×

NMB BANK
NIC ASIA

किम जोङ–उनको मास्क सार्वजनिक भएपछि विवाद

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — दक्षिण कोरियाको एक फेशन र कस्मेटिक्स कम्पनीले किम जोङ–उनको अनुहार भएको फेसियल मास्क सार्वजनिक भएपछि विवाद भएको छ । 

कम्पनीले जुन महिनादेखि २५ हजारभन्दा बढी युनिफिकेसन मोइस्चर न्युक्लीयर मास्क बेचिसकेको बताएको छ । 

तर सार्वजनिक आलोचना भएपछि अनि मास्कको वैधताका विषयमा चिन्ता उठेपछि धेरै दक्षिण कोरियाली स्टोरहरूले बिक्री रोकेका छन् । 

उत्तर कोरियाली नेता र उनको सत्ताले सुनियोजित तथा व्यापक मानवअधिकार उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघले आलोचना गरेको छ । 

दक्षिण कोरियामा उत्तर कोरियाली सरकारको बारेमा सकारात्मक कुरा गर्न अवैध मानिन्छ तर यससम्बन्धी कानून खासै कार्यान्वयन गरिँदैन । 

उत्तर र दक्षिण कोरिया अहिले पनि प्राविधिक रूपमा युद्धमै छन् । तर दुवै देशका नेताले आणविक निःशस्त्रीकरणका विषयमा यसै वर्ष वार्ता गरेका छन् । 

कथित आणविक मास्क ५१५९ नामक कम्पनीले बनाएको छ । उक्त कम्पनीले सौन्दर्य प्रसाधनहरू बनाउँछ । 

यो मास्कमा पाएक्तु पर्वतको पानी रहेको बताइन्छ । कोरियाली मिथकमा पाएक्तु पर्वतमा चारहजार वर्षअघि पहिलो कोरियाली राजधानी डांगुनको सिर्जना भएको हो । 

द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ५१४९ की प्रमुख कार्यकारी क्वाक ह्योन–जुले यसै वर्षको शुरूआतमा भएका कोरियाली शिखर सम्मेलनको उत्सव मनाउन यो मास्क बनाएको बताइन् । 

थुप्रै कोरियालीहरूले मास्क लगाएर खिचेको तस्वीर सामाजिक सञ्जालमा हालेका छन् । मास्कको मूल्य चार हजार वोन छ । 

तर स्थानीय सञ्चारमाध्यमले आलोचना गरेपछि धेरै पसलहरूले मास्क बेच्न बन्द गरेका छन् । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x