×

NMB BANK
NIC ASIA

सरकारी वकिलको सम्मेलन पुसमा

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । 

Muktinath Bank

सरकारी वकिलमा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्न सम्मेलन आयोजना गरिन लागिएको शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जानकारी गराउनुभयो । ‘वैज्ञानिक र वस्तुनिष्ट अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने नाराका साथ शुरु हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँले सम्मेलनमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर ऐनलगायतका नयाँ कानूनको कार्यान्वयनका विषयमा साझा धारणा समेत बनाइने बताउनुभयो । “भदौदेखि लागू गरिएको मुलुकी अपराध संहितालगायत अन्य कानूनको बारेमा समष्टिगत हिसाबले छलफल गर्नका लागि सम्मेलन राखिएको हो”, उहाँले भन्नुभयो, “सम्मेलनले सरकारी मुद्दालाई सफल बनाउने समेत अपेक्षा गरिएको छ ।” 


Advertisment
Nabil box
Kumari

उहाँले सरकारी वकिलले साविति बयानका आधारमा मात्र नभएर वैज्ञानिक र वस्तुनिष्ट प्रमाण सङ्कलन गरेर अभियोजन लगाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको नयाँ मुलुकी संहिता कानूनको कार्यान्वयनमा केही समस्या देखिए पनि त्यसलाई समाधान गर्दै लगिएको जानकारी दिनुभयो । महान्यायाविक्ता खरेलले अपराध संहिताले कार्यबोध बढेकाले थप जनशक्ति थपि सरकारी वकिलको व्यावसायिक विकास गरिने बताउनुभयो । 
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पद्यमप्रसाद पाण्डेयले सरकारी वकिलले के गर्दैछन् भनेर जनतालाई जानकारी दिन सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँले महान्यायाधिवक्ताको कार्यालय र मातहतका सबै कार्यालयका समस्या पहिल्याउँदै संस्थागत सुधारको मार्ग पहिचान गर्न सघाउ पुग्नेमा जोड दिनुभयो । 

Vianet communication
Laxmi Bank

महान्यायाधिवक्ता कार्यालयको व्यवस्थापनमा हुने सो सम्मेलनमा महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता, २३ सहन्यायाधिवक्ता, १२६ उपन्यायाधिवक्ता र २३० शाखा अधिकृत सहभागी हँुदैछन् । सम्मेलनमा पाँच समूहमा सरकारी वकिललाई विभाजन गरी २१ विभिन्न विषयका कार्यपत्रमाथि छलफल गरिने बताइएको छ । 

यसैगरी सोही अवसरमा राजश्वसम्बन्धी विशिष्टिकृत प्राप्त गर्नुभएका १३ सरकारी वकिललाई महान्यायाधिवक्ता खरेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो । संवैधानिक कानूनको स्रोतसम्बन्धी पुस्तकसमेत विमोचन गरिएको छ । पुस्तकमा सैवैधानिक कानूनबारे विभिन्न लेख रचना छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x