×

NMB BANK
NIC ASIA

नेकपा स्थायी कमिटी– पोखिँदैछ असन्तुष्ट नेताहरूको आक्रोश

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेतृत्वको कार्यशैलीलाई लिएर पार्टी भित्रै आलोचना बढिरहेको समयमा प्रमुख सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

Muktinath Bank

भोलिका लागि तय भएको बैठक तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते पार्टी एकता भएपछिको तेस्रो स्थायी समिति बैठक हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम कारवाहीको समीक्षा, पार्टीको भातृ संगठनको पदाधिकारी चयन लगायत एजेण्डा तय भएका छन् । तर असन्तुष्ट समूहका नेताहरु भने कडा रुपमा प्रस्तुत हुने तयारी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति विगारेको, संस्थागत निर्णय नगरी मनोमानी गरेको जस्ता आरोप असन्तुष्ट समूहले लगाउँदै आइरहेको छ ।

Vianet communication
Laxmi Bank

अध्यक्षद्वयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपाका चार प्रभावशाली नेताले अघिल्लो साता प्रधामनन्त्री निवास बालुवाटारमा आयोजना गरिएको सचिवालय बैठक बहिष्कार गरेका थिए । 

पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवाल बैठक बहिस्कार गरेका थिए । निर्धारित समयमा बैठक शुरु नभएको भन्दै आफूहरु बाहिरिएको नेताहरुले प्रतिक्रिया दिएका थिए । तर सरकारको कामकारवाही र पार्टी सञ्चालन प्रकृयामा रहेको असन्तुष्टि पोख्नका लागि बैठक बहिष्कार गरेको टिप्पणी ति नेताहरुमाथि भएको थियो । 

प्रदेश कमिटी गठनको विषयलाई लिएर असन्तुष्ट रहेका नेता नेपाल लगायतका सचिवालय सदस्यले बैठक बहिष्कार गर्ने सम्मको अवस्थामा पुगेका थिए । 

चार नेताले सचिवालय बैठक बहिष्कार गरेपछि बसेको बैठकले  स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । 

असन्तुष्ट नेताहरुले शनिवार बस्ने स्थायी कमिटीको बैठकमा कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् ।  पार्टी भित्र आन्तरिक लोकतन्त्र समाप्त भएको भन्दै भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले सार्वजनिक रुपमै विरोध गर्दै आएका छन् ।   

राजधानीमा युनिफिकेसन चर्चले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र नेकपाका नेताहरुको सहभागितालाई लिएर पार्टी भित्रै र बाहिरपनि विरोध भएपछि उक्त विषयले पनि स्थायी कमिटीमा प्रवेश पाउने निश्चित छ । उसो त नेता भीम रावलले सार्वजनिक रुपमै उक्त कार्यक्रममा सरकारको सहभागितालाई लिएर आपत्ति जनाउँदै आएका छन् ।

केही संवेदनशील विषय उठाउछुः रावल

नेता भीम रावालले स्थायी कमिटी बैठकमा सरकारको कार्यशैली, जनजीविका र राष्ट्रिय हितका विषयमा आफूले कुरा उठाउने बताए । ʻराष्ट र जनताको आधारभूत हित, गरिमा र स्वाभिमान तथा पार्टी र जनताको हितसँग सम्बन्धित संवेदनशील विषयमा पार्टी भित्र छलफल गर्ने अवस्था नबन्दा वा पार्टी नेतृत्वलाई त्यसको जानकारी गराउँदा पनि त्यसको सम्वोधन नहुँदा बाहिर बोल्ने गरेको छुʼ रावलले लोकान्तरसँग भने, ʻसार्वजनिक रुपमा बोलेका विषय र केही बाहिर नबोलेका कतिपय विषय, जो नेपाल र नेपाली जनताको सर्वोपरि हितसँग सम्बन्धित छन् निःशन्देह नै ती विषयमा स्थायी कमिटीमा कुरा राख्छु ।ʼ

युनिभर्सल पिस फेडेरेशन नामक विबादास्पद गैर सरकारी संस्थाले गरेको एसिया प्यासेफिक समिटका नाममा सरकारले जनताको राष्ट्रभक्तिको भावना कुल्चिएको भन्दै रावलले विरोध जनाउँदै आएका छन् । ʻसरकारले राष्ट्रभक्तिका सबै कुरा तोड्यो यो विषय मैले स्थायी समिति बैठकमा उठाउँछुʼ रावलले भने, ʻम एक्लै भएपनि यो कुरा उठाउछु, यो गलत भएकै हो ।ʼ

कुल ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालिन एमाले २६ र माओवादी केन्द्रबाट १९ सदस्य रहेका छन् । दुई पार्टीबीच एकता प्रकृयामा रहेको र महत्वपूर्ण विषयहरुको निर्णयका लागि पनि स्थायी कमिटीको बैठक नबोलाइएको भन्दै स्थायी कमिटीका अधिकांश सदस्यहरु पार्टी शीर्ष नेतृत्वसँग असन्तुटि थिए । नेताहरुको असन्तुष्टि यो बैठकमा देखिने प्रस्ट छ । दुई तिहाईको नेतृत्व गरेको सरकारको काम कारवाही र पार्टी नेतृत्वको कार्यशैलीका विषयमा नेतृत्वले स्थायी समितिका सदस्यहरुको सामना गर्नुपर्ने देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x