×

NMB BANK
NIC ASIA

जनतासँग गरिएका वाचा र खाएका कसम पूरा गर्ने चरण शुरू भयो : मन्त्री अर्याल

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले हालसम्म सरकार आन्तरिक व्यवस्थापनमा जुटे पनि अब भने पार्टीको घोषणापत्र तथा जनतासँग खाइएको कसमको व्यवहारिक रूपमा कार्यान्वयनमा जाने तयारी भइरहेको बताएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेशस्तरीय प्रगति समिक्षा गोष्ठिको उद्घाटन शत्रलाई सम्बोधन गर्दै संघीय सरकार अहिले कानून निर्माणको चरणमा नै रहेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कानून निर्माण सकेपछि जनताको बीचमा जे कसम खाएका छौं त्यो कुरा कार्यान्वयन गर्न एक्सनमा जाँदैछौं,' मन्त्री अर्यालले भनिन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश सफल भएको खण्डमा संघीयता सफल हुने तर प्रदेश असफल भएको खण्डमा संघीयता नै असफल भएको सन्देश जाने उनको तर्क छ।

Vianet communication
Laxmi Bank

‘सबै तहका सरकारको समन्वय हुन आवश्यक छ,’ मन्त्री अर्यालले भनिन्, ‘नभए देश गम्भीर दुर्घटनामा पर्न सक्छ ।’

मन्त्री अर्यालले अहिले शुरूवाती चरण भएका कारण कानून निर्माणमा केही ढिलाई भएको समेत बताइन् । 'अहिले हामी सबैलाई संविधानले बाँधेको छ । संघ अग्रणी रूपमा देखिएको छ । स्थानीय स्रोतहरुको परिचालन गर्न सकेको खण्डमा भोलि संघ कमजोर जस्तो र प्रदेश बलियो बन्ने दिन आउन सक्छ,' उनले भनिन्।

मन्त्री अर्यालले भूमि व्यवस्थापन र सुकुम्वासी समस्या समाधानका लागि विभिन्न ऐनहरू निर्माण गरी समितिमा पठाइसकिएको जानकारी समेत दिइन् ।

‘भूमि ऐन संशोधनमा यो कुरा उल्लेख गरिएको छ । दैलेखको गुठीको समस्या समाधान गर्न राम्रै छलफल गर्न जरुरी छ । गुठीलाई व्यवस्थित गर्न गुठी ऐन संशोधन गरिएको छ,’ उनले भनिन्, ‘मन्त्रालय भू-उपयोग नीतिको ड्राफ्ट तयार गरी अघि बढेको छ । भू-उपयोग ऐन बनाइसकिएको छ ।’ मन्त्रालयले जमिनको वर्गीकरण गर्ने तयारी पनि गरेको उनले जानकारी दिइन् ।

उनले संरचना माग्ने तर दराजमै थन्काउने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिइन् । ‘हामीले स्थानीय तहमा सहकारी हस्तान्तरण गरेपनि स्थानीय तहले पोका जस्ताका तस्तै थन्काएर राखिएको छ,’ उनले भनिन्, ‘आएको अधिकारलाई किन कार्यान्वयन गर्नु भएन थाहा छैन । तर अब कार्यान्वयनमा लैजान म आग्रह गर्दछु ।’ उनले सहकारी सञ्चालन नियमावली बनाइसकिएको जानकारी दिइन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले सुर्खेतमा ८० प्रतिशत किसान लालपूर्जाविहीन भएको बताइन् ।

उनले रातो लालपूर्जा नभएकाहरू, भएर पनि श्रेस्ता नपाएकाहरू, सेतो लालपूर्जा नपाएकाहरू बढी रहेको बताइन् । एक व्यक्तिको नाममा कयौं बिगाहा जमिन भएको तर उक्त जग्गामा किसानहरू पहिलेदेखि नै बसिरहेका र तिनीहरू साँच्चिकै भूमिहीन हुने सम्भावना भएको उनको भनाइ छ ।

उनले साढे नौ सय बाढी पीडित पालमा बसिरहेको बताउँदै उनीहरूलाई पनि बासस्थानको व्यवस्थापन गर्न सरकारलाई गाह्रो भएको बताइन् ।

त्यस्तै सुर्खेतमा अधिकांश ऐलानी जग्गामा शहर बसेको बताउँदै त्यस्ता समस्या समाधानका लागि संघीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् । कर्णालीमा गुठी जग्गाको समस्या रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले समस्या समाधान गर्न खोजेपनि सरकारसँग खाली जमिन नभएको र खाली भएको जमिन वनको मात्रै भएका कारण समस्या भएको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x