×

NMB BANK
NIC ASIA

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आजबाट शुरु हुँदैछ । पाँच वर्षपछि आयोजा हुन लागेको महासमिति बैठकमा सहभागी हुन कांग्रेका नेता कार्यकर्ताहरु देश विदेशबाट राजधानी भित्रिसकेका छन् । 

Muktinath Bank

शुक्रवार(आज) पार्टी कार्यालय सानेपामा महासमिति सदस्यहरुलाई स्वागत गर्ने र प्रतिनिधिहरुको दर्ता गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको औपचारिक उद्घाटन भने शनिवार हुने कार्यक्रम छ । पुस ३ सम्म चल्ने कांग्रेस महासमिति बैठकलाई राजनीतिक रुपमा निकै महत्वका साथ हेरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासमिति बैठक अघि लगातार दुई हप्ता कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले महासमितिको तयारी र प्रस्तावित विधान संशोधनमा देखिएका समस्याहरु समाधान गर्ने प्रयास गरेको थियो । तर, लामो रस्साकस्सीका बीचपनि कांग्रेस भित्र रहेका पदाधिकारी संख्या, सदस्यताको प्रकार, हिन्दूराष्ट्रका विषयमा देखिएको विवाद समाधान हुन सकेन । यो विषयले महासमिति बैठकमा प्रवेश पाउने र समस्या समाधान हुने अपेक्षा गरिएको छ । तर त्यस अघि नै कांग्रेस नेताहरु विवादमा उत्रिएका छन् । 


Advertisment
Nabil box
Kumari

हात हालाहालको स्थिति

Vianet communication
Laxmi Bank

यसैबीच कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा नेताहरुबीच देखिएको विवाद हात हालाहालको स्थितिमा पुगेको छ । 

प्रस्तावित राजनीतिक दस्तावेजमा रहेको ‘धर्मनिरपेक्षता’लाई कांग्रेसको नेतृत्वमा प्राप्त भएको प्रमुख उपलब्धी भनेर उल्लेख गरिएपछि पार्टीमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका केन्द्रीय नेताहरुबीच बैठकमा चर्काचर्की भएको थियो । उक्त राजनीतिक दस्तावेज उपसभापति विमलेन्द्र निधिले तयार पारेका थिए ।   

बैठकमा हिन्दूराष्ट्रको विषयमा कुरा गर्ने नेताहरूलाई निधिले प्रतिगामी भनेपछि बैठकमा झण्डै हात हालाहालको स्थिति बनेको थियो ।

निधिको नेतृत्वमा तयार पारिएको राजनीतिक दस्तावेजमा राष्ट्रिय एकता र मौलिक धर्म संस्कृति प्रवर्धन गर्ने खालको शब्दावली नभेटेपछि केन्द्रीय समिति सदस्य शंकर भण्डारी लगायतका नेताहरूले उक्त राजनीतिक दस्तावेज संशोधन गर्नुपर्ने माग गरेका थिए । 

हिन्दू धर्मावलम्वीहरूको भावनालाई प्रतिवेदनमा समेट्नु पर्छ भन्दै प्रकाशरण महत, चन्द्र भण्डारी, शङ्कर भण्डारी, एनपी साउद लगायतका नेताले बोल्न शुरू गरेपछि विमलेन्द्रले रिसाउँदै हिन्दूको कुरा गर्नेहरू सबै प्रतिगामी भएको टिप्पणी गरेका थिए । त्यस लगत्तै हिन्दूत्वको मुद्दा उठाउने भण्डारी लगायका नेताहरु जुरुक्क उठ्दै निधिमाथि खनिए । 

हातमा दही जमाएर बसेका छैनौं–भण्डारी

नेपाल बन्नुभन्दा पहिला नै हिन्दुत्वको अस्तित्व रहेको भन्दै भण्डारीले करीब ८२ प्रतिशत सनातनी हिन्दु धर्मावलम्बी जनताको भावनामाथि खेलवाड गर्न नपाइने बताए । 

‘हिन्दुत्व नेपाली कांग्रेस भन्दा माथिको विषय हो, निधिको नेतृत्वमा तयार गरिएको दस्तावेजले यो सत्यलाई छोप्न खोजेको छ जुन हामीलाई मान्य छैन’ लोकान्तरसँगको कुराकानीमा भण्डारीले भने ।

भण्डारीका अनुसार अब हिन्दुत्वको विषय महासमिति बैठकमा प्रवेश गर्नेछ । सनातनी हिन्दूहरूको भावनालाई राजनीतिक दस्तावेजमा सम्मान गरिएन भने ‘हातमा दही जमाएर नबस्ने ’भन्दै भण्डारी भन्छन्, ‘पर्यो भने हामीले बैठकमा हात मात्र हाल्दैनौं, जेजे गर्नुपर्छ त्यो सबै गर्छौं ।’ 

संविधान जारी भएसँगै हिन्दू राष्ट्रको वकालत गर्दै आएका कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्र पार्टीसँग एक भएर अघि बढ्ने कुरालाई कांग्रेस नेता भण्डारी अस्विकार गर्छन् ।

भण्डारी भन्छन् ‘हिन्दूराष्ट्र राप्रपाको एजेण्डा हुँदै होइन । हिन्दू राष्ट्र नेपाली कांग्रेसको एजेण्डा हो । देशको अस्तित्व मेटाउनका लागि विदेशीहरूको इशारामा धर्मनिरपेक्षता घोषणा गरिएको हो र संविधान सम्झौताको दस्तावेज भएकाले नेपाली कांग्रेस चुप रहेको मात्र हो । अब हिन्दू राष्ट्र निर्माणका लागि नेपाली कांग्रेसको नेतृत्वमा संघर्ष हुन्छ’ भण्डारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x