×

NMB BANK
NIC ASIA

धुलोमुक्त काठमाडौँ बनाउने मेयर शाक्यको प्रतिवद्धता

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– काठमाडौं महानगरपालिकाले आज २४ औं महानगर दिवस मनाएको छ । आजभन्दा ठीक सय वर्ष अघि सफाई अड्डाबाट शुरु भएको यो महानगरपालिका वि.सं. २०५२ साल मंसिर २९ गते मात्रै महानगरपालिका घोषणा भएको थियो ।  त्यही दिनको सम्झनामा हरेक वर्ष मंसिर २९ का दिन महानगर दिवस मनाउँदै आइरहेको छ ।

Muktinath Bank

काठमाडौं महानगरपालिकाले  निर्वाचित जनप्रतिनिधिहरू आइसकेपछि पहिलो पटक महानगर दिवस खुल्ला रुपमा मनाएको हो । काठमाडौंको बसन्तपुरमा उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको प्रमुख आथित्यतामा यो दिवस मनाइएको हो ।  दिवसको उद्घाटन गर्दै मन्त्री पोख्रेलले सोलोडोलो काम सबै महानगरपालिकाले मात्रै गर्ने हो भन्ने ढंगले बुझ्दा समस्या भएको बताउनुभयो । ‘सबै कामको जवाफदेहिता महानगरपालिका मात्रै होइन,’ उहाँले भन्नुभयो, ‘सोलोडोलो महानगरपालिकाले मात्रै गर्नुपर्छ भन्यो भने न्यायोचित हुँदैन । तीन तहका सरकार निर्माण भएका छन् । तीन तहका सरकारले के–के काम गर्नुपर्छ भनेर छुट्टयाएका छौँ । त्यसैले महानगरपालिकाले गर्ने काम पनि के–के हो ? प्राथमिकता छुट्याएर गर्नुपर्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


उहाँले राम्रा कामप्रति गर्व गर्दै र गर्न नसकेका कामको समीक्षा गरेर अघि बढ्ने संकल्प गर्न पनि महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । ‘अब हिजो जे गरेका थियौँ, त्यही अनुसार चल्ने भन्ने हुँदैन,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाले राम्रा काम गरेको छ भने त्यसको प्रसंसा पनि गर्नुपर्छ । आलोचना मात्रै गर्ने होइन । महानगरपालिकाले पनि त्यो देख्यो त्यही गर्ने, ऊ देख्यो ऊ नै गर्ने होइन प्राथमिकताका कुरालाई ध्यान दिन सकोस् । महानगरपालिकाले गर्न सक्ने काम महानगरपालिकाले गरोस् । नसेका काम प्रदेश र प्रदेशले पनि गर्न नसकेका काम संघीय सरकार गर्न तयार छ ।’ 


Advertisment
Nabil box
Kumari


उहाँले काठमाडौँ महानगरपालिका साँस्कृतिक र पुरात्वात्विक सहर भएको भन्दै त्यसको संरक्षण गर्ने जिम्मेवारी पनि महानगरपालिकाकै भएको भन्नुभयो । ‘महानगर एक्लैले गरेर केही हुँदैन सबैले यो महानगरको संरक्षण हामीले गर्ने हो, यो महानगरपालिका हामीले बनाउने हो, यो महानगर कुरुप बनाउनबाट बचाउने हामीले हो भनेर सबैले लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । 

Vianet communication
Laxmi Bank


उहाँले मुलुक संघीय संरचनामा गए पनि प्रशासनिक र वित्तीय हिसावले भने अघि बढ्न नसकेको स्वीकार गर्नुभयो । उहाँले प्रशासनिक–वित्तीय अलमल र अराजकतालाई अन्त्य गरेर अघि बढ्ने पनि बताउनुभयो ।  
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बढी भएको ठाउँबाट कमी भएको ठाउँमा कर्मचारी पठाउने काम अध्यादेशमार्फत हुने बताउनुभयो । उहाँले तीनै तहमा केही समयमै कर्मचारी समायोजन हुने भन्दै समायोजनले कर्मचारीको वृत्तिविकास नरोकिने पनि प्रष्ट पार्नुभयो ।  उहाँले काठमाडौं महानगरपालिकालाई स्रोत साधानको अभाव नभएको भन्दै म गर्छु र सक्छु भनेर योजनाका साथ आएको अवस्थामा काठमाडौं महानगर देशकै सबैभन्दा उत्कृष्ट महानगर बन्ने दाबी गर्नुभयो ।  


कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले काठमाडौं महानगर सांस्कृति महानगर भएकोले यसले सबै संस्कृतिको विकासमा मद्दत गरेको भन्दै कला, संस्कृतिमा धनी महानगरले यसको पुनर्निर्माणका लागि गरेको काम प्रशंसनीय भएको बताउनुभयो । 


