×

NMB BANK
NIC ASIA

सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघको शनिवार हुने निर्वाचनको तयारी तीव्र छ ।

Sagarmatha Cement
Muktinath Bank

संघका कर्मचारीले अन्तिम नामावली प्रकाशित गरिसकेका छन् । मतदानस्थलको तयारी पनि भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उम्मेदवार चुनाव प्रचारमा खटिरहेका छन् । सडक जाम गरेर भएपनि व्यवसायीहरू नाराजुलुस गर्दै हिँडिरहेका छन् । उम्मेदवारहरू आफ्नो प्यानल जित्छ भन्ने नारा घन्काइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

सबै उम्मेदवारलाई मतदाताले आश्वासन दिएपनि चुनावमा कुन पक्षले बढी मत ल्याउला भन्ने अड्कलबाजी बजारमा सर्वत्र छ । एकथरिले धनबहादुर रावतको लोकतान्त्रिक प्यानलले चुनाव जित्ने दाबी गरिरहँदा अर्को संयुक्त व्यवसायी प्यानल वामपन्थी व्यवसायीको साथ पाएको बताउँदै आफूलाई जित्नबाट कसैले रोक्न नसक्ने दाबीका साथ चुनाव प्रचारमा खटिएका छन् ।

Vianet communication
Laxmi Bank

चुनाव प्रचारको शैली हेर्दा स्थानीय चुनावजस्तै छ । नारा जुलुस, पर्चा पम्पलेट, विज्ञप्ति हरेक व्यापारीलाई बाँड्नमै व्यस्त छन् ।

कसका कस्ता नारा ?

संयुक्त व्यवसायी प्यानलले ३० बुँदे घोषणापत्र जारी गरेको छ भने लोकतान्त्रिक प्यानलले १५ बुँदे घोषणापत्र जारी गरेको छ । संयुक्त प्यानलले जारी गरेको घोषणा पत्रमा संघलाई भौगोलिक क्षेत्र, राजनीतिक विचारधारा र जातजातिका सदस्यको साझा थलो बनाइने, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै व्यावसायिक हित प्रर्वद्धन गर्ने, सार्वजनिक निजी साझेदारी नीतिलाई प्रभावकारी रुपमा अंगीकार गरिने उल्लेख छ । औद्योगिक, व्यावसायिक विकास, हीत प्रर्वद्धन, सुरक्षा, संस्थागत हीत विकास गर्ने कुरा घोषणापत्रमा उल्लेख छ ।

लोकतान्त्रिक प्यानलले जारी गरेको १५ बुँदे घोषणा पत्रमा आगजनी, भूकम्प, प्राकृतिक विपत्तिमा परेका व्यावसायीको लागि बीमा गर्ने, राहत कोषलाई वृद्धि गर्ने, बंैंक तथा वित्तीय क्षेत्रमा परेको ऋण तथा व्याजमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने, एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउने, सरकारको नीतिलाई मुर्तरुप दिन सरकारसँग कुरा गर्ने, घरबहाललाई व्यवसायीमैत्री बनाउन घरधनी र व्यवसायीबीच समन्वय गरिने लगायतका उल्लेख छन् ।

दलित र जनजाति समुदायको प्रतिनिधित्व शून्य

संघको चुनावका लागि उम्मेदवारी दिएका दुवै पक्षले दलित समुदायको प्रतिनिधित्व गराएका छैनन् । लोकतान्त्रिक प्यानल र संयुक्त प्यानलले दलित समुदायको प्रतिनिधित्व नगराएको भन्दै दलित समुदाय रुष्ट बनेका छन् ।

लोकतान्त्रिक प्यानलका उम्मेदवारमा १ जना मुस्लिम समुदायबाट हबिब हुसैन सदस्य पदका उम्मेदवार बनेका छन् भने जनजाति समुदायको प्रतिनिधित्व नै छैन । संयुक्त व्यवसायी प्यानलले पनि जनजाति समुदायबाट प्रतिनिधित्व गराउन सकेको छैन ।

सुनचाँदी व्यवसायी संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष जनक सुनारले दुवै प्यानलले दलित सुमदायलाई उपेक्षा गरेको बताए । उनले दुवै प्यानलको उम्मेदवारीप्रति सुनचाँदी व्यवसायी संघको गम्भीर असन्तुष्टि रहेको जानकारी दिए । यद्यपि पार्टीबाटै उम्मेदवार उठेका कारण चुनावमा भने भाग लिने उनको प्रतिक्रिया छ ।

उपत्यका केन्द्रित उम्मेदवार

सुर्खेतको पश्चिम क्षेत्रमा १ सय ५० मत र पूर्वतिर ४ सयभन्दा बढी हुँदा पनि संयुक्त व्यवसायी प्यानल र लोकतान्त्रिक प्यानलले पूर्व तथा पश्चिमबाट उम्मेदवार बनाउन चाहेनन् । उनीहरूले सबै पद उपत्यका भित्रैका व्यवसायीलाई बाँडेका छन् ।

पूर्वमा उद्योग वाणिज्य संघ खुलिसकेको र पश्चिममा व्यवसायी कम भएको निष्कर्षका साथ दुवै प्यानलले उपत्यका भित्रैबाट उम्मेदवार चयन गरेको स्रोत बताउँछ । तर जिल्लाकै संघ भएपनि बाहिरबाट प्रतिनिधित्व नगराएको बताउँदै बाहिरका व्यवसायी समेत असन्तुष्ट बनेका छन् । नाम नबताउने शर्तमा बड्डीचौरका एक व्यवसायीले दुवै प्यानलले आफूहरूलाई उपेक्षा गरेको आरोप लगाए ।

चेम्बर अफ कमर्सका सुर्खेत अध्यक्ष चिन्तामणि शर्माले संघको निर्वाचनको सफलताको शुभकामना दिए । उनले निर्वाचनपछि आउने निर्वाचित कमिटीले सुर्खेतका उद्योगी व्यवसायीको समस्या समाधानका लागि टीमसँग चेम्बर्स अफ कमर्स सहकार्य गर्न तयार रहेको बताए । 

‘संघ साझा संस्था भएका कारण हामी संघसँग हातेमालो गरेर अघि बढ्न चाहन्छौं । तर विगतजस्तो पार्टीकरण नहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x