×

NMB BANK
NIC ASIA

काठमाडौं - राष्ट्रपतिले महंगो गाडी चढ्ने तयारी गरेको विरोधमा प्रतिकात्मक रूपमा बनाएको खेलौना गाडी बुझाउन राष्ट्रपति कार्यालयमा जान लागेका केही युवा र खेलौनाको फोटो खिचेको आरोपमा तीन घण्टा प्रहरी हिरासतमा बसेकी फोटो पत्रकार वर्षा शाहका बारेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विवादास्पद् अभिव्यक्ति दिए ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार बिहान अर्यालले ट्वीट गर्दै भनेका थिए, ‘अफवाह नफैलाऔं । समय नै नलिई राष्ट्रपति कार्यालमा ज्ञापनपत्र बुझाएरै छाडने ढिपी गर्नेलाई अरु देशमा के गरिन्छ? कानुनवमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्वीर उतार्ने छविकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन्, सोधखोज गर्न केहीबेर रोक्छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी बहन गरिरहेका र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उप-प्राध्यापक समेत रहेका डाक्टर अर्यालको यो विवादास्पद ट्वीटले पत्रकारिताकै न्युनतम मर्यादाको धज्जी उडाएको भन्दै सामाजिक सञ्जालमा अर्यालको आलोचना भइरहेको हो ।

Vianet communication
Laxmi Bank

अर्यालको भनाइ पत्रकारिताको न्युनतम मूल्य र मान्यतामाथि आक्रमण गर्ने खालको रहेको वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी बताउँछन् ।

‘प्रेस स्वतन्त्रतालाई अभ्यास गर्नुपर्ने ठाउँमा अभ्यास नै रोक्नु राम्रो होइन । पेशागत काम गर्न कहीँ कसैले रोक्न पाउँदैन,’ रेग्मीले लोकान्तरसँग भने, 'नेपाली समाज खुला छ । खुला समाजमा राष्ट्राध्यक्षलाई नागरिकका तर्फबाट आफूलाई लागेको कुरा भन्न पाउनुपर्छ । कहाँ कसरी भन्न पाउनुपर्ने हो, त्यसको व्यवस्थापन सम्बन्धित पक्षबाट हुनुपर्छ ।’

अर्का वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी पनि प्रेसमा अंकुश लगाउने कुनै प्रकारको काम पत्रकारिता जगतलाई सह्य नहुने बताउँछन् ।

‘कुनै फौजदारी अभियोग नभएसम्म पत्रकारलाई सरकारले गिरफ्तार गर्न पाउँदैन,’ अधिकारी भन्छन् ।

कुनै योग्यता र हैसियत नभएका तर राज्य संयन्त्रका संवेदनशील सूचनामा पहुँच पुग्ने ठाउँमा पुगेका व्यक्तिहरूका बारेमा समेत अब बहस चलाउनुपर्ने अधिकारीको भनाइ छ । 

पत्रकार महासंघका पूर्वसभापति तथा अग्रज पत्रकार धर्मेन्द्र झा पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको यो भनाइको आलोचना गर्छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा झाले भने, 'कुन्दन अर्यालले आफ्नो बचाउमा दिएका प्रतिक्रियामा व्यक्त भएका कतिपय कुराहरू शोभनीय मान्न सकिँदैन । घटना भएको ठाउँमा पत्रकार पुग्ने कि नपुग्ने ? निषेधित क्षेत्रमा प्रदर्शन भयो भने त्यहाँ पत्रकार नपुग्ने ?’ झाको प्रतिप्रश्न थियो ।  

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्याल भने आफूले गरेको ट्वीटमा नराम्रो मान्नुपर्ने केही कुरा नरहेको जिकिर गर्छन् ।

एक टेलिभिजन कार्यक्रममा बोल्दै अर्यालले भने, ‘कार्यक्रमका लागि समय लिइएको थिएन । निषेधित क्षेत्रमा केही युवा देखेपछि प्रहरीले ती युवालाई पन्छाउने क्रममा क्यामेरा बोकेको पत्रकारलाई पनि पन्छायो र फोटो खिच्नु हुँदैन भन्दै खिचेका फोटाहरू डिलेट गर्न लगायो । यो प्रहरी प्रशासनको नियमित काम हो । यो कामलाई यो वा त्यो हिसाबबाट बदनाम गर्न मिल्दैन ।’

त्यसो त अर्यालको ट्वीटमा आएका धेरै प्रतिक्रियामा उनको आलोचना नै भएको देखिन्छ । लक्ष्मीपूजा नामको एक ह्यान्डलबाट आएको प्रतिक्रियामा लेखिएको छ, ‘पत्रकारिताको गुरू बनेर पढाउनु र आफैंले त्यो आदर्श पालन गर्न नसक्नु जस्तो गम्भीर स्खलनमा पर्नुभयो जस्तो लाग्यो । सिकाउनु नै गलत थियो कि ?’ 

भर्खरै लोकतन्त्रको अभ्यास गरिरहेको नेपालमा राज्यपक्षबाट पत्रकारितामा अंकुश लगाउन चालेको यो पहिलो कदम भने होइन । समाचार लेखेको आरोपमा केही समयअगाडि एक पत्रकारलाई प्रहरीले गिरफ्तार गरेर लामै समय हिरासतमा राखेको थियो ।

अहिले फोटो खिचेको आरोपमा फोटो पत्रकार हिरासतमा बस्नुपर्ने स्थिति आएको छ । यो कुनै पनि कोणबाट जायज मान्न सकिने विषय होइन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x