मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जनकपुरधाम – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाममा प्रमुख जन्तीको भूमिकामा आउँदा जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले उनको टाउकोमा नयाँ किसिमका विशिष्ठ शैलीको सेहरा सहितको ‘पाग’ पहिर्याएर सम्मान गरे ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले स्थानीय कलाकार विजयदत्त मणिलाई विशेष किसिमको सेहरा सहितको एउटा पाग र अन्य विशेष पाग बनाउन जिम्मेवारी प्रदान गरेका थिए ।
‘योगी आदित्यनाथका लागि स्पोज फोमको प्रयोग गरेर तल सुति कपडाको स्तर हालेर, माथि सिल्क कपडा राखेर सीताराम स्वयम्बर र विवाहको चित्र बनाएर पाग तयार पारेको थिएँ,’ विजयदत्त मणिले लोकान्तरसँग भने, ‘सेहरा सहितको पागको १ हजार रुपैयाँका दरले ३ वटा पाग र अन्य ५० वटा पाग प्रतिपाग ५ सय पर्ने जानकी मन्दिरलाई बेचेको थिएँ ।’
मायाको चिनोको रूपमा चाँदीले बनेको एउटा प्रतिमा उपहार स्वरूप समेत प्रदान गरेका छन् उनले । राजा जनकले हलो जोत्दै गर्दा सीताको उत्पत्ति भएको र पृष्ठभूमिमा जानकी मन्दिर रहेको प्रतिमा सहितको उपहार उनले प्रदान गरेका थिए । यसअघि जनकपुरधाममा जुनसुकै पाहुनालाई कि त मिथिला चित्रकला वा चाँदीले बनेको जानकी मन्दिरको सीसा सहितको फ्रेम दिने गरिएको बेला जानकी मन्दिरले नयाँ उपहार प्रदान गरेको हो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले भने, ‘यस पटकको पाहुना मुख्यमन्त्री मात्र नभई हाम्रो आध्यात्मिक समाजका एक पीठका महन्थ समेत भएकाले कुनै नयाँ उपहार दिने सोचेको थिएँ । सोही अनुरुप जनकपुरका एक जना सुनचाँदी पसलेलाई पहिलेदेखि नै अर्डर गरेर प्रतिमा बनाउन लगाएको थिएँ ।’
जनकपुरधाम प्रवेश गर्ने बेला पिडारी चोकको प्रवेशद्वारमा राजर्षि जनकले हलो जोतिरहेको र सीताको जन्म भएको मूर्ति सहितको आकर्षक स्मारक नै बनेको छ । तर त्यसको मुर्तिको आकारमा मायाको चिनो बताएर यसअघिसम्म दिएको थिएन ।
पहाडी समुदायले टाउकोमा ढाका टोपी लगाएझै मिथिलामा टाउकोमा पाग लगाउने गरिन्छ । यद्यपि पागलाई लिएर मधेशमा अर्थात् २ नम्बर प्रदेशमा बढी नै चर्चा र आलोचना समेत भइरहेको छ । पाग भनेको ब्राह्मण र कायस्थ समुदायले संस्कार कर्ममा लगाउने टोपी मात्र भएकाले सबै मैथिलीको पहिचान नभएको तर्क गरिएको छ ।
बहुआयामिक प्रतिभाका धनी ‘मणि’
आकर्षक पाग बनाउने मणिको उमेर अहिले ५६ वर्ष भएको छ । महोत्तरीको सोनामा गाउँपालिका–८ सिंहासिनी तथा हाल जनकपुरधाम उपमहानगरपालिका–४ निवासी विजयदत्त मणिको प्रारम्भिक शिक्षादेखि एसएलसीसम्मको शिक्षा गाउँकै मावि सोनामाबाट प्राप्त भएको हो । २०३७ सालमा एसएलसी उत्तीर्ण गरेका उनले २०६२ सालमा जनकपुरधामस्थित जनकपुर क्याम्पसबाट आईएड र २०७२ सालमा भारत बिहारको पुपरीबाट बीए उत्तीर्ण गरेका हुन् ।
गाउँकै प्रावि सिंहासिनीमा २०४६ भदौ २ गते अस्थायी प्रावि शिक्षकको रूपमा नियुक्त भएका थिए । २०४८ असार ३२ गते सोही विद्यालयमा स्थायी भए । अहिले उनी महोत्तरीकै लोहारपट्टी नगरपालिका–८ स्थित मावि भ्रमरपुरामा स्थायी शिक्षकको रूपमा कार्यरत छन् ।
