×

NMB BANK
NIC ASIA

साताको शेयर बजारः एक अर्ब ६३ करोडको कारोवार

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-  धितोपत्र बजारमा यस साता रु एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ । 

Muktinath Bank

साताको पहिलो दिन एक हजार १३१ दशमलब शून्य सात विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक १७ विन्दुले वृद्धि भई साताको अन्तिम दिन बिहीबारसम्म एक हजार १४८ दशमलब ७८ बिन्दुमा पुगेको छ । कारोवार रकम गत साताको भन्दा कम हो । गत साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको थियो । 

साताभर कूल १६४ कम्पनीको शेयर कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । स्टकका अनुसार आइतबार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ८५ विन्दुले बढेर एक हजार १३१ दशमलब सात विन्दुमा पुग्यो । सो दिन कूल १५५ कम्पनीको सात लाख १४ हजार ६१८ कित्ता शेयर रु २२ करोड ३७ लाख २४ हजार ६८७ मूल्यमा खरीद बिक्री भयो । 

यस्तै सोमबार शेयरबजार १२ दशमलव ४९ विन्दुले वृद्धि भई एक हजार १४४ दशमलब १९ विन्दुमा पुग्दा १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भए । 

आइतबार र सोमबार बढेको शेयरबजार मङ्गलबार भने तीन दशमलब शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा झ¥यो । सो दिन कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भए । 

बुधबार भने बजार स्थिर जस्तै रह्यो । कारोवार मापक नेप्से परिसूचक ०।०८ विन्दुले बढेर एक हजार १४१ दशमलब १८ विन्दुमा कायम रह्यो । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भए । 

यस्तै साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक सात दशमलब छ विन्दुले बढेर एक हजार १४८ दशमलव ७८ विन्दुमा पुग्यो । सो दिन कूल १५४ कम्पनीको नौ लाख ९७ हजार ६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरिद बिक्री भए । 

शेयर बजारको सुधारको माग गर्दै शेयरलगानीकर्ताले आन्दोलन पनि जारी राखेका थिए । यद्यपि शुक्रबार सरकारले गठन गरेको कार्यदलले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको कार्यदलले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x