उहाँले महानगर र मन्त्रालय मिलेर आगामी २ वर्षमा सम्पूर्ण पुनर्निर्माणको काम सकिने पनि बताउनुभयो । पर्यटनका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन लागि परेकाले त्यसका लागि काठमाडौं महत्वपूर्ण क्षेत्र भएको  उहाँको भनाई थियो । उहाँले काठमाडौंलाई सफा र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले महानगरले विकासका कामलाई अघि बढाएको भन्दै प्रदेश नम्बर तीनले समग्र उपत्यकाको विकासका लागि आफूहरुले ध्यान दिएको बताउनुभयो । 


कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले महानगरले यो वर्षलाई पुर्ननिर्माणको वर्षका रुपमा लिएको भन्दै विकास निर्माणका कामले गति लिने दाबी गर्नुभयो । उहाँले विगतका वर्षमा महानगर दिवस एउटा बन्द कोठामा मनाएको स्मरण गर्दै यो पटक खुला ठाउँमा मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।  


उहाँले सबै मिलेमात्र महानगर बनाउन सकिने भन्दै त्यसका लागि खवरदारी गर्ने सञ्चारकर्मीहरुलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘कोही पनि व्यक्तिगत रुपमा अघि बढ्न सक्दैन,’ उहाँले भन्नुभयो,  ‘त्यसका लागि जनप्रतिनिधि, कर्मचारी र सम्पूर्ण महानगरवासीको सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्छ । त्यसो भयो भने मात्रै महानगर साच्चिकै महानगर बन्न सक्छ । हामीले कल्पना गरेको सुन्दर महानगर बन्छ ।’ उहाँले समन्वय र सहकार्यलाई मजबुत नबनाउने हो भने कल्पना गरेको महानगर बनाउन गाह्रो हुने बताउनुभयो । ‘हामीले माथिबाट ट्याङ्कीमा पानी खन्याउँदै जाने तल धारो खोल्दै जाने हो भने त्यो ट्याङ्की कहिल्यै पनि भरिन सक्दैन,’ उहाँले भन्नुभयो, ‘अहिले सञ्चारकर्मी मित्रहरुले जसरी कलम चलाएर हामीलाई सजक र सतर्क बनाउनु भएको छ । तपाईँहरुले समाचलोचनात्मक ढंगले गरेका टिप्पणीप्रति तपाईँहरुलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।’ 


उहाँले काठमाडौँलाई धुलोमुक्त र धुँवामुक्त बनाउन महानगरपालिकाले विद्युतीय सवारी चलाउने र विस्तारै इन्धनबाट चल्ने सवारीलाई विस्थापित गर्ने तयारी थालेको पनि बताउनुभयो । उहाँले पछिल्ला दिनमा महानगरले धुलोमुक्त काठमाडौँ बनाउने अभियानाई अघि बढाएको पनि बताउनुभयो । उहाँले अहिले काठमाडौँ महानगरपालिका भित्र ब्रमुर कुद्न थालेको समेत बताउनुभयो ।  

महानगर दिवसको अवसरमा एक सय भन्दा बढी परम्परागत बाजा गुरुको सम्मान गरिएको थियो । त्यसैगरी प्रथम मेयर जनकमान श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरियो । उत्कृष्ट विद्यालयका साथै १० जना सञ्चारकर्मीलाई महानगरीय सुशासन पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।  कार्यक्रममा उत्कृष्ट करदाता सम्मान र कर्मचारी दीर्घ सेवा पदक पनि प्रदान गरिएको थियो ।  


यस पटक महानगर दिवसको उपलक्ष्यमा काठमाडौं नगरको सम्पूर्ण सांस्कृतिक, धार्मिक, सामाजिक वैभव उजागर गरी विश्वका सामू यस नगरको मौलिक पहिचान प्रदर्शन गरी देशको पर्यटन उद्योगलाई समेत टेवा दिने उद्देश्यले महानगर महोत्सव पनि आयोजना भएको छ । महोत्सव मंसिर २९ देखि पुस २ गतेसम्म जारी हुने हुनेछ । 


महोत्सवका अवसरमा बसन्तपुरमा ज्यापु महागुथि नेपाः काठमाडौं समितिका तर्फबाट सांस्कृतिक कार्यक्रम, बसन्तपुर डबली, हनुमानढोका, टेंगल, किलागल, असन, लगन, ठहिटी, ओण्डेमा स्थानीय खानाको फुडस्टल तथा प्रदर्शन हुनेछ । साथै पुस १ र २ गते बसन्तपुरस्थित दमकल अगाडि सांस्कृतिक कार्यक्रम हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x