लामो समयदेखि शिक्षण पेशामा आवद्ध भएपनि उनको पहिचान शिक्षकभन्दा पनि साहित्यकार, कवि, चित्रकार, मूर्तिकार, कलाकार, कार्टुनिस्ट आदिको रूपमा लोकप्रिय छ ।
बाल्यावस्थादेखि नै चित्रहरू बनाउने रुची भएका कारण माटोको मूर्ति बनाउने, कागजमा चित्र बनाउने गर्थे । गाउँमा दिदी, बहिनी, आमा, काकी, बज्यैले गाउने लोकगीत, संस्कारका गीतबाट प्रभावित भएर गीत लेख्ने, कविता लेख्ने, चित्र बनाउने, मुर्ति बनाउने काममा लागेका थिए ।
गाउँमा विभिन्न देवीदेवताका मूर्ति बनाउन थाले । उनी भन्छन्, ‘मलाई कसैले पनि मूर्ति बनाउन सिकाएनन् । जब मूर्तिको पूजा भएर पोखरीमा बिसर्जन गर्थे र माटो गली सकेपछि परालको आकृति पानीमा तैरिन थाल्थ्यो, त्यो आकृति घरमा ल्याएर मूर्ति बनाउन थाल्थें । परालको आकृति कसरी बनाइने गरेको हुन्थ्यो, त्यसैगरी नयाँ आकृति बनाउँथें र माटो तथा रंग भर्ने काम गर्थें । त्यसपछि जुनसुकै पूजा हुँदा मैले नै मूर्ति बनाउँथें ।’
मिथिलामा माटोको मूर्ति प्रायः कुम्हार समुदायले बनाउँछन् । कुम्हारले मुर्ति बनाउँदा आकृति, रंगरोगन हरेर सिक्थे उनी ।
सरस्वती पूजा होस् वा विश्वकर्मा पूजा, कृष्णपूजा सबै पूजामा उनले मूर्ति बनाउन थाले । अहिले पनि उनले आफ्नो घरमा सिमेन्टको शिवलिङ्ग र त्यसमा भगवानको मूर्ति बनाएर पूजा गर्दै आएका छन् ।
उनी भारतको वैद्यनाथधाम जाँदा प्रायः सबै मानिसले भगवान् शंकरको फोटो छापिएको गन्जी लगाएको देखे । फेरि उनी आफ्ना सालासहित सिरहा जिल्लाको कमला नदीको छेउको गाउँ गएर भगवान् शंकरको मूर्ति छाप्ने फ्रेम बनाए । गन्जीमा आकृति छाप्दै बिक्री गर्न थाले । त्यसबाट प्रशस्त पैसा कमाइएको उनले बताए ।
दिदीको गाउँ महोत्तरीको सुगा जाँदा व्यावसायिक रूपले मिथिला चित्रकला बनाउँदै गरेका व्यक्ति देखेपछि उनले पनि चित्रकलामा हात हाले । चित्र बनाएरै पैसा कमाउन सकिन्छ भन्ने कुरा उनले महसुस गरेर मिथिला चित्रकला बनाउन थाले । विभिन्न किसिमका डिब्बा, ऐना, कपडा, पर्स, बेडसिट, सिरानीको खोल लगायतका वस्तुमा मिथिला चित्रकलाको चित्र बनाउन थाले ।
घरेलु उद्योगमा मिथिला आर्ट एण्ड क्राफ्ट नामक संस्था दर्ता गरेर प्यान नम्बर समेत लिएर उनले चित्रकलालाई व्यावसायिक रुप दिन थाले । १० देखि १२ जनासम्म कामदार समेत राखेर उनले ती वस्तुमा मिथिलाको लोककला, लोकसंस्कार, सभ्यता, घरव्यबहार लगायतका चित्र कोरेर काठमाडौं पठाउन थाले ।
‘वर्षमा करीब ८ देखि १० लाख रुपैयाँसम्म कारोबार चित्रकलाबाट हुन्थ्यो,’ मणिले भने, ‘मेरो ती चित्रकला चीन, जापान, अस्ट्रेलिया, अमेरिका लगायतको देशमा निर्यात हुने गर्थ्यो ।’ तर पछिल्लो समय आएको भूकम्पका कारण उनको व्यवसाय धरापमा पर्यो ।
उनले बनाउने गरेका चित्रकलामा कलात्मक चरा, फूल, परम्परागत घर आँगन, घर व्यवहारका कुरा, लोक संस्कार, लोक संस्कृति झल्किने लगायतका विषय वस्तुको चित्र हुने गरेको थियो ।
नयाँ व्यवसाय
