×

NMB BANK
NIC ASIA

जनकपुरबाट समातिए नक्कली नागरिकता बनाउने ४ जना

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम– नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० देउरा रुपैठाका ३१ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालिका–५ का वडासदस्य ४९ वर्षीया गङ्गा साह, रौतहट दुर्गा भगवती गाउँपालिका–४ घर भई हाल जनकपुर उपमहानगरपालिका–४ बस्ने हेमन्त पाण्डे र धनुषा जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डल छन् । 


Advertisment
Nabil box
Kumari

प्राप्त सूचनाका आधारमा देवपुरा रुपैठा बस्ने विद्यानन्द चौधरीका छोरा रोशनकुमार चौधरीको डेरा गरी बस्ने कोठामा खानतलासी गर्दा नक्कली नागरिकतालगायतका कीर्ते कागजात फेला परेको प्रहरीले जनाएको छ । चौधरीका कोठाबाट प्रहरीले विभिन्न व्यक्तिको नामको नागरिकता प्रमाणपत्र, सादा नाम नभरेको नेपाली नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय धनुषाको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जीकाधिकारी छाप, टोली प्रमुख नगरपालिकाको छाप, वडाध्यक्षको छाप, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइको प्रमाणपत्रको ठेली, नागरिकता विवरणको ठेली र मोबाइल थान एकसमेत बरामद गरेको छ । 

Vianet communication
Laxmi Bank

पक्राउ परेकाबाट नागरिकता अनुसूची फारमको ठेली, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने होलोग्राम र नगद रु एक लाख ५३ हजार पनि बरामद भएको जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बरामद भएको कीर्ते नागरिकताका प्रमाणपत्र २०७० सालको रहेको बताए । उनले  जिल्ला प्रशासन कार्यालयको स्रेस्तासमेत बरामद भएकाले यसबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । 

पक्राउ परेकालाई सरकारी दस्तखत छाप कीर्ते र नागरिकता मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x