×

NMB BANK
NIC ASIA

राफेल सम्झौता विवादमा भारतीय जनता पार्टीलाई ठूलो राहत

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतमा विधानसभा निर्वाचन परिणामबाट स्तब्ध भारतीय जनता पार्टीमा विवादास्पद राफेल सम्झौतामा सर्वोच्च अदालतको फैसलापछि नयाँ ऊर्जा आएको छ । 

विपक्षी कंग्रेसले चुनावका बेलामा राफेल सम्झौतामा भ्रष्टाचार भएको भन्दै मुद्दा बनाएको थियो । तर सर्वोच्चबाट सफाइ पाएपछि भाजपा आक्रामक बनेको छ । 

शुक्रवार लोकसभा बैठकमा राफेलका विषयमा भयंकर हंगामा भयो र कंग्रेसविरुद्ध गृहमन्त्री राजनाथ सिंह आफैंले आक्रमण गरे । कंग्रेस अध्यक्ष राहुल गान्धीले राफेलका विषयमा सदनमा आएर माफी माग्नुपर्ने उनको भनाइ छ । 

राफेल सम्झौताका विषयमा सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलासले दिएको फैसलालाई उद्धृत गर्दै राजनाथ सिंहले कंग्रेसको आलोचना गरे । 

उनले राजनीतिक फाइदाका लागि सरकारको बदनामी गर्ने कोशिश गरिएको बताए । 

लोकसभामा हंगामा भएपछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको छ । 

भाजपा अध्यक्ष अमित शाहले राफेलका विषयमा आएको फैसलाका सम्बन्धमा दिउँसो सबा १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । 

लोकसभामा प्रश्नकाल शुरू हुनेबित्तिकै विपक्षी सांसदहरूले राफेल लगायत अनेक मुद्दाको कुरा उठाएर वेलमै गएर नारा लगाए । विपक्षीहरूले हंगामा गरिरहँदा भाजपाका सांसदहरू पनि उठे अनि कंग्रेस र राहुल गान्धीविरुद्ध नारा
लगाउन थाले । 

सर्वोच्च अदालतको फैसलामा नरेन्द्र मोदी सरकारलाई ३६ वटा राफेल लडाकू विमान खरिदमा सफाइ दिएको छ । अर्बौं डलरको यो सम्झौता प्रक्रियामा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको अदालतको फैसला रह्यो ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x