ।
अघिल्लो सप्ताहान्तमा इस्पान्योलविरुद्धको विजयी प्रदर्शनमा बार्सिलोनाका सुपरस्टार मेस्सीको योगदानका बारेमा पिरेसले चर्चा गरे । उक्त खेलमा मेस्सीले दुईवटा सुन्दर फ्रीकिकमार्फत गोल गरेका थिए ।
‘उनले इस्पान्योलविरुद्धको खेलमा जस्तै प्रदर्शन देखाइरहने हो भने उनलाई रोक्न असम्भव छ,’ पिरेसले मुन्डो डिपोर्टिभोलाई बताए, ‘त्यो अविश्वसनीय थियो । मैले जिदान, हेनरी र रिकेल्मेसँग खेलेको छु र रोनाल्डिन्हो र क्रिस्टियानो
रोनाल्डोविरुद्ध खेलेको छु । तर मेस्सीसँग केही यस्तो कुरा छ जुन अरू कसैसँग छैन ।’
गोल डट्कमबाट
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...