×

NMB BANK
NIC ASIA

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही दिनअघि नेपालमा सम्पन्न भएको एसिया प्यासिफिक सम्मेलनमा सरकारले जनाएको तामझामपूर्ण सहभागिता आपत्तिजनक रहेको बताएका छन् ।

Muktinath Bank

सरकारले आफ्नो सहभागितासँगै सरकारी सवारी साधनको समेत सम्मेलनका लागि उपयोग गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको उत्साहपूर्ण सहभागिताले अल्पसंख्यकलाई रिझाउने नाममा बहुसंख्यकको विचार र आस्थामाथि सरकारले आघाता पुर्याएको अध्यक्ष थापाले टिप्पणी गरे । आगामी दिनमा यस्ता विषयमा सरकार सजग हुनुपर्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

उनले वर्तमान सरकारको कार्यकाल जनअपेक्षा अनुसार नभएको टिप्पणी गरेका छन् । ‘जतिबेला चुनाव थियो, त्यतिबेला वर्तमान सरकारमा रहेको पार्टीले राष्ट्रियताका राम्रै मुद्दा उठाएका थिए, त्यसकारण पनि जनताले कम्युनिष्टलाई बहुमत प्रदान गरेका थिए,’ विगत स्मरण गर्दै अध्यक्ष थापाले भने, ‘जनताले जुन एजेण्डाका आधारमा अपेक्षा गरेका थिए, त्यस अनुसार सरकारको यो एक वर्षसम्मको काम देखिएन ।’ जनताले अपेक्षा अनुसारको सरकारबाट अनुभूति गर्न नपाएकोले सरकार असफल हुँदै गएको उनले बताए ।

Vianet communication
Laxmi Bank

राप्रपा अध्यक्ष थापाले देशमा हिन्दूराष्ट्र पुनःस्थापनाको मागसहित पार्टीले देशभर जनसंघर्ष गर्न लागेको बताएका छन् । पार्टीले गर्न लागेको जनसंघर्ष कुनै धर्म, पार्टीको विरोध नभई हिन्दूराष्ट्र पुनःस्थापनासँगै देशमा रहेको विकृति अन्त्यका लागि एकखालको जनदबाब भएको उनले बताए ।

जनसंघर्षका लागि अहिले देशका सबै प्रदेशमा पुगेर कार्यकर्तालाई प्रशिक्षण दिने अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार पुस र माघमा देशका सबै स्थानीय तहमा पार्टीको संगठन निर्माण गर्ने र फागुन ७ गतेबाट देशव्यापी रुपमा हिन्दूराष्ट्र पुनःस्थापनाको मागसहित जनसंघर्ष शुरू गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x