×

NMB BANK
NIC ASIA

बेहुलाका बुवाआमासहित ६ जनाको मृत्यु शोकमग्न छन् शम्शेरगञ्जवासी

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् । 

बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै नगरेको बज्रपात व्यहोर्नुपरेको छ । ‘विवाहको भव्य तयारी थियो, गाउँका अधिकांश जन्ती गएका थिए तर रमाइलो पल एकाएक दुःखमा परिणत भएको छ”, राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले भन्नुभयो, “कसैले कल्पनै नगरेको बज्रपात आइलागेकाले हामी स्तब्ध छौँ ।” 

Muktinath Bank

शम्शेरगञ्जका यज्ञ केसीको विवाहमा चितवनको गीतानगरमा जन्ती गई फर्कदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक बिहीबार बिहान पौने २ बजे एकापसमा ठोक्किँदा बेहुलाका बुवाआमासहित छ जनाको मृत्यु भएको थियो । 

चितवनमा विवाह कार्यक्रम सकिएपछि बेहुलाका बुवा ५३ वर्षीय मानबहादुर केसी र आमा ४५ वर्षीया विमला खत्री, आफन्त र गाउँका अगुवाहरु बेहुला–बेहुली र अन्य जन्तीको गाडीलाई छोडेर घरमा विवाहको मेलोमेसो मिलाउन भन्दै दुई घण्टा अगाडि नै उक्त स्कारपियो जिपमा फर्किएका थिए । 

दुर्घटनामा बेहुलाका बुवाआमा, पाँच वर्षीय भतिज प्रवीण खत्री, स्थानीय ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा चालक २१ वर्षीय यमबहादुर मगर र दुलाहाकी फुपू ४५ वर्षीया गीतादेवी खत्री घाइते हुनुभएको छ । उहाँहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । बेहुलाका बुवा केसी स्थानीय शिवशक्ति मावि पेडारी शम्शेरगञ्जका शिक्षक हुन् । घटनापछि विद्यालयमा अध्ययनरत विद्यार्थी भावविह्वल भएका छन् । शम्शेरगञ्जवासी निःशब्द भएर बसेका छन् । उनीहअरू एकअर्काको मलिन अनुहार हेरिरहन्छन् । 

“बुधबार राति रातिसम्म खुशीयाली थियो, हिजो बिहानदेखि गाउँमा सन्नाटा छाएको छ”, वडाध्यक्ष बस्नेतले भन्नुभयो, “यहाँ सम्झाउनेसम्म मान्छे छैनन् । सबैका आफन्त घटनामा परेका छन् । कसले कसलाई सम्झाइदिने ? हामी अब गर्नुपर्ने धार्मिक काममा खटिएका छौँ ।” 

उहाँका अनुसार, धोजापतकाले सजिएको बिबाह घरमा अहिले शोकले भरिएका आफन्त र गाउँलेहरु जम्मा भएका छन् । मृतकको शव दाङबाट आएपछि सबैको अन्तिम संस्कार गरिने तयारी भइरहेको छ । 

“सोच्दै नसोचेको र कहिल्यै नभएको यो बज्रपातले हामी सबै शोकमग्न छौंँ”, वडाध्यक्ष बस्नेतले भन्नुभयो, “जन्तीमा रमाइलो गर्दै गएका गाउँले फर्किदा मलामी बन्नुप¥यो ।” 

राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष एवं छिमेकी गाउँका बासिन्दा मदन वलीले यो दुर्घटनाले सिङ्गो गाउँपालिकावासी नै शोकमग्न भएको बताउनुभयो । गाउँपालिकाभरिकै मानिस स्तब्ध भएर बेहुलाको घरमा जम्मा भएको जानकारी दिँदै उहाँले रातभरको अनिद्राले गर्दा जिप बससँग जुध्न पुगेको हुनसक्ने बताउनुभयो । 

यसैबीच उक्त क्षेत्रकी प्रदेश सांसद कृष्णा केसीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गर्नुभयो । उहाँले बिहीबार विज्ञप्ति जारी गरी दुर्घटना परी निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x