अहिले आएर उनले जनकपुरमा नयाँ व्यवसाय शुरू गरेका छन् । मिथिलामा कुनै पनि कार्यक्रममा अतिथिलाई सम्मान वा स्वागत गर्दा नेपाली खादा लगाउने गरिन्थ्यो । उनले नयाँ कुरा बनाए ।
सुतीको कपडामा मिथिला चित्रकला कोरेर खादालाई परिष्कृत गरे । गम्छामा पनि मिथिला चित्रकला कोरेर बेच्न थाले । यति मात्र होइन, नयाँ तरिकाले पाग बनाउन थाले ।
मिथिलामा पाग अत्यन्तै लोकप्रिय भएपनि जनकपुरधाममा भने त्यसको उत्पादन हुने गरेको छैन । भारत बिहारको मधुवनीबाट नै किनेर ल्याउने गरिन्छ । मधुवनीको पागको बनावट टाउकोमैत्री पनि हुँदैन ।
उनले पत्नी मीरादेवी दत्तको सहयोगमा पाग बनाउन थाले । साधारण, विशिष्ठ र अतिविशिष्ठ गरी ३ किसिमका विभिन्न नाप भएका पाग उनले बनाउन थालेका छन् । साधारण पागको १ सय, विशिष्ठ पागको २ सय र अतिविशिष्ठ पागको ५ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए । पागमा मिथिला चित्रकला समेत रहने गरेको उनले बताए । उनका अनुसार १ सय रुपैयाँमा खादा र ६ सयदेखि १ हजार रुपैयाँसम्म गम्छा बिक्री भइरहेको छ ।
उनले स्थानीय पत्रिकामा कार्टून बनाउने, मिथिला र मैथिलीमा निस्किने हरेक किसिमको पुस्तकको आवरण चित्र बनाउने, विभिन्न पुस्तकका लागि सन्दर्भ चित्र बनाउने काम समेत गरिरहेका छन् ।
सबै प्रतिभाका कारण उनलाई २०७४ माघ २२ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागले उनलाई कदर पत्रसहित सम्मान गरेको थियो । कुलपति रागिनी उपाध्यायद्वारा गरिएको कदरपत्रमा लेखिएको छ, ‘तपाईंले लोककलाद्वारा नेपाली कलाको प्रतिष्ठा तथा उन्नतिका लागि गर्नुभएको योगदान सराहनीय छ, आगामी दिनहरूमा तपाईंबाट नेपाली कलाको समृद्धिमा अझ बढी योगदानको अपेक्षा राखेका छौं । तपाईंले निरन्तर नेपाली कलाको विकास गर्नुभएको अमूल्य योगदानको कदर गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागद्वारा यो कदरपत्र प्रदान गरिएको छ ।’
मिथिला चित्रकलाको लागि सम्बन्धित निकायको सहयोगमा मिथिला पेन्टिङ प्रशिक्षण केन्द्र खोलेर जनशक्ति उत्पादन गर्दै रोजगारी समेत सुनिश्चित गर्नेे जीवनको एउटा मात्र लक्ष्य रहेको उनले बताए ।
साहित्यमा पनि अब्बल
मिथिलामा मैथिली भाषामा कथा, कविता, उपन्यास, नाटक लेख्नेको कमी छैन । तर, वरिष्ठदेखि कनिष्ठसम्म अधिकांशलाई मिथिलाक्षर लिपि लेख्न र पढ्न आउँदैन । तर उनी त्यस मामिलामा पनि पोख्त छन् ।
कुनै पनि कवि गोष्ठी आयोजना किन नहोस्, उनको कविता सुन्नका लागि मान्छे प्रतिक्षारत रहिरहन्छन् । उनले मैथिली भाषामा विभिन्न कथा, कविता, बाल कथा, बाल नाटक, दन्त कथा लेखेका छन् । संग्रहको रूपमा कुनै पुस्तक प्रकाशित नभए पनि फुटकर रचनाका साथै मिथिला सभ्यता, लोक संस्कृति, लोक संस्कारमा विभिन्न आलेख लेखेका छन् ।
मिथिलामा हाँस्य विनोद कविको छवि बनाउन खोजेपनि व्यंग्यात्मक कविता उनको बढी हुने गरेको छ । काष्ठकला, मूर्तिकला, चित्रकला, सिमेन्टकला, साहित्यकार लगायत विभिन्न विधामा छुट्टै छाप बनाउन सफल उनी वास्तवमा बहुआयामिक प्रतिभाका धनी ‘मणि’ नै हुन् ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...