×

NMB BANK
NIC ASIA

कुर्दिश लडाकूहरूले आईएस आतंकवादीको कब्जामा रहेको अन्तिम शहर जिते

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — कुर्दिशहरूको नेतृत्वमा रहेका लडाकूले इस्लामिक स्टेटको कब्जामा रहेको अन्तिम शहरमा नियन्त्रण गरेको अभियन्ताहरूले जनाएका छन् । 

हाजिन शहरमा धेरै दिनको तीव्र लडाईंपश्चात् कुर्दिशहरूले आईएस आतंकवादीलाई हराएका हुन् । उक्त शहर पूर्वी सिरियामा इराकको सीमानजिक पर्छ र त्यो नै आइएसको अन्तिम किल्ला थियो । आईएसले नजिकैका केही गाउँमा भने कब्जा जमाइरहेकै छ । 

अमेरिकाको समर्थन रहेको सिरियन डेमोक्रेटिक फोर्सेसले हाजिनलाई नियन्त्रणमा राख्नका लागि तीन महिनादेखि लडाईं गरिरहेका थिए । हालैका हप्तामा उत्तरी सिरियाबाट थप सैनिक आएपछि लडाईं चर्किएको थियो । 

बेलायतमा रहेको सिरियन अब्जर्भेटोरी फर ह्युमन राइट्सले कुर्दिशहरू कडा लडाईंपछि शुक्रवार बिहान हाजिनमा नियन्त्रण जमाउन सफल भएको जनायो । अमेरिकाको नेतृत्वमा भएको हवाई आक्रमणको कभरमा लडाईं भएको थियो । 

उसका अनुसार, केही आईएस लडाकूहरू गाउँतिर भागेको र हाजिनवरिपरिका खेतमा अझै लडाईं चलिरहेको छ ।

उक्त क्षेत्रमा करीब १५ हजार मानिस बस्छन् जसमध्ये दुई हजारजना त आईएस लडाकू नै छन् । ती लडाकूले आत्मघाती आक्रमण र कुर्दिशविरुद्ध प्रत्याक्रमण जारी राखेका छन् । सयौं नागरिकहरू हालैका दिनमा उक्त क्षेत्रबाट भागेर
कुर्दिशहरू भएतिर पुगेका छन् । 

द गार्डियनबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x